लुम्बिनी प्रदेशसभा सदस्य केसी जेल चलान


प्रकाशित मिति : भाद्र २३, २०८१ आईतबार

लुम्बिनी प्रदेशसभा सदस्य धनबहादुर केसी कारागार चलान हुनुभएको छ ।

रुकुम पूर्वको प्रदेशसभा (ख) बाट निर्वाचित केसी ३३ वर्षअघि जिल्ला अदालत रुकुमले दोषी ठहर गरेको कीर्ते मुद्दामा कारागार चलान हुनुभएको हो ।

यसअघि प्रहरीको फरार सूचीमा रहेकै अवस्थामा विसं २०७९ को निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट विजयी हुनुभएको थियो ।

अदालतले दोषी ठहर गरेका व्यक्ति प्रदेशसभा सदस्य भएको भन्दै चौतर्फी विरोध भएपछि केसीले आज रुकुम पूर्व जिल्ला अदालतमा आत्मसमर्पण गर्नुभयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

उहाँलाई आज नै कारागार चलान गरिएको रुकुम पूर्वका प्रहरी नायब उपरीक्षक माधव खरेलले जानकारी दिनुभयो ।

श्रीमतीसँगको अंश मुद्दामा कीर्ते गरेको भन्दै २०४८ असार ९ गते अदालते एक वर्ष कैद र दुई हजार जरिवानाको फैसला सुनाएको थियो ।

सम्बन्ध विच्छेदको मुद्दामा नक्कली कागजात पेस गरेको भन्दै श्रीमती राधा केसीले जाहेरी दिनुभएको थियो । सोही मुद्दामा दोषी ठहर भएका केसी कैद भुक्तान नगरी बस्नुभएको थियो ।

विसं २०७५ साल वैशाख ३१ गते रुकुम पश्चिम जिल्ला अदालतले केसीविरुद्ध पूर्व फैसलाअनुसार कारबाही नभएको भन्दै रूकुम पूर्वी जिल्ला अदालतका नाममा त्यसबारे पत्राचार गरेको थियो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com