चर्चामा नोबेल शान्ति पुरस्कार : कसरी निर्णय गरिन्छ ? ट्रम्पले पाउने सम्भावना कति ?


प्रकाशित मिति : असार २४, २०८२ मंगलबार

विश्वकै सबैभन्दा प्रतिष्ठित पुरस्कारमध्ये एक, नोबेल शान्ति पुरस्कारको चर्चा फेरि चुलिएको छ। यसपटक चर्चा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नाम वरिपरि केन्द्रित छ। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले ट्रम्पलाई नोबेल शान्ति पुरस्कारका लागि औपचारिक रूपमा सिफारिस गरेका छन्।

प्रधानमन्त्री नेतन्याहूले सोमबार वाशिङ्टनस्थित ह्वाइट हाउसमा ट्रम्पसँगको भेटघाटका क्रममा, आफुले नोबेल कमिटीमा पठाएको सिफारिस पत्र ट्रम्पलाई हस्तान्तरण गर्दै यो सम्मान ‘उनले साँच्चिकै योग्य छन्’ भन्दै सार्वजनिक गरे।

– किन ट्रम्प ?

नेतन्याहूका अनुसार ट्रम्पले मध्यपूर्वमा ऐतिहासिक ‘अब्राहम सम्झौता (Abraham Accords)’ ल्याएर इजरायल र अरब राष्ट्रहरूबीच सम्बन्ध सामान्यीकरणमा उल्लेखनीय भूमिका खेलेका छन्। उनको शब्दमा, “ट्रम्पले शान्तिको नक्सा कोरेका छन्। अब्राहम सम्झौताका कारण शत्रुजस्ता देखिने राष्ट्रहरू अब साझेदारीको बाटोमा छन्।”

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यदि ट्रम्पले यो पुरस्कार जिते भने, उनी थियोडोर रूजवेल्ट, वुड्रो विल्सन, जिमी कार्टर र बाराक ओबामापछि नोबेल शान्ति पुरस्कार जित्ने पाँचौं अमेरिकी राष्ट्रपति हुनेछन्।

नोबेल शान्ति पुरस्कार कसरी दिइन्छ ?

नोबेल पुरस्कारका संस्थापक, स्विडिस वैज्ञानिक तथा उद्योगपति अल्फ्रेड नोबेलले आफ्नो वसीयतमा स्पष्ट लेखेका छन् — “शान्ति पुरस्कार त्यस्ता व्यक्तिलाई दिनुपर्छ जसले राष्ट्रहरूबीचको भाइचारा प्रवर्द्धनमा, स्थायी सेनाको अन्त्य वा न्यूनीकरणमा र शान्ति सम्मेलनहरूको स्थापना तथा प्रवर्द्धनमा महत्वपूर्ण योगदान दिएका छन्।”

नोबेल पुरस्कारको आधिकारिक वेबसाइटअनुसार, नोबेल शान्ति पुरस्कार कुनै पनि पृष्ठभूमिका व्यक्तिहरूलाई दिइन सक्छ, जसले मानवताको हितमा ठूला कार्य गरेका छन्।

कसले सिफारिस गर्न सक्छ ?

नोबेल पुरस्कारका लागि हजारौँ पात्रहरूले नाम सिफारिस गर्न पाउने अधिकार राख्छन्। तिनीहरूमा राष्ट्रप्रमुखहरू, सांसदहरू, विश्वविद्यालय प्राध्यापकहरू (इतिहास, कानून, दर्शन, समाजशास्त्र), पूर्व विजेताहरू, र अन्तर्राष्ट्रिय संस्थाहरू पर्दछन्। आफैँलाई सिफारिस गर्न भने मिल्दैन।

यद्यपि, नोबेल समितिमा पेस गरिएका सिफारिस सूचीहरू ५० वर्षसम्म गोप्य राखिन्छन्। तर, सिफारिसकर्ताले आफैंले सिफारिस गरेको नाम सार्वजनिक गर्न पाउने स्वतन्त्रता हुन्छ, नेतन्याहूले जस्तै।

निर्णय प्रक्रिया कसरी हुन्छ ?

नोबेल शान्ति पुरस्कारको निर्णय नर्वेजियन नोबेल कमिटीले लिन्छ, जसमा नर्वेको संसदले नियुक्त गरेका पाँच सदस्य हुन्छन्। समितिमा पूर्व राजनीतिज्ञदेखि स्वतन्त्र बौद्धिक व्यक्तित्वहरूसमेत हुन सक्छन्। हालको समितिको नेतृत्व पेन इन्टरनेशनल (अभिव्यक्ति स्वतन्त्रता संरक्षण संस्थाको नर्वे शाखा)का प्रमुखले गरिरहेका छन्।

सिफारिस जनवरी ३१ मा बन्द हुन्छ, त्यसैले नेतन्याहूको हालैको सिफारिस सन् २०२६ मा मात्रै मान्य हुनेछ। समितिका सदस्यहरूले पनि आफूले चाहेको उम्मेदवारको नाम फेब्रुअरीको पहिलो बैठकसम्म सिफारिस गर्न पाउँछन्।

त्यसपछि सर्टलिस्ट तयार गरिन्छ, जहाँ स्थायी सल्लाहकारहरू र विज्ञहरूद्वारा गहिरो विश्लेषण हुन्छ। निर्णय सर्वसम्मतिमा भए पनि, आवश्यक परे बहुमतको आधारमा पनि हुन सक्छ।

यस्ता छन् पुराना विवादहरूः

नोबेल शान्ति पुरस्कार लामो समयदेखि राजनीतिक बहसको केन्द्र बनिरहेको छ।

– सन् १९७३ मा अमेरिकी विदेशमन्त्री हेनरी किसिन्जर र भियतनामी नेता ले डक थोलाई पुरस्कार दिँदा समिति सदस्यहरू आक्रोशित हुँदै राजीनामा दिए।

– सन् १९९४ मा यासिर अराफात, सिमोन पेरेस र यित्झाक राबिनलाई संयुक्त रूपमा पुरस्कार दिँदा पनि विवाद चर्कियो।

– बाराक ओबामाले पदभार सम्हालेको केही महिनामै पुरस्कार पाएपछि पनि आलोचना भएको थियो।

विजेताले के प्राप्त गर्छन् ?

– एउटा सुनको पदक,
– एक डिप्लोमा,
– ११ मिलियन स्विडिस क्रोनर८८ (झण्डै १ दशमलव १५ मिलियन अमेरिकी डलर)
– अन्तर्राष्ट्रिय ध्यान, (यदि पहिले नै प्रसिद्ध नभएको खण्डमा)।

कहिले घोषणा हुन्छ ?

यो वर्षको नोबेल शान्ति पुरस्कारको घोषणा आगामी अक्टोबर १० मा ओस्लोस्थित नर्वेजियन नोबेल इन्स्टिच्युटबाट हुनेछ।

पुरस्कार वितरण समारोह डिसेम्बर १० मा ओस्लो सिटी हलमा हुनेछ, — जुन दिन अल्फ्रेड नोबेलको मृत्यु भएको थियो।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com