फ्याक्ट चेक: टेक्सासमा मारिएकी मुनाका प्रेमी भनिएका व्यक्ति पक्राउ परेका बबीसिंह हुन्?


प्रकाशित मिति : भाद्र १४, २०८१ शुक्रबार

खसोखासले प्राप्त गरेको विवरणहरुका आधारमा फ्याक्ट चेक गर्दा टेक्सासमा गोली हानी मारिएकी मुना पाण्डेका प्रेमी भनिएका व्यक्ति पक्राउ परेका बबीसिंह शाह होइनन् । सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले बबीसिंह शाह र मुना पाण्डेबीचको सम्बन्धका अनुमानहरु गरेपनि उनीहरुबीच कुनै सम्बन्ध अहिलेसम्म पुष्टी भएको छैन । बरु मुना पाण्डेका पूर्व प्रेमी भनिने व्यक्ति २५ बर्षभन्दा कम उमेरका देखिने एक श्वेत अमेरिकन युवा भएको खसोखासले प्राप्त गरेको विवरणमा देखिएको छ ।

मुना पाण्डेसँग केही समय अघि प्रेम सम्बन्धमा रहेका भनिएका अमेरिकन युवा

मुना पाण्डेले आफ्ना पूर्व प्रेमी युवाका बारेमा आमालाई पनि पटकपटक जानकारी दिएकी थिइन् । ती युवासँगका कैयन भिडियो र फोटोहरु समेत मुनाले आमालाई पठाएकी थिइन् । ती युवासँग मुनाको जन्मदिनको सेरोफेरोमा गत जनवरीमा भेटघाट भएको र त्यसपछि उनीहरु प्रेम सम्बन्धमा रहेको मुनाले आमालाई जानकारी दिएकी थिइन् । खसोखासले पनि उनीहरुका केही भिडियो र फोटोहरु पारिवारिक श्रोतबाट प्राप्त गरेको छ । तर उनीहरुबीच पछिल्लो समयमा सम्बन्ध राम्रो नभएको पारिवारिक श्रोतबाट खुलेको छ ।

यद्यपी केही नेपाली सामाजिक सञ्जाल प्रयोगकर्ताले बबीसिंह र मुना पाण्डेबीच सुगर ड्याडी वेवसाइटमा भेटघाट भएको अनुमान गरेपनि त्यस्तो विवरण अहिलेसम्म पुष्टी भएको छैन । यो केबल अनुमानमात्र हो । उनीहरुबीच पहिले सम्बन्ध थियो वा थिएन भन्ने कुनै विवरण पुष्टी भएको छैन । प्रहरीले हत्या लुटपाटका क्रममा भएको बताएको छ ।

टेक्सासको एउटा अँग्रेजी सञ्चारमाध्यमले त मुना र बबीसिंहबीच सुगर ड्याडी वेवसाइटमा सन् २०१२ मा भेटघाट भएको समेत लेख्न भ्याएको छ । जबकी त्यो बेला मुना जम्मा ९ बर्षकी थिइन् । र नेपालमा नै थिइन् । वास्तवमा बबीसिंहलाई मुनाले होइन्, अकैं कुनै महिलाले सन् २०१२ मा सुगर ड्याडी वेवसाइटमा देखेकी थिइन् । तर केही संचारमाध्यमले त्यसलाई समेत तोडमोड गरेर समाचार प्रकाशन गरेका छन् । यसर्थ अहिलेसम्म बबीसिंह र मुनाबीच विगतमा कुनै सम्बन्ध भएको पुष्टी भएको छैन । भविश्यमा पुष्टी भयो भने त्यो अर्कै कुरा हो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अदालतको रेकर्डमा बबीसिंहको जन्मस्थानबारे केही खुलाइएको छैन ।

