पोषणविद्को सुझाव : दसैँ भन्दैमा धेरै नखाऔँ, चिल्लो पिरो कम गरौँ


प्रकाशित मिति : आश्विन २६, २०८१ शनिबार

दसैँमा टन्न खाएर रमाइलो गर्ने आम सोचाइ नै छ । नेपालीहरुको विशेष पर्व भएकाले पनि यस समयमा माछामासुका धेरै परिकार खाने चलन पनि छ । धेरैले दसैंलाई ‘नयाँ लुगा लाउने, मीठो खाने’ चाडका रुपमा पनि लिन्छन् । सबैको घरमा यतिबेला मांसाहारी, शाकाहारी परिकारमात्रै होइन, मिठाई, रोटीसमेत पाक्ने गर्छ । तर के दशैंमा टन्न खानैपर्छ ?

पोषणविद्हरु भन्नुहुन्छ, “घरमै तयार गरिएका परिकार मात्रा मिलाएर ठिक्क खाए फरक पर्दैन ।” चिल्लो, पिरोे कम भएका स्वस्थकर परिकारले स्वास्थ्यलाई नगर्ने उहाँहरुको भनाइ छ ।

पोषणविद् राज शाक्यले घरमै पकाइएका खानेकुरा खाँदा स्वास्थ्यमा त्यति धेरै असर नपर्ने बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “सकेसम्म बाहिरबाट मगाएर नखानु नै राम्रो । पटक पटक प्रयोग गरिएको तेल हुनसक्छ, जुन हानिकारक छ । घरमै पकाएको खाना ठिक्क मात्रामा खाए केही फरक पर्दैन ।”

दसैँमा आफन्तजनहरुको बाक्लो उपस्थिति हुन्छ । पाहुनाहरुको आउजाउले गर्दा खानेकुराको प्रयोग अत्यधिक हुन्छ । विशेषगरी चाडपर्वमा मानिसले चाहिनेभन्दा बढी खाने र त्यसले गर्दा विभिन्न स्वास्थ्य समस्या सिर्जना हुने पोषणविद्हरुको भनाइ छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

पोषणविद् रुजु खड्काका अनुसार एकैचोटि पेटलाई बोझ हुने गरी कहिल्यै पनि खानु हुँदैन । “यसै पनि धेरैजसोले प्रायः सन्तुलित भोजन तथा व्यायाम गरिराखेका हुँदैनन्, त्यसमाथि धेरै खाँदा उल्टो समस्या पार्न सक्छ,” उहाँले भन्नुभयो, “चिल्लो, पिरो, नुनिलोको मात्रा बढी छ भने पेट अपच हुने, कब्जियत, ग्यास्ट्रिक पनि हुनसक्छ ।”

पोषणविद् शाक्यले चाडपर्वमा कुनै पनि परिकार एकैपटक पकाउने र त्यसलाई तताउँदै खाने बानी राम्रो नभएको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “विशेषगरी मासु एकैपटक धेरै पकाउने र त्यसलाई तताउँदै खाने चलन छ । त्यो भन्दा पनि खान सकिने जति झिकेर पकाउन सकिन्छ । मासुमा यसै पनि धेरै तेल प्रयोग भएको हुन्छ । पटक पटक तताउँदा हानिकारक तत्वहरु उत्पादन भइरहेका हुन्छन् । पोषक तत्व नष्ट भइरहको हुन्छ ।”

पोषणविद् खड्का अरु समयभन्दा दशैँमा माछामासुको बढी प्रयोग हुने भएकाले यसका साथमा हरियो सागसब्जी तथा फलफूल, दही, सलाद पनि खान सुझाव दिनुहुन्छ । उहाँले भन्नुभयो, “थोरै तेलमा तारेको ठीकै हुन्छ । महत्वपूर्ण त खानेकुरामा फाइबर पनि समावेश हुनुपर्छ । पानी प्रशस्त पिउनुपर्छ । ‘कोल्ड ड्रिङ्क्स’को सट्टा नरिवल पानी, मोही, लस्सी बनाएर खान सकिन्छ ।”

पोषणविद्हरु चाडपर्वका परिकारले नियमित औषधि खाइरहेका दीर्घरोगी तथा ज्येष्ठ नागरिकलाई गाह्रो हुन सक्ने बताउनुहुन्छ । मधुमेह, उच्च रक्तचाप भएकाले विशेष ध्यान दिनुपर्ने पोषणविद् शाक्यले बताउनुभयो ।

“औषधि समयमै लिनुपर्छ । मधुमेह भएकाले धेरै चिनीजन्य खानेकुरा खानुहुँदैन । व्यायाम पनि उत्तिकै आवश्यक छ । कम्तीमा आधा घण्टा व्यायाम गरेको राम्रो हो,” उहाँले भन्नुभयो ।

पोषणविद् खड्का पनि ज्येष्ठ नागरिकहरुमा पाचन शक्ति कमजोर हुने भएकाले सकेसम्म रातो मासु कम खानुपर्ने बताउनुहुन्छ । “रक्तचाप बढ्दा मुटुको समस्या आउन सक्छ । पानी पर्याप्त खाइएन भने मिर्गौलालाई चाप पर्न सक्छ । रक्सी सकेसम्म नखान सल्लाह दिन्छु । भुटेको चनाजस्ता प्रोटिनयुक्त चिज खाए राम्रो हुन्छ”, पोषणविद् खड्का भन्नुहुन्छ । रासस

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com