अध्यागमन विभागका ८ सुझाव, भारतीय विमानस्थलबाट यात्रा गर्दा एनओसी लिनुपर्ने


प्रकाशित मिति : भाद्र ३१, २०८१ सोमबार

नेपालको अध्यागमन विभाग

नेपालको अध्यागमन विभागको प्रशासन शाखाले हालै एक ट्राभल एड्भाइजरी जारी गर्दै नेपालीहरुलाई भारतीय विमानस्थल प्रयोग गरेर यात्रा गर्दा सम्बन्धित नेपाली राजदूतावासबाट जारी हुने नो अब्जेक्सन लेटर एनओसी लिन सुझाव दिएको छ । विभागले भनेको छ – ‘सकेसम्म नेपालको विमानस्थलबाट यात्रा गर्नुहोस् । भारत वा अन्य तेश्रो मुलुकको विमानस्थल भएर अन्य मुलुकमा यात्रा गर्दै हुनुहुन्छ भने सम्बन्धित नेपाली राजदूतावासबाट जारी हुने नो अब्जेक्सन लेटर लिएर यात्रा गर्नुहोस् । र यसरी यात्रा गर्दा थप सजगता एवं सावधानी अपनाउनुहोस् ।’

भिजिटर र पर्यटक भिसामा विदेश गएर कामको खोजी गर्नु गैरकानुनी कार्य रहेको उल्लेख गर्दै यस्तो कार्य गरेमा कारवाहीमा परिने र विभिन्न प्रकारका समस्या भोग्नुपर्ने उल्लेख गर्दै विभागले सचेत रहन भनेको छ । भिजिट भिसामा घुम्न जान थप शुल्क वा दस्तुर नलाग्ने भएकाले सेटिङका नाममा विचौलियाले रकम मागेमा त्यस्तो रकम नबुझाउन समेत सचेत गराइएको छ ।

भिजिट वा पर्यटक भिसामा यात्रा गर्ने यात्रीहरुले भ्रमण गर्ने सम्बन्धित देशको पूर्ण जानकारी लिएर तथा भाषा, संस्कृति र कानुन सम्बन्धि सामान्य जानकारी राखेरमात्र यात्र गर्न सुझाव दिइएको छ । सुझावमा भनिएको छ – ‘विभिन्न प्रलोभनमा पारी श्रम गन्तव्य मुलुकहरुमा लैजान बढी रकम अशुल गरी ठग्ने, रोजगारदातासँगको मिलोमतोमा असुरक्षित र अमर्यादित श्रम कार्यमा संलग्न गराउनसक्ने, तोकिएको भन्दा अन्य गन्तव्य मुलुकमा पठाउने, अंगठित र घरेलु प्रकृतिका जोखिमयुक्त कार्यमा संलग्न गराउने, सामाजिक सुरक्षाबाट वञ्चित हुनुपर्ने जस्ता सम्भावना रहेकाले काम गर्ने मनशायले विदेश जाँदै हुनुहुन्छ भने भिजिट वा पर्यटक भिसामा नगई श्रम भिसामा श्रम स्वीकृति लिएरमात्र प्रस्थान गर्नुहास् ।’

वैदेशिक रोजगारीमा कामदार पठाउन इजाजत प्राप्त संस्थाले पनि वैदेशिक रोजगारीका लागि भिजिट वा पर्यटक भिसामा पठाउन नमिल्ने हुँदा यसतर्फ पनि सावधानी अपनाउन सुझाव दिइएको छ । मित्रराष्ट्र भारत तथा बेलायती सेनामा नेपाल सरकारको स्वीकृतिमा भर्ना हुने बाहेक अन्य देशका सेना वा सशस्त्र समुहमा भर्ना हुने कार्य पूर्णरुपमा गैरकानुनी र राष्ट्रहित विपरित कार्य रहेको उल्लेख गर्दै यस्ता राष्ट्रहित विपरितका काममा संलग्न नहुन समेत विभागले सुझाव दिएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

वैदेशिक रोजगारीका शिलशिलामा विदेशमा रहेका बेलामा कुनै सहयोग आवश्यक परेमा उक्त देशमा रहेको वा नजिकको नेपाली दूतावास वा नियोगमा सम्पर्क गर्न सुझाव दिइएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com