एनपिएलको उद्घाटन खेलमा जनकपुरले विराटनगरलाई ८ विकेटले हरायो


प्रकाशित मिति : मंसिर १५, २०८१ शनिबार

जनकपुर बोल्ट्सका खेलाडी

नेपाल प्रिमियर लिग (एनपिएल) को उद्घाटन खेलमा जनकपुर बोल्ट्सले विराटनगर किङ्ग्सलाई ८ विकेट हराएको छ ।

शनिबार त्रिवि क्रिकेट मैदान, कीर्तिपूरमा भएको खेलमा जनकपुर बोल्ट्सले विराटनगर किङ्ग्सलाई ८ विकेट हराएको हो ।

विराटनगर दिएको एक सय २८ रनको लक्ष्य जनकपुरले १५ दशमलव ३ ओभरमा २ विकेट गुमाएर भेट्टायो ।

जनकपुरका लागि लाहिरु मिलन्था र हर्ष ठाकरले ८७ बलमा एक सय १६ रनको नटआउट साझेदारी गरे । मिलन्थाले ५३ बलमा तीन छक्का र नौ चौकाको मद्धतले सर्वाधिक ७५ रन बनाए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यस्तै, हर्ष ठाकरले ३३ बलमा दुुई चौका प्रहार गर्दै २९ रनको योगदान दिए ।

जनकपुरका कप्तान अनिल शाहले ५ रनको योगदान दिए भने आसिफ शेख शुन्य रनमै आउट भए  ।

जनकपुरले अतिरिक्त २२ रन प्राप्त गर्यो ।

विराटनगरका लागि क्रिस सोल र प्रतिश जिसीले समान एक/एक विकेट लिए ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com