रोजगारमा आधारित पहिलो श्रेणी ‘एक्स्ट्राअर्डिनरी ग्रिनकार्ड’को कोटा पूरा, थप भिसा जारी नहुने


प्रकाशित मिति : भाद्र १३, २०८१ बिहीबार

कोटा पूरा भइसकेको भन्दै अमेरिकाले चालु आर्थिक बर्षमा रोजगारमा आधारित पहिलो श्रेणीको एक्स्ट्राअर्डिनरी ग्रिनकार्ड र सम्बन्धित आप्रवासी भिसा जारी नगर्ने भएको छ । अमेरिकाको आप्रवासन र राष्ट्रियता ऐनले रोजगारीमा आधारित भिसाहरूको बार्षिक संख्यामा कोटा तोकेको छ । उक्त कोटा आर्थिक बर्ष समाप्त हुनु अगाडि नै पूरा भएको हो ।

रोजगारमा आधारित पहिलो श्रेणीका लागि रोजगारमा आधारित कुल भिसाको २८ दशमलव ६ प्रतिशतमात्र प्रयोग गर्न पाउने प्रावधान रहेको छ । उक्त प्रावधान अनुशार सबै भिसा संख्या प्रयोग भइसकेको अमेरिकी विदेश मन्त्रालय ब्यूरो अफ कन्सुलर अफेयर्सले जनाएको छ । त्यसलै आगामी सेप्टेम्बरमा यो श्रेणीमा कसैले पनि ग्रिनकार्ड वा आप्रवासी भिसा पाउनेछैनन् ।

युएससीआईसँग नजिकबाट सहकार्य गरिरहेको विदेशमन्त्रालयले आर्थिक वर्ष २०२४ को लागि रोजगारमा आधारित पहिलो श्रेणीका कोटिमा लागि कानूनी रूपमा उपलब्ध सबै भिसाहरू जारी गरेको जनाएको छ । अमेरिकी दूतावास र कन्सुलेटहरुले आर्थिक वर्षको बाँकी अवधिमा रोजगारमा आधारित पहिलो श्रेणीमा भिसा जारी नसक्ने अमेरिकी विदेश मन्त्रालयले प्रष्ट पारेको छ । फलस्वरूप रोजगारमा आधारित पहिलो श्रेणी पनि तुरुन्तै अनुपलब्ध भएको छ भने सेप्टेम्बर ३० सम्म यो श्रेणीमा भिसा जारी गरिनेछैन ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अक्टोबर १ मा आर्थिक बर्ष २०२५ सुरु भएपछि भने वार्षिक सीमा रिसेट हुनेछ। त्यसपछि अमेरिकी दूतावास र कन्सुलेटहरुले योग्य आवेदकहरूलाई यी कोटीहरूमा आप्रवासी भिसा जारी गर्न पुन सुरु गर्न सक्नेछन् । अक्टोबरका लागि कुन प्राथमिकता मिति भएकाले भिसा पाउन सक्नेछन् भन्ने विवरण आगामी महिनाको भिसा बुलेटिनमा सार्वजनिक गरिनेछ ।

आप्रवासी भिसा वा ग्रिनकार्ड जारी नभएपनि प्राथमिकता मिति करेन्ट भएका श्रेणीका सन्दर्भमा युएससीआईएसले सेप्टेम्बरका लागि पनि आई ४८५ आवेदन स्वीकार भने गर्नुपर्छ । यद्यपि ती आवेदनहरु अक्टोबर १ भन्दा अगाडिसम्म विचाराधिन अवस्थामा नै राखिनेछन्।

त्यस्तै ग्रिनकार्डका लागि युएसीआईएसमा अन्तरवार्ताको मिति तय भइसकेका आवेदकहरुले पनि सोही मितिमा नै अन्तर्वार्तामा उपस्थित हुने योजना बनाउनुपर्छ । तर अन्तर्वार्ता भए पनि भिसा नम्बर उपलब्ध नभएसम्म आवेदन भने विचाराधिन अवस्थामा नै राखिनेछ भने भिसा नम्बर उपलब्ध हुनासाथ निर्णय गरिनेछ ।

यस अगाडि रोजगारमा आधारित तेश्रो श्रेणीको भिसा र ग्रिनकार्डको पनि कोटा पूरा भएको भन्दै उक्त श्रेणीमा ग्रिनकार्ड र थप भिसा जारी गर्न बन्द गरिसकिएको छ । रोजगारमा आधारित तेश्रो श्रेणीका लागि पनि रोजगारमा आधारित कुल भिसाको २८ दशमलव ६ प्रतिशतमात्र प्रयोग गर्न पाउने प्रावधान रहेको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com