अमेरिकाको भिजिटर भिसा अप्वाइन्टमेन्ट पाउनमात्र केही स्थानमा प्रतीक्षा अवधि ७०६ दिनसम्म


प्रकाशित मिति : मंसिर २१, २०८१ शुक्रबार

अमेरिकी विदेश मन्त्रालयको ब्यूरो अफ कन्सुलर अफेयर्सले अमेरिकी भिजिटर भिसाको अप्वाइन्टमेन्ट प्रतीक्षा समयको पछिल्लो विवरण सार्वजनिक गरेको छ। यो विवरणले विश्वभरिका विभिन्न स्थानहरूमा प्रतीक्षा समयको ठूला भिन्नताहरू देखाएको छ। केही दूतावासहरूले एकै दिनमा अप्वाइन्टमेन्टको अवसर उपलब्ध गराउँदा अन्य ठाउँमा ७०६ दिनसम्म प्रतीक्षा गर्नुपर्ने अवस्था छ।

ब्रसेल्स, दहरान, डर्बान, मनागुवा, विल्नियस र रियादजस्ता स्थानहरूमा भिजिटर भिसा अप्वाइन्टमेन्ट पाउन प्रतीक्षा अवधि मात्र एक दिन रहेको छ। यी ठाउँहरूमा भिजिटर भिसा खोज्ने आवेदकहरूले तुरुन्तै अप्वाइन्टमेन्टको अवसर पाउँछन्।

केही स्थानहरूमा अत्यन्तै लामो प्रतीक्षा अवधि देखिएको छ। जसमा कोलम्बियाको बोगाटा शीर्ष स्थानमा छ, जहाँ भिजिटर भिसाको अन्तर्वार्ता पाउन ७०६ दिन कुर्नुपर्नेछ। इस्तानबुलमा ६९२ दिन र क्यानडाका भ्यानकुभर र क्युबेकजस्ता शहरहरूमा क्रमशः ६६७ र ६४७ दिनको प्रतीक्षा अवधि छ। अन्य स्थानहरूमा ओटावामा ४५९ दिन, टेगुसीगाल्पामा ४५८ दिन र लागोसमा ३३२ दिन रहेका छन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

दक्षिण एशियामा काठमाडौँका आवेदकहरूले भिजिटर भिसाका लागि अप्वाइन्टमेन्ट पाउन २७५ दिन कुर्नुपर्नेछ भने नयाँ दिल्ली र मुम्बईजस्ता भारतीय शहरहरूमा क्रमशः ४३५ र ४३० दिनको प्रतीक्षा समय देखिएको छ। यी लामो प्रतीक्षा समयहरू प्रायः उच्च आवेदन संख्या र दूतावासमा सीमित जनशक्तिका कारण उत्पन्न भएको जनाइएको छ ।

अमेरिकाको भिजिटर भिसा अप्वाइन्टमेन्ट पाउन लाग्ने प्रतीक्षा अवधि थाहा पाउन यहाँ क्लीक गर्नुहोला ।

अमेरिकी विदेश मन्त्रालयको ब्यूरो अफ कन्सुलर अफेयर्सका अनुसार यी प्रतीक्षा समयहरू वास्तविक कामको भार र जनशक्तिको आधारमा अनुमान गरिएको हो । यो साप्ताहिक रूपमा परिवर्तन हुन सक्छ। व्यक्तिगत अन्तर्वार्ता नचाहिने भिसा मामिलाहरूका लागि छुट्टै प्रक्रिया हुन सक्ने भएकाले छोटो प्रतीक्षा समय पनि हुन सक्छ।

आवेदकहरूलाई आफ्नो दूतावास वा कन्सुलेटको वेबसाइटमा सबैभन्दा नयाँ जानकारी हेर्न सल्लाह दिइएको छ। विशेष गरी अन्तर्वार्ता छुटका लागि योग्यता र आफ्नो बसोबास क्षेत्रभन्दा बाहिर आवेदन गर्दा प्रतीक्षा समयबारे जानकारी लिनुपर्ने हुन्छ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com