नविकरणको लागि आवेदन दिएमा अब म्याद सकिएको ग्रिनकार्डले ३ बर्ष काम गर्ने


प्रकाशित मिति : आश्विन २, २०८१ बुधबार

अमेरिकामा म्याद सकिन लागेको वा सकिएको ग्रिनकार्डको नविकरणका लागि आवेदन दिएको खण्डमा म्याद सकिएको ग्रिनकार्डले पनि ३ बर्ष काम गर्ने भएको छ । सेप्टेम्बर १० देखि युएससीआईएसले ग्रिनकार्ड नविकरण वा पुनस्र्थापनका लागि आवेदन दिएका आवेदकहरुको ग्रिनकार्डको अवधि स्वत ३६ महिना थप्न सुरु गरेको छ ।

ग्रिनकार्डको म्याद सकिएका वा सकिन लागेका आवेदकहरुले नविकरणका लागि फर्म आई ९० फाइल गरेपछि रिसिप्टका रुपमा ग्रिनकार्डको अवधि थपिएको प्रमाण प्राप्त गर्नेछन् । विगतमा आई ९० को रिसिप्टले १२ महिनासम्ममात्र ग्रिनकार्डको म्याद थप्ने प्रावधान रहदै आएकोमा २ बर्षअगाडि सन् २०२२ को सेप्टेम्बर २६ देखि २ बर्ष म्याद थप्ने प्रावधान ल्याइएको थियो । अब उक्त अवधि ३ बर्ष बनाइएको हो ।

युएससीआईएसले अब आई ९० रिसिप्टको भाषा परिवर्तन गरेर ३६ महिना बनाएको छ । सेप्टेम्बर १० देखि लागु हुने गरी युएससीआईएसले पेन्डिङ रहेका नविकरण आवेदनका सन्दर्भमा पनि ३६ महिनासम्म म्याद सकिएको ग्रिनकार्डले काम गर्ने सुचनाहरु प्रिन्ट गर्न सुरु गरेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

उक्त रिसिप्ट म्याद सकिएको ग्रिनकार्डको साथमा पेश गरेको खण्डमा ३६ महिनासम्म म्याद सकिएको ग्रिनकार्डले पनि काम गर्नेछ । ग्रिनकार्ड नविकरण वा हराएको ग्रिनकार्ड प्राप्त गर्नमा लामो समय लागेपछि युएससीआईएसले ३६ महिनासम्म म्याद सकिएको ग्रिनकार्डले नै काम गर्ने व्यवस्था गरेको हो ।

यही रिसिप्ट नोटिसले ग्रिनकार्डवाहक भएको प्रमाणका रुपमा मात्र काम गर्ने नभई अमेरिकामा काम गर्नका लागि वर्क परमिटका रुपमा समेत काम गर्नेछ । साथै अमेरिकाबाहिर यात्रा गरेर अमेरिका फर्कनका लागि समेत प्रमाणका रुपमा काम गर्नेछ । तर अमेरिकाबाहिरबाट अमेरिका फर्कदा भने यो रिसिप्टका साथमा एक्सपायर भएको ग्रिनकार्ड समेत पेश गर्नुपर्नेछ ।

यदि कसैको पूरानो ग्रिनकार्ड हराएको छ र त्यसको साटोमा नयाँ ग्रिनकार्डका लागि दिएको आवेदन पेन्डिङ अवस्थामा छ भने आवेदकले युएससीआईएसको सम्पर्क केन्द्रमार्फत फिल्ड अफिसमा सम्पर्क गरेर अप्वाइन्टमेन्ट लिन सक्नेछन् । उक्त अप्वाइन्टमेन्टमा युएससीआईएसले ३६ महिना ग्रिनकार्डका रुपमा काम गर्ने छाप र आवश्यक कागजात उपलब्ध गराउनेछ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com