एसाइलम स्वीकृत भएको एक बर्ष नपुग्दै गल्तीले जारी ग्रिनकार्ड खारेज गर्दै युएससीआईएस


प्रकाशित मिति : मंसिर १६, २०८१ आईतबार

एसाइलम स्वीकृत भएको एक बर्ष नपुग्दै गल्तीले जारी भएका ग्रिनकार्डहरु युएससीआईएसले खारेज गरिरहेको छ । गतबर्षको फरबरीमा अमेरिकामा एसाइलम स्वीकृत भएका वा शरणार्थीका रुपमा प्रवेश गरेकाहरुका सन्दर्भमा युएससीआईएसले नीति निर्देशिका अपडेट गरेको थियो ।

उक्त अपडेटमा अमेरिकामा एसाइलम स्वीकृत भएकाहरुले ग्रिनकार्ड आवेदन दिनका लागि एकबर्ष प्रतिक्षा गर्नु नपर्ने उल्लेख थियो, जस अनुशार एसाइलम स्वीकृत भएकाहरुले एकबर्ष प्रतिक्षा नगरी ग्रिनकार्ड आवेदनहरु दिइरहेका छन् ।

ग्रिनकार्ड आवेदन दिनका लागि एकबर्ष प्रतिक्षा गर्नु नपर्ने भएतापनि युएससीआईएसले ग्रिनकार्ड स्वीकृत गर्नका लागि भने एसाइलम स्वीकृत भएको एकबर्ष पूरा भएको हुनुपर्ने प्रावधान कायम नै रहेको छ ।

तर युएससीआइएसले कतिपय आवेदकका ग्रिनकार्ड आवेदन एसाइलम स्वीकृत भएको एकबर्ष पूरा नहुँदै स्वीकृत गरेकोमा पछि त्यस्ता आवेदनहरु गल्तीले स्वीकार भएको भन्दै निर्णय उल्टाउने गरको कानुन व्यवसायी रमेश श्रेष्ठले जानकारी दिनुभएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

एकबर्ष पूरा भएपछि भने उनीहरुलाई दोश्रोपटक आवेदन फाइल नगरीकनै ग्रिनकार्ड पुन स्वीकृत गर्ने गरिएको श्रेष्ठले जानकारी दिनुभयो ।

ग्रिनकार्ड आवेदन दिनका लागि एसाइलम स्वीकृत भएको एकबर्ष पुग्नु नपर्ने भन्दै पहिले नै आवेदन दिन प्रोत्साहन गर्दै आएको युएससीआईएसले यो समस्या श्रृजना भएपछि भने एसाइलम स्वीकृत भएको एकबर्षपछि ग्रिनकार्ड आवेदन दिन प्रोत्साहन गर्न थालेको छ ।

एक वर्षको शारीरिक उपस्थिति पूरा गरेपछि मात्र ग्रिन कार्ड आवेदन अनुमोदित हुनसक्ने भएकाले एकबर्षको समयभन्दा अगाडि आवेदन दिंदा ढिलाइ र थप प्रमाणहरूको माग हुनसक्ने तथा जसले गर्दा आवेदकहरूका लागि तनावपूर्ण अवस्था आउनुका साथै प्रकृयामा धेरै समय लाग्नसक्ने युएससीआईएसले बताएको छ ।

एसाइलम स्वीकृत भएकाहरुले एक वर्ष पूरा हुनु अघि ग्रिनकार्ड आवेदन दिनसक्ने भएतापनि सम्भावित जटिलताबाट बच्न एक वर्षको समयसम्म पर्खन युएससीआइएसले सल्लाह दिएको छ ।

युएससीआइएसले भनेको छ -“यदि तपाईंले एसाइलम स्वीकृत भएको एक वर्ष भन्दा अगाडि नै ग्रिनकार्ड आवेदन दिनुभयो र हामीले तपाईंको एक वर्षको शारीरिक उपस्थिति पुष्टि गर्न सकेनौं भने थप प्रमाण माग गर्न सक्छौं, जसले तपाईंको आवेदन प्रक्रिया ढिलो हुन सक्छ । यसको मतलब तपाईंले एसाइलम स्वीकृत भएको एक वर्षपछि मात्र ग्रिनकार्ड आवेदन दिनुभएमा तपाईंको आवेदन प्रक्रिया छिटो हुन सक्छ।”

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com