बबीसिंह शाह नेपाली भएका केही सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले दावी गरेका छन् । तर उनी नेपाली भएको पुष्टी कतैबाट पनि भएको छैन । कोही व्यक्ति कुनै कालखण्डमा नेपालमा बस्दैमा त्यसलाई नेपाली भन्न मिल्दैन । विगतमा सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले नेपाली भाषी भुटानीकाबारेमा समाचारहरु सम्प्रेषण गर्दा पनि यस्तै गलत सुचनाहरु प्रवाह गर्दै आएका थिए । अदालती कागजातमा पनि बबीसिंहको जन्मस्थान खुलाइएको छैन । तर खसोखासले गरेको अनुसन्धानमा उनका आफन्तहरु भारतीय मूलका शिख समुदायका व्यक्तिहरु रहेको देखिएको छ ।

हो, मुना पाण्डेका हत्याका अभियुक्त बबीसिंह सुगर ड्याडी वेवसाइटमा सकृय रहेको विभिन्न व्यक्तिहरुले वयान दिएका छन् । यसर्थ बबीसिंहले विगतमा सुगर ड्याडी वेवसाइटहरु चलाएको हुनसक्ने प्रहरीको अनुमान छ । तर मुनाले उक्त वेवसाइट चलाएको वा बबीलाई उक्त वेवसाइटमा भेटेको कतैबाट पनि पुष्टी भएको छैन ।

एक्लै बस्ने पाण्डेको गत वर्षदेखि एकजना व्यक्ति पछि लागेको कुरा आमालाई समेत बताएकी थिइन् । तर ती व्यक्ति को थिए भन्नेबारे कुनै पुष्टी भएको छैन । व्यक्ति पछि लागेपछि मुनाले अगाडिको ढोका बाहिर क्यामेरा जडान गरेकी थिइन् ।

हत्या भएको रातिको भिडियो फुटेजमा पाण्डेले कालो पर्स सहित अन्य धेरै सामान बोकेको अवस्थामा बन्दुक बोकेको बबीसिंह देखिएको प्रहरीले जनाएको छ । बबीसिंहले पाण्डेलाई आफ्नो अपार्टमेन्टको ढोका खोल्न बारम्बार भनेका थिए। पाण्डेले के गर्छौ भनेर सोधेकी थिइन् । त्यो बेला बबीसिंहले मुनालाई कोठाभित्र धेकेलेको र ढोका बन्द गरेको ८ बजेर ४१ मिनेटको भिडियो फुटेजमा देखिएको छ । त्यसपछि ९ बजेर ४८ मिनेटको भिडियो फुटेजमा बबीसिह त्यहाँबाट बाहिरिएको देखिएको छ ।

यसैबीच मुना पाण्डेलाई गोली हानी हत्या आरोपमा पक्राउ गरिएको व्यक्ति बबी सिंहलाई धरौटीमा रिहा गर्न अदालतले अस्वीकार गरेको छ । जघन्य अपराधको लागि जमानत अस्वीकार गर्न सुनुवाइको लागि राज्यको प्रस्तावलाई विचार गरेपछि र प्रस्तुत गरिएको प्रमाणहरूमा स्पष्ट र बलियो प्रमाणबाट अपराध भएको, अभियुक्त दोषी भएको र कानूनको प्रबन्ध भएमा मृत्युदण्डको सजाय हुनसक्ने भएकाले धरौटीमा रिहा गर्न अस्वीकार गरिएको अदालतको आदेशमा उल्लेख छ ।

जमानत अस्वीकार गर्ने अदालतको आदेश

ह्यारिस काउन्ठी डिस्ट्रिक्ट एटोर्नी अफिसका सहायक डिस्ट्रिक्ट एटोर्नी जिम लिटनरले हस्ताक्षर गरेर अदालतमा पेश गरेको कागजातमा प्रुफ इभिडेन्ट सुनुवाइको लागि जमानत अस्वीकार गर्नको लागि फाइल गरेको देखिएको छ । प्रतिवादीलाई जघन्य अपराधको अभियोग लगाइएको र राज्य स्पष्ट र बलियो प्रमाणका साथ सुनुवाईको लागि अघि बढ्ने तर प्रतिवादी अभियोग अघि जमानतको हकदार नभएको भन्दै जमानत अस्वीकार गर्न अदालतसमक्ष अनुरोध गरिएको थियो ।

जमानत अस्वीकार गर्न अदालतसमक्ष गरिएको अनुरोध

 

