अमेरिकाको अदालतमा नेपालीको एसाइलम स्वीकृत दर ६० प्रतिशत, अघिल्लो बर्षको तुलनामा कम


प्रकाशित मिति : पुस ६, २०८१ शनिबार

अमेरिकाको अध्यागमन अदालतमा नेपालीको एसाइलम स्वीकृत दर झण्डै ६० प्रतिशत रहेको तथ्यांक अमेरिकी सरकारको डिपार्टमेन्ट अफ जस्टिस, एक्जुकेटिभ अफिस फर इमिग्रेशन रिभ्युले सार्वजनिक गरेको छ । आर्थिक बर्ष २०२४ को तथ्यांक अनुशार नेपालीहरुको एसाइलम स्वीकृत दर विश्वका उच्च स्वीकृत दर भएका देशकै हाराहारीमा रहेपनि अघिल्लो अर्थिक बर्षको तुलनामा भने घटेको छ । आर्थिक बर्ष २०२३ मा नेपालीको एसाइलम स्वीकृत दर ६४ प्रतिशत थियो ।

आर्थिक बर्ष २०२४ मा अध्यागमन अदालतमा सुनुवाई भएका कुल ८२६ जना नेपालीका एसाइलमका मुद्दाहरुमध्ये ४९३ स्वीकृत भएका थिए । १२८ मुद्दाहरु (१५ दशमलव ५ प्रतिशत) अस्वीकृत भएका थिए भने १० मुद्दाहरु आवेदकले त्यागेका थिए । १८५ मुद्दाहरुको सुनुवाईपछि समेत निर्णय पेन्डिङ राखिएको थियो भने १० मुद्दाहरु आवेदकले फिर्ता लिएका थिए । प्रशासनिक रुपमा बन्द गरिएको मुद्दाहरुको संख्या अत्यन्तै कम भएकाले तथ्यांकमा रिपोर्ट गरिएको छैन ।

आर्थिक बर्ष २०२३ मा नेपालीका ९३६ एसाइलमका मुद्दामा अध्यागमन अदालतमा सुनुवाई भएको थियो । जसमध्ये ६०१ अर्थात् ६४ प्रतिशत मुद्दा स्वीकृत भएका थिए । अस्वीकृत मुद्दा १२३ अर्थात् १४ प्रतिशत थिए भने २०६ अर्थात् २२ प्रतिशत मुद्दामा सुनुवाईपछि निर्णय पेन्डिङ राखिएको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

आर्थिक बर्ष २०२३ मा क्रेडिबल फियर दावीबाट उत्पन्न भएका ३३५ अर्थात् ७२ प्रतिशत नेपालीका एसाइलम मुद्दाहरु अध्यागमन अदालतबाट स्वीकृत गरिएको थियो । ७१ वटा अर्थात् १५ प्रतिशत अस्वीकृत गरिएको थियो भने ६१ अर्थात् १३ प्रतिशत त्यस्ता मुद्दाहरुमा सुनुवाई पछि पनि निर्णय पेन्डिङ राखिएको थियो ।

क्रेडिबल फियर दावीबाट उत्पन्न भएका नेपालीका एसाइलमका मुद्दाको स्वीकृति दर पनि आर्थिक बर्ष २०२४ मा घटेको छ । आर्थिक बर्ष २०२४ मा कुल ३५३ नेपालीका त्यस्ता मुद्दाको सुनुवाई भएकोमा २४१ अर्थात् ६८ दशमलव ३ प्रतिशतमात्र स्वीकृत भएका थिए भने ५२ वटा मुद्दाहरु अस्वीकृत भएका थिए । त्यस्तै ६० वटा त्यस्ता मुद्दाहरुमा सुनुवाई पछि पनि निर्णय पेन्डिङ राखिएको थियो ।

सन् २०२२ मा ४८८ जना नेपालीहरुको एसाइलम अध्यागमन अदालतबाट स्वीकृत भएको थियो । कोरोना महामारीका कारण आर्थिक बर्ष २०२० र २०२१ मा अमेरिकी अध्यागमन अदालतबाट एसाइलम पाउने नेपालीहरुको सख्या अत्यन्तै कम भएको थियो । अदालतका सुनुवाईहरु स्थगित भएका कारण २०२१ मा जम्मा १४३ जना नेपालीहरुले अमेरिकी अध्यागमन अदालतबाट एसाइलम पाए । त्यस्तै २०२० मा अमेरिकी अध्यागमन अदालतबाट एसाइलम पाउने नेपालीहरु ३०८ मात्र रहेका थिए ।

सन् २०१९ मा भने अमेरिकी अध्यागमन अदालतबाट एसाइलम स्वीकृत हुने नेपालीहरुको संख्यामा रेकर्ड ब्रेक भएको थियो । उक्त बर्ष इतिहासमा नै सबैभन्दा धेरै ६०६ जना नेपालीहरुको अमेरिकाको अध्यागमन अदालतले एसाइलम स्वीकृत गरिदियो । डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीका अनुशार सन् २०१८ मा ४७०, सन् २०१७ मा २९०, सन् २०१६ मा २६०, सन् २०१५ मा २५०, सन् २०१४ मा २९२, सन् २०१३ मा ३८१ जना नेपालीहरुले अमेरिकी अध्यागमन अदालतबाट एसाइलम पाएका थिए ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com