ट्रम्पको देशनिकाला अभियानमा पहिलो प्राथमिकतामा पर्ने नेपाली को हुन् ? कति छन् ?


प्रकाशित मिति : माघ ५, २०८१ शनिबार

डोनाल्ड ट्रम्पले राष्ट्रपतिमा पदस्थापनपछि ब्यापक रुपमा देशनिकाला अभियान चलाउने घोषणा गरिसकेका छन् । यसबाट अमेरिकामा रहेको नेपाली आप्रवासी समुदायपनि चिन्तित रहेको छ । यद्यपी ट्रम्पको देशनिकाला अभियानमा पहिलो प्राथमिकतामा पर्ने नेपालीहरुको संख्या अत्यन्तै कममात्र रहेको छ । किनभने पहिले नै देशनिकालाको आदेश पाइसकेका तर अमेरिका नछाडेकाहरुमात्र ट्रम्पको देशनिकालाको योजनामा अग्रपंक्तिमा रहेका छन् ।

१३६५ जना नेपालीहरु देशनिकालाको आदेशपछि पनि अमेरिकामा अन्य कुनै संरक्षण विना लुकिछिपी बसिरहेको तथ्यांक इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्ट आइसले सार्वजनिक गरेको छ । अर्थात् उनीहरुसँग टीपीएस वा अन्य कुनै संरक्षण नभएकाले यदि आइसले कुनै तरिकाले पक्राउ गरेको गरेको खण्डमा उनीहरु सिधै देशनिकालामा पर्नेछन् । खासगरी यो संख्या सन् २०१५ को जुन २४ पछि अमेरिका प्रवेश गरेका र देशनिकालाको आदेश पाइसकेकाहरुको हो । २०१५ को जुन २४ भन्दा अगाडि अमेरिका आएका अधिकांश देशनिकालाको आदेश पाइसकेका भएतापनि टीपीएसको संरक्षणमा छन् ।

अहिलेसम्म झण्डै ३५ सय नेपालीलाई अमेरिकाको अदालतबाट देशनिकालाको आदेश दिइएको त्यसमध्ये झण्डै २ हजारले या त अमेरिका छाडेको, या त आइसमार्फत देशनिकाला भएको, या त अन्य तरिकाले स्टाटस एडजस्ट गरेको, या त टीपीएसबाट सरक्षण प्राप्त गरिरहेको पाइएको छ । देशनिकालाको आदेश पाइसकेपछि पनि टीपीएसबाट संरक्षितहरुको संख्या झण्डै १५ सयको हाराहारीमा रहेको अनुमान गरिएको छ । नेपालीको टीपीएस सन् २०२५ को जुन २४ सम्म कायम रहेको अवस्थामा त्यसपछि टीपीएस नथपिएको खण्डमा टीपीएसबाट संरक्षित पहिले नै देशनिकालाको आदेश पाएका थप १५ सय नेपालीहरु ट्रम्पको देशनिकालको योजनाको अग्रपंक्तिमा पर्नेछन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यसरी टीपीएस खारेज भएको खण्डमा आगामी ६ महिनाभित्र झण्डै ३ हजार नेपालीहरु देशनिकालाको योजनाको अग्रपंक्तिमा पर्नेछन् । उनीहरुले पहिले नै देशनिकालाको आदेश पाइसकेकाले यदि अध्यागमनले पक्राउ गरेको खण्डमा उनीहरुलाई स्वेदश फर्काउनका लागि अरु कुनै अदालती प्रकृया पूरा गर्नुपर्ने छैन । तर टीपीएसले समेटेका अरु झण्डै ६ हजारलाई भने आइसले पक्राउ गर्नासाथ देशनिकाला गर्न सम्भव छैन । उनीहरुमध्ये अधिकांशका एसाइलम वा अन्य आवेदन युएससीआईएस वा अध्यागमन अदालतमा विचाराधिन रहेकाले यो अवस्थामा आइसले उनीहरुलाई सिधै देशनिकाला गर्न सम्भव हुनेछैन । युएससीआईएस वा अध्यागमन अदालतमा विचाराधिन आवेदन रहेका टीपीएस नहुनेहरुलाई पनि आइसले पक्राउ गरेर तुरुन्तै देशनिकाला गर्न सम्भव छैन ।

टीपीएसमा रहेका नेपालीहरुको संख्या अहिले झण्डै साढे ७ हजारमात्र रहेको छ । झण्डै ५० प्रतिशत नेपाली टीपीएस छाडेर अरु स्टाटसमा गइसकेका छन् । सुरुमा १४ हजार ७ सय ९१ नेपालीहरुले टीपीएस प्राप्त गरेका थिए । विद्यार्थी भिसामा रहेका १९७० जना नेपालीहरुले टीपीएसका लागि आवेदन दिएका थिए । त्यस्तै विद्यार्थी भिसावाहकका डिपेन्डेन्ट ३९९ जनाले टीपीएसका लागि आवेदन दिएका थिए । उनीहरुमध्ये कतिपयले पहिले नै टीपीएस छाडिसकेका छन् भने कतिपय पुन विद्यार्थी भिसा कायम गर्न पनि योग्य हुनसक्छन् ।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com