युएससीआईएसमा आर्थिक बर्ष २०२५ को पहिलो महिनामा ३८,०९८ एसाइलम आवेदन


प्रकाशित मिति : मंसिर १४, २०८१ शुक्रबार

आर्थिक वर्ष २०२५ को पहिलो महिनामा युएससीआईएसले देशभरिका विभिन्न कार्यालयहरूमा ३८,०९८ एसाइलम आवेदन प्राप्त गरेको छ। यो तथ्यांकले अमेरिकामा एसाइलम आवेदनहरूको वर्तमान अवस्थाको बारेमा जानकारी प्रदान गर्दछ।

मायामी कार्यालयले सबैभन्दा बढी कुल ६,१६१ आवेदन प्राप्त गरेको छ । त्यस्तै ह्यूस्टन कार्यालयले ६,१०४ आवेदनहरू प्राप्त गरेको छ । शिकागोले ५,३७८ आवेदनहरू प्राप्त गरेको भने अर्लिंगटनले ५,३०५ आवेदनहरू प्राप्त गरेको छ । यी चार कार्यालयहरूले अक्टोबर महिनामा प्राप्त सबै आवेदनहरूको ६० प्रतिशत भन्दा बढी आवेदनहरु प्राप्त गरेको युएससीआईएसले जनाएको छ ।

नेवार्क कार्यालयले ३,५११ आवेदनहरू प्राप्त गरेको छ भने सान फ्रान्सिस्कोले २,९३९ आवेदन प्राप्त गरेको छ । लस एन्जलसले २,७८५ आवेदनहरू प्राप्त गरेको र न्यूयोर्क कार्यालयले २,४१७ आवेदनहरू प्राप्त गरेको युएससीआईएसले जनाएको छ । न्यु ओर्लियान्सले १,२५७, टम्पाले १,२३३ र बोस्टनले १,००८ मा आवेदन प्राप्त गरेका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यी तथ्यांकहरू केवल आर्थिक वर्षको पहिलो महिनाको हुन् । यी प्रत्येक आवेदनमा एक भन्दा बढी व्यक्ति समावेश हुन सक्छन् । किनकि दम्पत्ति र बच्चाहरू जस्ता आश्रितहरू एकल फारममा समावेश गर्न सकिन्छ।

यी तथ्यांकहरूमा प्रणाली अपडेट र परिणामहरूको कारण सामान्य परिवर्तन हुनसक्ने युएससीआईएसले जनाएको छ । एजेन्सीले सबै फारम र विवरणहरूको पूर्ण सूची आधिकारिक युएससीआईएस वेबसाइटमा हेर्न सुझाव दिएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com