डिसेम्बरमा टसमस भएन परिवारमा आधारित कुनै पनि श्रेणीको ग्रिनकार्ड पाउने र फाइल गर्ने मिति


प्रकाशित मिति : कार्तिक २७, २०८१ मंगलबार

डिसेम्बरमा परिवारमा आधारित कुनै पनि श्रेणीको ग्रिनकार्ड पाउने र फाइल गर्ने मिति टसमस नभएपछि परिवारमा आधारित ग्रिनकार्ड कुरेर बसिरहेकाहरु थप निराश भएका छन् । अमेरिकी विदेश मन्त्रालय ब्यूरो अफ कन्सुलर अफेयर्सले सार्वजनिक गरेको भिसा बुलेटिन अनुशार नोभेम्बरको तुलनामा डिसेम्बरमा परिवारमा आधारित कुनै पनि श्रेणीको ग्रिनकार्ड फाइल गर्ने, ग्रिनकार्ड पाउने वा आप्रवासी भिसा अप्वाइन्टमेन्ट पाउने मितिमा कुनै फेरबदल भएको छैन । अर्थात् नोभेम्बरकै भिसा बुलेटिन डिसेम्बरका लागि समेत कपिपेष्ट गरिएको छ ।

डिसेम्बर महिनामा पनि नोभेम्बरमा जस्तै १ जनवरी २०२२ भन्दा अगाडि प्राथमिकता मिति भएका ग्रिनकार्डवाहकका दम्पत्ति र २१ बर्षभन्दा कमका छोराछोरीहरुले आप्रवासी भिसाका लागि दूतावासमा अप्वाइन्टमेन्ट प्राप्त गर्न र भिसा पाउन योग्य हुनेछन् ।

उनीहरुको आवेदन युएससीआईएसबाट स्वीकृत भइसकेको खण्डमा भने जुलाई १५, २०२४ भन्दा अगाडि दिएको आवेदन नेशनल भिसा सेन्टरले डकुमेन्ट्री क्वालीफाइड हुनका लागि प्रकृया अगाडि बढाउँछ । तर भिसा अन्तरवार्ताका लागि भने भिसा बुलेटिनमा रहेको फाइनल एक्सन डेट नै प्रतिक्षा गर्नुपर्छ । युएससीआईएसले आई १३० आवेदन प्रकृयामा लैजान भने लामो समय लगाउने गरेको छ ।

अमेरिकाभित्र हुने ग्रिनकार्डवाहकका दम्पत्ति र २१ बर्षभन्दा कम उमेरका छोराछोरीहरुका लागि ग्रिनकार्ड फाइल गर्ने मिति गतबर्षको अगस्तसम्म कन्करेन्ट रहदै आएकोमा गतबर्षको सेप्टेम्बरदेखि भने कन्करेन्ट छैन । अथात् अमेरिकाभित्रै हुने ग्रिनकार्डवाहकका दम्पत्ति र २१ बर्षभन्दा कम उमेरका छोराछोरीहरुले आई १३० पिटिसन र ग्रिनकार्ड आवेदन आई ४८५ एकसाथ भने फाइल गर्न पाउँदैनन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

डिसेम्बरको भिसा बुलेटिनमा परिवारमा आधारित सबै श्रेणीका ग्रिनकार्ड आवेदन दिने मिति र प्राप्त गर्ने मितिमा भने नोभेम्बरको तुलनामा कुनै टसमस भएको नभएपछि ग्रिनकार्ड फाइल गर्ने र पाउने मिति अझ एक महिना बढेको छ ।

नोभेम्बरमा अमेरिकाभित्रै हुने ग्रिनकार्डवाहकका दम्पत्ति र छोराछोरीहरुको ग्रिनकार्ड फाइल गर्ने मिति जुलाई १५, २०२४ रहेको थियो । डिसेम्बरका लागि यो मितिमा फेरबदल आएको छैन । अर्थात् जुलाई १५, २०२४ भन्दा अगाडि आई १३० आवेदन फाइल गरेका अमेरिकाभित्र भएकाहरुले डिसेम्बरमा यो श्रेणीमा ग्रिनकार्ड आवेदन आई ४८५ पनि फाइल गर्न सक्नेछन् ।

डिसेम्बरको भिसा बुलेटिन अनुशार अमेरिकी नागरिकका दाजुभाई दिदीबहिनीहरुलाई ग्रिनकार्ड पाउन लाग्ने अवधि १७ बर्ष ३ महिना पुगेको छ । १ अगस्त २००७ भन्दा अगाडि आई १३० आवेदन पेश गरेर स्वीकृत भई नेशनल भिसा सेन्टरबाट सबै प्रकृया पूरा भएकाहरुले डिसेम्बरमा आप्रवासी भिसाका लागि अन्तरवार्ताको मिति पाउन सक्नेछन् ।

अमेरिकी नागरिकका दाजुभाई दिदीबहिनीहरुलाई ग्रिनकार्ड पाउन लाग्ने अवधि बढेको बढ्यै रहेको छ । जसका कारण सन् २००७ भन्दा पछाडि आई १३० आवेदन दिएका अमेरिकी नागरिकका दाजुभाई दिदीबहिनीहरुले आप्रवासी भिसा पाउन सकेका छैनन् । लामो समयको प्रतिक्षा अवधिका कारण भिसा कुरेर बसेका उनीहरु निराश भएका छन् ।

डिसेम्बरको भिसा बुलेटिन अनुशार अमेरिकी नागरिकका २१ बर्ष काटेका अविवाहित छोराछोरीहरुका लागि भिसा पाउन लाग्ने अवधि ९ बर्ष २ महिना रहेको छ । अर्थात् २२ अक्टोबर २०१५ भन्दा अगाडि आई १३० आवेदन दिएकाहरुले नोभेम्बरमा भिसा पाउन सक्नेछन् ।

ग्रिनकार्डवाहकका २१ बर्ष काटेका अविवाहित छोराछोरीहरुका लागि भिसा पाउन लाग्ने अवधि ८ बर्ष ७ महिना रहेको छ । अर्थात् १ मे २०१६ भन्दा अगाडि आई १३० आवेदन दिएकाहरुले डिसेम्बरमा भिसा पाउन सक्नेछन् ।

अमेरिकी नागरिकका विवाहित छोराछोरीहरुका लागि भिसा पाउन लाग्ने अवधि १४ बर्ष ७ महिना रहेको छ । अर्थात् १५ अप्रिल २०१० भन्दा अगाडि आई १३० आवेदन दिएकाहरुले नोभेम्बरमा भिसा पाउन सक्नेछन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com