बाइडेनको प्रतिबन्ध अगाडि चालु आ.ब.मा विनाभिसा छिर्ने २६६० नेपाली अमेरिकी सिमाक्षेत्रमा पक्राउ
प्रकाशित मिति : भाद्र २२, २०८१ शनिबार
TOPSHOT – Migrant people cross through the banks of the Rio Grande to the US, as seen from Matamoros, state of Tamaulupas, Mexico on May 9, 2023. A surge of migrants is expected at the US-Mexico border cities as President Biden administration is officially ending its use of Title 42. On May 11, President Joe Biden’s administration will lift Title 42, the strict protocol implemented by previous president Donald Trump to deny entry to migrants and expel asylum seekers based on the Covid pandemic emergency. (Photo by ALFREDO ESTRELLA / AFP)
अमेरिकी राष्ट्रपति जो बाइडेनको एसाएलम प्रतिबन्ध अगाडि चालु आर्थिक बर्षमा २६६० नेपालीलाई मानवतस्करमार्फत विनाभिसा मेक्सिकोहुँदै अमेरिका प्रवेश गर्ने क्रममा अमेरिकी सिमा सुरक्षा गस्तीले पक्राउ गरेको छ । चालु आर्थिक बर्षको ८ महिनामा २६६० जना नेपालीहरु पक्राउ परेको अमेरिकी सरकारको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले जनाएको छ ।
२०२४ को जनवरीमा २०० जना, फेब्रुअरीमा २३० जना, मार्चमा १६०, अप्रिलमा ३१० र मे महिनामा १८० जना नेपालीहरु मेक्सिकोको सिमाक्षेत्रबाट विनाभिसा अमेरिका प्रवेश गरेका छन् । सन् २०२३ को डिसेम्बरमा ४२० जना, नोभेम्बरमा ५५० जना र अक्टोबरमा ६१० जना गरी चालु आर्थिक बर्षको ८ महिनामा २६६० जना नेपालीहरु विनाभिसा अमेरिका प्रवेश गरेका छन् ।
आर्थिक बर्ष २०२४ का पछिल्ला महिनाहरुमा यो संख्यामा केही गिरावट देखिएको हो । यो संख्या बाइडेनले सिमाक्षेत्रमा एसाइलममा प्रतिबन्धहरु लगाउनुभन्दा ठीक अगाडिको हो । बाइडेन प्रशासनले जुनको पहिलोसातादेखि प्रतिबन्धहरु लागु गरेको थियो । उक्त प्रतिबन्ध अगाडि आर्थिक बर्ष २०२३ को १२ महिना र २०२४ को ८ महिनाको यो तथ्यांक विगतका बर्षहरुको तुलनामा निकै उच्च रहेको छ ।

२०१४ देखि २०२२ सम्म ९ बर्षको अवधिमा जम्मा ५१८० जना नेपालीहरु मेक्सिकोको सिमाक्षेत्रबाट विनाभिसा अमेरिका प्रवेश गरेका थिए । तर त्यसको तुलनामा २०२२ को अक्टोबरदेखिको २० महिनामा धेरै नेपालीहरु विनाभिसा अमेरिका प्रवेश गरेको तथ्यांक डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले सार्वजनिक गरेको छ । जुन संख्या ५८ सय रहेको छ । यो संख्या केबल अमेरिका प्रवेशका क्रममा सिमा सुरक्षा गस्तीसँग जम्काभेट हुनेहरुकोमात्र हो ।
अघिल्लो आर्थिक बर्ष २०२३ मा अहिलेसम्मकै इतिहासमा सबैभन्दा धेरै ३१४० जना नेपालीहरु विनाभिसा मेक्सिकोको सिमाक्षेत्रबाट अमेरिका प्रवेश गरेका थिए । उक्त आर्थिक बर्षको पहिलो महिना २०२२ को अक्टोबरमा १७०, नोभेम्बरमा २२०, डिसेम्बरमा ३२०, २०२३ को जनवरीमा १४०, फरबरीमा १००, मार्चमा १३०, अप्रिलमा २६०, मेमा ४६०, जुनमा ४८०, जुलाईमा ३१०, अगस्तमा २४०, सेप्टेम्बरमा ३३० जना नेपालीहरु विनाभिसा अमेरिका प्रवेश गरेका थिए ।
आर्थिक बर्ष २०२२ मा यसरी अमेरिका प्रवेश गर्ने नेपालीहरुको संख्या १४९० थियो भने २०२१ मा ४२० जना नेपालीहरुमात्र विनाभिसा अमेरिका प्रवेश गरेका थिए । बाइडेन प्रशासनमा ७ हजार २ सय १० नेपालीहरु विनाभिसा प्रवेश गरेका छन् । जबकी ट्रम्प प्रशासनको ४ बर्षमा १८५० जना नेपालीहरु विनाभिसा अमेरिका प्रवेश गरेका थिए । अर्थात् आर्थिक बर्ष २०१७ मा ६५०, २०१८ मा ७२०, २०१९ मा ३४० र २०२० मा १४० जना नेपालीहरु मेक्सिकोबाट विनाभिसा अमेरिका प्रवेश गरेका थिए ।
त्यस अगाडि २०१४ मा ४६०, २०१५ मा ४१०, २०१६ मा ५५० जना नेपालीहरु मेक्सिकोबाट विनाभिसा अमेरिका प्रवेश गरेका थिए । उनीहरु दलाललाई हजारौं डलर तिरेर विनाभिसा अमेरिका प्रवेश गर्ने क्रममा सिमा सुरक्षा गस्तीको जम्काभेटमा परेका हुन् । तीमध्ये कतिपय तत्काल अमेरिकामा रिहा भएका थिए भने कतिपयलाई अध्यागमन हिराशतमा राखिएको थियो । त्यसमध्ये केही अमेरिकाबाट देशनिकालामा समेत परेका छन् ।






