सोमबार इस्तानबुलमा हुने बैठकमा युक्रेन सहभागी हुन्छ : राष्ट्रपति जेलेन्स्की
प्रकाशित मिति : जेष्ठ १८, २०८२ आईतबार
Albania Europe Summit
युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले युक्रेनले रुसले प्रस्ताव गरेको सोमबार इस्तानबुलमा हुने बैठकमा भाग लिने बताएका छन्।
आइतबार आफ्ना अधिकारीहरूसँगको बैठकपछि टेलिग्राममा एक पोस्ट गर्दै उनले युक्रेनको अडानहरू स्पष्ट पारे।
“मैले सोमबार इस्तानबुलमा हुने बैठकको लागि युक्रेनको अडानहरू रेखांकन गरें”, जेलेन्स्कीले लेखे। बैठकमा युक्रेनी प्रतिनिधिमण्डलको नेतृत्व रक्षा मन्त्री रुस्तेम उमेरोभले गर्ने उनले बताए।
युक्रेनले पूर्ण र बिना शर्त युद्धविराम, बन्दीहरूको रिहाइ र अपहरित बालबालिकाहरूको फिर्ता गर्नुपर्ने अडान राख्दै आएको छ ।
“भरपर्दो र दिगो शान्ति स्थापना गर्न र सुरक्षाको ग्यारेन्टी गर्न, उच्च तहमा बैठकको तयारी गर्नु आवश्यक छ”, जेलेन्स्कीले थपे।
यो बैठकले युक्रेन र रुसबीचको तनाव कम गर्न र शान्तिको मार्ग प्रशस्त गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।






