अब अमेरिकामा ग्रिनकार्ड आवेदनसँगै मेडिकल रिपोर्ट अनिवार्य बुझाउनुपर्ने गरी नीति अपडेट


प्रकाशित मिति : मंसिर १७, २०८१ सोमबार

अमेरिकामा अब निश्चित आवेदकहरूले युएससीआईएस समक्ष ग्रिनकार्ड आवेदन आई ४८५ कै साथमा मेडिकल रिपोर्ट समेत पेश गर्नुपर्ने भएको छ । यस अगाडि मेडिकल रिपोर्ट पछि पेश गरेपनि हुने प्रावधान रहेकोमा अब ग्रिनकार्ड आवेदनकै साथमा पेश गर्नुपर्ने गरी युएससीआईएसले नीति अपडेट गरेको छ ।

अब निश्चित आवेदकहरूले ग्रिनकार्ड आवेदन आई ४८५ का साथमा अध्यागमन मेडिकल परीक्षा र खोप रेकर्डको रिपोर्ट आई ६९३ समेत पेश गर्नुपर्ने र अन्यथा मेडिकल रिपोर्ट विना पठाइएका आवेदन अस्वीकृत हुनसक्ने युएससीआईएसले चेतावनी दिएको छ ।

स्थिति समायोजनको लागि आवेदन दिने ग्रिनकार्ड आवेदकहरूले सामान्यतया अध्यागमन मेडिकल जाँच र सबै आवश्यक खोपहरू पूरा गर्नुपर्छ । सिभिल सर्जनद्वारा हस्ताक्षर गरिएको राम्रोसँग पूरा गरिएको मेडिकल रिपोर्ट फर्म आई ६९३ पेश गर्नुपर्छ जसले गर्दा उनीहरू स्वास्थ्य सम्बन्धी आधारहरूमा ग्रिनकार्ड अस्वीकृत हुने स्वास्थ्य अवस्थाहरूबाट मुक्त भएको देखाउँछ ।

युएससीआईएसले भनेको छ यदि आवेदकले खोप रेकर्ड लगाउतको आंशिक वा पूर्ण मेडिकल रिपोर्ट पेश गर्न आवश्यक भएमा यसलाई आफ्नो ग्रिनकार्ड आवेदन फारम आई ४८५ साथ पेश गर्नुपर्छ। अन्यथा हामी तपाईंको फारम आई ४८५ अस्वीकार गर्न सक्छौं। हामीले फारम आई ४८५ का निर्देशनहरू दुई फारमहरू सँगै फाइल गर्न आवश्यक परिमार्जन गरेका छौँ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

ग्रिनकार्ड आवेदनबारे निर्णय गर्नु अघि थप प्रमाणका लागि अनुरोध गर्ने संख्या घटाउन यो परिवर्तन गरेको युएससीआईएसले जनाएको छ । यस अगाडि ग्रिनकार्ड आवेदन फाइल गरिसकेपछि आवेदकले मेडिकल रिेपोर्ट पेश नगरेको भएमा युएससीआईएसले मेडिकल रिपोर्ट बुझाउन अनुरोध गर्दै पत्र पठाउने गरेको थियो ।

गत अप्रिलमा युएससीआईएसले ग्रिनकार्डका लागि पेश गरिने मेडिकल रिपोर्ट एक्सपायर नहुने घोषणा गरेको थियो । सन् २०२३ को नोभेम्बर १ वा त्यसपछि उचित तरिकाले तयार गरेर सिभिल सर्जनले हस्ताक्षर गरेको मेडिकल रिपोर्ट एक्सपायर नहुने र स्वास्थ्यका आधारमा ग्रिनकार्डका लागि अयोग्य नभएको प्रमाणित गर्न अनिश्चितकालसम्म पेश गर्न सकिने युएससीआईएसले प्रष्ट पारेको थियो ।

सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन सीडीसीसँगको परामर्शमा र सार्वजनिक स्वास्थ्य इलेक्ट्रोनिक सूचनामा भएको प्रगतिको आधारमा युएससीआईएसले मेडिकल रिपोर्टको मान्यता निश्चित समयसम्मका लागिमात्र कायम हुन नहुने तथा यसको म्याद निश्चित समय अवधिमा समाप्त हुन नहुने निष्कर्ष निकालेको हो ।

तर सिभिल सर्जनले मेडिकल रिपोर्टमा हस्ताक्षर गरेपछि आवेदकको चिकित्सा अवस्था परिवर्तन भएको विश्वास गर्ने कारण युएससीआईएसका अधिकारीसँग भएमा भने उनीहरुले थप प्रमाण वा नयाँ मेडिकल रिपोर्ट अनुरोध गर्नभने सक्नेछन् । त्यस्तै मेडिकल रिपोर्टले आवेदकको चिकित्सा अवस्थालाई सही रूपमा प्रतिबिम्बित नगरेको वा स्वास्थ्य सम्बन्धी आधारमा आवेदकको ग्रिनकार्ड अस्वीकार्य हुनसक्ने देखिएमा युएससीआईएसका अधिकारीले थप प्रमाण वा नयाँ रिपोर्ट माग्न सक्नेछन् ।

त्यस्तै मेडिकल रिपोर्टहरु सन् २०२३ को नोभेम्बर १ भन्दा अगाडि तयार पारिएको वा सिभिल सर्जनबाट हस्ताक्षर गरिएको भएमा भने त्यस्ता रिपोर्टहरु २ बर्षका लागिमात्र मान्य रहनेछन् । अर्थात् सन् २०२३ को नोभेम्बर १ अगाडिका रिपोर्टमा विगतकै नीति लागु हुनेछ । किनभने नोभेम्बर १ भन्दा अगाडि सिभिल सर्जनहरुले मेडिकल रिपोर्ट तयार गर्दा सीडीसीलाई इलेक्ट्रोनिक रूपमा जानकारी शेय गर्न वा रिपोर्ट गर्न आवश्यक पर्दैनथ्यो ।

युएससीआईएसले सीडीसीसँग परामर्श गरेर २०२३ को नोभेम्बर १ अघि सिभिल सर्जनले हस्ताक्षर गरेको सही तरिकाले भरिएको मेडिकल रिपोर्टले सिभिल सर्जनको हस्ताक्षर भएको मितिदेखि दुई वर्षसम्ममात्र मान्यता पाउने निर्णय गरेको हो ।

यस अगाडि पनि युएससीआईएसले स्थिति समायोजनको लागि ग्रिनकार्ड आवेदन आई ४८५ फाइल गर्नेहरुलाई छिटो निर्णयका लागि उक्त आवेदनका साथमा मेडिकल तथा खोप रिपोर्ट समेत पेश गर्न सुझाव दिदै आएको थियो । तर अनिवार्य व्यवस्था भने थिएन ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com