चाडपर्व सुरक्षा कार्ययोजना : काठमाडौंमा तीन हजार सात सय प्रहरी खटिने


प्रकाशित मिति : आश्विन ११, २०८१ शुक्रबार

क्युआरटि टोली काठमाडौँ, ११ असोजः जिल्ला प्रहरी परिसर काठमाडौँले नजिकिदैँ गरेको दशैँ, तिहार लगायतका चाडपर्व लक्षित परिचालनका तयार गरेको शिघ्र प्रतिकार्य अर्थात् क्युआरटि टोलि। काठमाडौँ प्रहरी परिसरले अप्रत्यासित घटना तत्काल व्यवस्थापन गर्न उक्त टोली परिचालन गर्ने तयारी अवस्थामा रहेको हो । तस्बिरः विमलबहादुर बिष्ट÷रासस

नेपाल प्रहरीले चाडपर्वमा शान्ति सुरक्षालाई सुदृढ तुल्याइ जनजीवनलाई सहज र सरल बनाउन विशेष सुरक्षा योजना अघि सारेको छ । ‘नागरिक स्वयम्को सावधानी, प्रहरीको निरन्तर निगरानी, बनाऔँ सुरक्षित राजधानी’ नाराका साथ काठमाडौँ प्रहरीले सुरक्षा व्यवस्था अझ राम्रो बनाउन काठमाडौँलाई विभिन्न १४ इलाकामा विभाजन गरेको जनाएको छ ।

प्रहरी नायब उपरीक्षकको नेतृत्वमा प्रत्येक युनिटमा १०/१० जनाको टोली बनाइ परिचालन गरिने काठमाडौँ प्रहरी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक वसन्त रजौरेले जानकारी दिनुभयो । परिसरमा आज आयोजित पत्रकार सम्मेलनमा उहाँले दसैँ, तिहार, छठलगायत चाडपर्वका लागि काठमाडौँभित्र कुल तीन हजार सात सय ६५ जनशक्ति परिचालन गरिने जानकारी दिनुभयो ।

कुनै पनि घटना घटेमा घटनास्थलमा १० मिनेटभित्र पुग्ने गरी ‘इलेक्ट्रोनिक क्विक रेस्पोन्स टिम’ (ई–क्यूआरटी), सिआरभी र मोबाइल टोलीलाई तयारी अवस्थामा राखिएको उहाँको भनाइ छ । घटनास्थलको तस्वीर तथा श्रव्यदृश्य लिन ‘गोप्रो क्यामेरा’, तैनाथीको अवस्था बुझ्न जिपिए र तत्काल प्रतिक्रियाका लागि आवश्यक सामग्रीसहित ई–क्यूआरटी टिमलाई परिचालित गरिएको छ । घटनास्थलमा थप प्रतिकार्यका लागि बढीमा ३० मिनेटभित्र यथेष्ठ प्रहरी तैनाथी हुने व्यवस्था मिलाइएको छ ।

प्रहरीले अपराध हुनसक्ने सम्भावित क्षेत्रमा पैदल, सवारी र ड्रोनमार्फत गस्ती गर्नेछ । प्रहरीले स्थानीयका खाली घर, आर्थिक कारोबार हुनसक्ने स्थान, सरकारी कार्यालय, भीडभाड हुने स्थान, गरगहना पसल, बसका टिकट काउन्टर, धार्मिकस्थल, बसपार्कलगायतलाई सुरक्षा क्षेत्रका रुपमा पहिचान गरेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सम्भावित क्षेत्रमा सूचना सङ्कलनका लागि सादा पोसाकमा ३८ टोली परिचालित हुनेछन् । ‘सिल एण्ड सर्च’का लागि २८ तथा ‘एम्बुसिङ’ र निगरानीका लागि २२ टोली परिचालित गर्ने काठमाडौँ प्रहरीको तयारी छ । काठमाडौँ भित्रने नाकामा प्रत्येक दिन कुकुरमार्फत उच्च निगरानी गरिने, विभिन्न ३५ स्थानमा सुरक्षा व्यवस्थासम्बन्धी चेतना फैलाउन पर्चा वितरण गर्ने, काठमाडौंका प्रमुख १२ स्थानका टिकट काउन्टरमा सहायता कक्ष सञ्चालन गरी सार्वजनिक यातायातलाई सुरक्षित र व्यवस्थित बनाउन विविध कार्यक्रम गरिनेछ ।

बैंक तथा वित्तीय संस्थामा चोरी लुटपाट हुनसक्ने, सामान किनबेच हुने स्थानमा अत्यधिक भीडभाड भई किनबेच कार्यमा असुविधा तथा पसलहरुमा चोरी तथा लुटपाट हुन सक्नेतर्फ ध्यान दिँदै प्रहरीले निगरानी गर्नेछ । एटिएम बुथ तोडफोड गरी चोरी हुनसक्ने हुँदा सो क्षेत्रतर्फ गस्ती गरी सुरक्षा व्यवस्था मिलाइने प्रहरी नायब उपरीक्षक रजौरेले बताउनुभयो ।

चाडपर्वमा लुटपाट तथा कुटपिट, चोरी, डकैती, सवारी दुर्घटना, तस्करी, जुवातास, अवैध मदिरा बिक्री वितरण, मदिरा सेवन गरी झै–झगडा, ट्राफिक नियमको उल्लङ्घन, आगजनी तथा विस्फोटन, महँगो भाडा असुलीलगायत आपराधिक गतिविधि हुनसक्ने भएकाले उच्च निगरानी राखिएको प्रहरी वरिष्ठ उपरीक्षक रजौरेले जानकारी दिनुभयो । काठमाडौँलाई सुरक्षित सहर बनाउन आमनागरिकको सावधानी आवश्यक रहेको भन्दै उहाँले काठमाडौँलाई सुरक्षित बनाउन प्रहरीले कुनै कसर नराखिने स्पष्ट पार्नुभयो । रासस

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com