बबी सिंह शाहविरुद्ध जघन्य हत्याको अभियोग लगाइएको छ । जघन्य हत्याको अभियोग टेक्सासमा हत्याको सबैभन्दा गम्भीर रूप हो, जसमा मृत्युदण्डसम्म हुनसक्ने कानुनी व्यवस्था छ । बबी सिंह शाहले लुटपाटका क्रममा घातक हतियारको प्रयोग गरी आयशयुक्त तरिकाले मुना पाण्डेको गोली हानी हत्या गरेको अदालती कागजातमा उल्लेख गरिएको छ ।

अभियुक्त बबीसिंह शाह

अभियुक्त ५१ वर्षीय शाहविरुद्ध २६२ औं स्टेट डिस्ट्रिक्ट कोर्टमा जघन्य हत्याको अभियोग दायर गरिएको हो । सेप्टेम्बर ३ मंगलबार बबी सिंहलाई अदालतमा पेश गरिने भएको छ । त्यस्तै बबी सिंहविरुद्ध गैर कानुनी रुपमा हतियार बोकेको अर्को अभियोग पनि लगाइएको छ । गैरकानुनी रुपमा गाडीमा हतियार बोकेको र हतियार कभरले नछोपी देखिने गरी राखेको उक्त अभियोगमा बबी सिंहलाई सेप्टेम्बर ५ बिहिबार अदालतमा पेश गरिने भएको छ ।

शाहलाई बुधबार बेलुका ८ बजे लगत्तै उत्तरपश्चिम ह्युस्टन ट्राफिक स्टपमा पक्राउ गरिएको हो । ह्युष्टन प्रहरीको विशेष हतियार र रणनीति टिमका अधिकारीहरू, ह्युष्टन प्रहरीको अपराध न्यूनीकरण इकाई र टेक्सास डिपार्टमेन्ट अफ पब्लिक सेफ्टीको समन्वयकारी प्रयासबाट शाहलाई पक्राउ गरिएको थियो । शाहलाई ह्यारिस काउन्टी जेलमा राखिएको छ ।

अदालतमा पेश गरेको उजुरी

प्रहरीले बुधबार दिउसो संदिग्धको फोटो सार्वजनिक गरेको गरेको केही घण्टापछि पक्राउ गरेको हो । सीटीटिभी फुटेजबाट लिइएको फोटो अगस्त २४ शनिबार राती ९ बजेर ४८ मिनेटको थियो ।

मुना पाण्डे सोमबार साँझ गोली लागेको अवस्थामा अपार्टमेन्टमा भेटिएपछि प्रहरीलाई खबर गरिएको थियो । सोमबार बेलुका ५ बजेर ३५ मिनेटमा प्रहरी घटनास्थलमा पुग्दा उनलाई मृत अवस्थामा भेटाएको ह्युष्टन प्रहरीले बताएको थियो । अदालती कागजातमा मुनालाई घुच्चुकमा एक गोली हानिएको उल्लेख छ । मुनालाई छाती लगायत अन्य भागमा थप २ गोली हानिएको जनाइएको छ ।

मुना पाण्डे

घटनाबारे जानकारी पाएपछि प्रहरीको टोली वेष्ट एयरपोर्ट ब्लुभार्डमा रहेको घटनास्थलमा पुगेको र त्यहाँ पुग्दा २१ बर्षकी महिला मृत अवस्थामा भेटिएको प्रहरीले जानकारी दिएको छ । घटनाबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

ह्युस्टन प्रहरीले जारी गरेको विज्ञप्तीमा गस्ती अधिकारीहरूले पीडितलाई अपार्टमेन्ट भित्र धेरैवटा बन्दुकको गोली लागेको भेट्टाएको बताइएको थियो । प्यारामेडिकले उनलाई घटनास्थलमै मृत घोषणा गरेको थियो । अपार्टमेन्ट कम्प्लेक्सका कर्मचारीहरूले ९११ मा कल गर्नु अघि उनीहरूलाई अपार्टमेन्ट भित्रको शवको बारेमा अज्ञात कल प्राप्त भएको प्रहरीलाई बताएका थिए ।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com