बाइडेनकालमा ८ हजारभन्दा बढी विनाभिसा आउने नेपाली सिमाक्षेत्रमा पक्राउ


प्रकाशित मिति : मंसिर २९, २०८१ शनिबार

अमेरिकी राष्ट्रपति जो बाइडेनको कार्यकालमा ८ हजारभन्दा धेरै नेपालीहरु विनाभिसा अमेरिका आउने सिमाक्षेत्रमा पक्राउ परेका छन् भने गत जुनमा लगाइएको एसाइलम प्रतिबन्धपछि मासिक संख्यामा बृद्धि देखिएको छ । डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीको पछिल्लो मासिक रिपोर्ट अनुशार अगस्तमा २६० जना नेपालीहरु विनाभिसा अमेरिका आउने क्रममा सिमाक्षेत्रमा पक्राउ परेका छन् भने यो संख्या जुलाईमा २१० र जुनमा २०० रहेको थियो । नेपालीको सेप्टेम्बरको रिपोर्ट अझै आइसकेको छैन ।

बाइडेनले सिमाक्षेत्रमा एसाइलममा गरेको कडाईपछिका ३ महिनामा कुल ६७० जना नेपालीहरु सिमाक्षेत्रमा पक्राउ परेका छन् । त्योभन्दा अगाडि मे महिनामा १८० जना नेपालीहरु मेक्सिकोको सिमाक्षेत्रबाट विनाभिसा अमेरिका प्रवेश गर्ने क्रममा पक्राउ परेका थिए । बाइडेन प्रशासनले जुनको पहिलोसातादेखि सिमाक्षेत्रमा एसाइलममा प्रतिबन्धहरु लागु गरेको थियो । आर्थिक बर्ष २०२४ को ११ महिनामा कुल ३३३० नेपालीहरु सिमाक्षेत्रमा पक्राउ परेका छन् । यो संख्या आर्थिक बर्ष २०२३ मा ३१४० रहेको थियो ।

नेपाली पासपोर्ट

आर्थिक बर्ष २०२३ को १२ महिना  र २०२४ को ११ महिनाको यो तथ्यांक विगतका बर्षहरुको तुलनामा निकै उच्च रहेको छ । २०१४ देखि २०२२ सम्म ९ बर्षको अवधिमा जम्मा ५१८० जना नेपालीहरु मेक्सिकोको सिमाक्षेत्रबाट विनाभिसा अमेरिका प्रवेश गर्दा पक्राउ परेका थिए । तर त्यसको तुलनामा २०२२ को अक्टोबरदेखिको २२ महिनामा धेरै नेपालीहरु विनाभिसा अमेरिका प्रवेश गर्दा पक्राउ परेको तथ्यांक डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले सार्वजनिक गरेको छ, जुन संख्या ६ हजार ४ सय ७० रहेको छ ।

आर्थिक बर्ष २०२२ मा यसरी अमेरिका प्रवेश गर्ने नेपालीहरुको संख्या १४९० थियो भने २०२१ मा ४२० जना नेपालीहरुमात्र विनाभिसा अमेरिका प्रवेश गरेका थिए । बाइडेन प्रशासनमा ८ हजार भन्दा नेपालीहरु विनाभिसा प्रवेश गर्ने क्रममा पक्राउ परेका छन् जबकी ट्रम्प प्रशासनको ४ बर्षमा १८५० जना नेपालीहरु विनाभिसा अमेरिका प्रवेश गर्ने क्रममा पक्राउ परेका थिए । अर्थात् आर्थिक बर्ष २०१७ मा ६५०, २०१८ मा ७२०, २०१९ मा ३४० र २०२० मा १४० जना नेपालीहरु मेक्सिकोबाट विनाभिसा अमेरिका प्रवेश गर्ने क्रममा पक्राउ परे ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

त्यस अगाडि २०१४ मा ४६०, २०१५ मा ४१०, २०१६ मा ५५० जना नेपालीहरु मेक्सिकोबाट विनाभिसा अमेरिका प्रवेश गर्ने क्रममा पक्राउ परेका थिए । उनीहरु दलाललाई हजारौं डलर तिरेर विनाभिसा अमेरिका प्रवेश गर्ने क्रममा सिमा सुरक्षा गस्तीको जम्काभेटमा परेका हुन् । तीमध्ये कतिपय तत्काल अमेरिकामा रिहा भएका थिए भने कतिपयलाई अध्यागमन हिराशतमा राखिएको थियो । त्यसमध्ये केही अमेरिकाबाट देशनिकालामा समेत परेका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com