पोर्चुगलमा कागजात प्रमाणीकरणसम्बन्धी घुम्ती सेवाबाट झण्डै २५ सय नेपालीले लिए सेवा


प्रकाशित मिति : भाद्र २५, २०८१ मंगलबार

पोर्चुगलमा सञ्चालित कागजात प्रमाणीकरणसम्बन्धी घुम्ती सेवाबाट दुई हजार चार सय बढी नेपालीले सेवा लिएका छन् । फ्रान्सस्थित नेपाली दूतावासको टोलीले राजधानी लिस्बनमा सञ्चालन गरेको घुम्ती सेवाबाट दुई हजार चार सय ६८ सेवाग्राहीले कागजात प्रमाणीकरणलगायतका कन्सुलर सेवा लिएका हुन् ।

घुम्ती सेवाबाट दुई हजार चार सय ४८ प्रहरी चारित्रिक प्रमाणपत्र, १६ शैक्षिक प्रमाणपत्र, २० व्यक्तिगत घटना दर्ता, दुई यात्रा अनुमतिपत्र र एक मञ्जुरीनामाको प्रमाणीकरण गरी दुई हजार चार सय ६८ जनालाई सेवा प्रदान गरिएको पोर्चुगलका लागि गैरआवासीय नेपाली राजदूत तथा फ्रान्सका लागि नेपाली राजदूत सुधीर भट्टराईले जानकारी दिनुभयो ।

शिविरबाट दुई लाख ४६ हजार छ सय ४० युरो अर्थात् रु तीन करोड ६७ लाख नौ हजार नौ सय राजस्व सङ्कलन भएको राजदूत भट्टराईले राससलाई बताउनुभयो ।

घुम्ती सेवामा दूतावासका नियोग उपप्रमुख सीता बस्नेत र तृतीय सचिव दिपेन्द्रप्रसाद साह खटिनुभएको थियो । दूतावासको टोलीले अगष्ट ३० देखि सेप्टेम्बर ७ सम्म गैरआवासीय नेपाली सङ्घ पोर्चुगलको कार्यालयबाट कागजात प्रमाणीकरणलगायतका कन्सुलर सेवा प्रदान गरेको थियो । घुम्ती सेवालाई गैरआवासीय नेपाली सङ्घ पोर्चुगलसहित यहाँ क्रियाशील नेपाली सङ्घसंस्थाले समन्वय र सहजीकरण गरेका थिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

घुम्ती सेवामार्फत कन्सुलर सेवा पाउँदा प्रहरी चारित्रिक प्रमाणपत्र (प्रहरी रिपोर्ट) लगायतका कागजात प्रमाणीकरणको समस्यामा परेका नेपालीलाई राहत मिलेको छ । घुम्ती सेवा सम्पन्न भए पनि पोर्चुगलका नेपालीको सहजताका लागि कागजात प्रमाणीकरण लगायतका कन्सुलर सेवा भने पेरिस दूतावासबाट निरन्तर प्रवाह हुने राजदूत भट्टराईले बताउनुभयो । आगामी दिनमा पनि राहदानीलगायतका कागजात प्रमाणीकरणसम्बन्धी समस्या देखा परेको खण्डमा परराष्ट्र मन्त्रालयसँग समन्वय गरि पुनः घुम्ती टोलीको व्यवस्था गरिने उहाँले बताउनुभयो ।

यसअघि पोर्चुगलमा रहेका नेपालीले कागजात प्रमाणीकरणलगायतका कन्सुलर सेवा नपाउँदा सास्ती खेप्नुपरेको समाचार राससमार्फत् संप्रेषण भएको थियो ।

गत महिना पनि राहदानी विभाग काठमाडौं र फ्रान्सस्थित नेपाली दूतावासको संयुक्त टोलीले राजधानी लिस्बनमा राहदानी सेवासम्बन्धी घुम्ती शिविर सञ्चालन गरी तीन हजार आठ सयभन्दा बढी नेपालीलाई राहदानी सेवा दिएको थियो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com