अमेरिकामा अन्तर्राष्ट्रिय विद्यार्थीबारे युएससीआईएसको अपडेट, ६० दिनको ग्रेस अवधिमा के गर्ने?


प्रकाशित मिति : भाद्र ११, २०८१ मंगलबार

अमेरिकामा अध्ययनका लागि आएका अन्तर्राष्ट्रिय विद्यार्थीहरुको स्टीम ओपीटी अवधिको विस्तारबारे स्पष्ट पार्दै युएससीआईएसले अपडेट जारी गरेको छ । विज्ञान, प्रविधि, इन्जिनियरिङ र गणित विषयका लागि वैकल्पिक व्यावहारिक प्रशिक्षण ओपीटी विस्तारका लागि विद्यार्थीहरु कहिले योग्य हुन सक्छन् भन्नेबारे अपडेटमा प्रष्ट पारिएको छ । एफ र एम भिसामा रहेका गैरआप्रवासी विद्यार्थीहरूलाई अनलाइन अध्ययन, विद्यालय स्थानान्तरण, ग्रेस अवधि, र विदेशमा अध्ययन गर्ने सम्बन्धमा मार्गदर्शन पनि स्पष्ट पारिएको छ ।

विद्यार्थीहरूले कक्षा पूरा गर्न कुनै पनि उद्देश्यको लागि शारीरिक उपस्थिति आवश्यक नभएको अनलाइन वा दूर शिक्षा मार्फत कक्षा लिएको खण्डमा एक कक्षा वा तीन क्रेडिटहरू (वा बराबर) प्रति शैक्षिक सत्र (वा समकक्ष) अध्ययनको पूर्ण पाठ्यक्रममा गणना गर्न सक्ने प्रष्ट पारिएको छ । विद्यार्थीहरूले अमेरिकी अध्यागमन र भन्सार प्रवर्तन, विद्यार्थी र एक्सचेन्ज भिजिटर प्रोग्राम एसईभीपी प्रमाणित शिक्षण संस्थामाझ एउटै शैक्षिक स्तरमा स्थानान्तरण गर्न सक्ने वा शैक्षिक स्तरहरूबीच सार्न सक्ने समेत व्याख्या गरिएको छ ।

तोकिएको अवधिको ओपीटी पूरा गरेपछिको ६० दिनको ग्रेस अवधिमा विद्यार्थीहरूले आफ्नो शिक्षा स्तर परिवर्तन गर्न, अर्को एसईभीपी प्रमाणित विद्यालयमा स्थानान्तरण गर्न, वा अर्को गैरआप्रवासी भिसामा स्थीति परिवर्तन गर्नका लागि आवेदन फाइल गर्न सक्छन् । यदि कोही विद्यार्थी रोजगार वा परिवारमा आधारित ग्रिनकार्ड वा अन्य कुनै ग्रिनकार्डका लागि योग्य भएको खण्डमा ६० दिनको ग्रेस अवधिमा उक्त ग्रिनकार्डका लागि समेत आवेदन दिन सक्नेछन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

विद्यार्थीहरूले एसोसिएट, स्नातक, स्नातकोत्तर, वा डक्टरल डिग्री कार्यक्रम पूरा गरेपछि पोस्ट कम्प्लेसन ओपीटीका लागि योग्य हुन सक्ने समेत स्पष्ट गरिएको छ । नयाँ अपडेटमा विद्यार्थीहरूले स्टीम ओपीटी विस्तारहरूका लागि आवेदन दिन सक्ने अवधि र अन्य प्राविधिक सुधारहरू समेत सच्याइएको छ ।

विदेशमा अध्ययन कार्यक्रमको अवधिमा एसईभीपी प्रमाणित विद्यालयमा भर्ना भएका विद्यार्थीको विदेशमा अध्ययन कार्यक्रम पाँच महिनाभन्दा कम समयसम्म चलेको खण्डमा विद्यार्थी र एक्सचेन्ज आगन्तुक सूचना प्रणाली सेभिजमा सक्रिय रहनसक्ने समेत प्रष्ट पारिएको छ । कार्यक्रम ५ महिनाभन्दा लामो समय चलेको खण्डमा भने विद्यार्थीलाई नयाँ आई २० आवश्यक पर्ने स्पष्ट पारिएको छ ।

अमेरिकामा व्यावहारिक प्रशिक्षण पीटी भनेको विद्यार्थीको अध्ययनको प्रमुख क्षेत्रसँग प्रत्यक्ष रूपमा सम्बन्धित रोजगार हो। अन्य प्रकारका पीटी अन्तरगत विद्यार्थीहरु पढाई नसकिदै वा सकिएपछिका चरणहरुमा ओपीटीहरुमा संलग्न हुन सक्छन्। निश्चित योग्यताहरु पूरा गरेका विद्यार्थीहरु थप २४ महिना स्टीम ओपीटी विस्तारका लागि समेत योग्य हुन सक्छन् । तर उनीहरुले अमेरिकी सरकारबाट निर्धारित क्षेत्रमा विज्ञान, प्रविधि, इन्जिनियरिङ र गणित विषयमा स्नातक, मास्टर, वा डक्टरेट डिग्री प्राप्त गरेको हुनुपर्छ भने निश्चित समयसिमाभित्र आवेदन दिनुपर्छ ।

नीति म्यानुअलको भोल्युम २ मा समावेश गरिएको नयाँ निर्देशन तुरुन्तै लागू हुने युएससीआईएसले जनाएको छ । प्रकाशन मिति वा पछि पेन्डिङ वा दायर गरिएका आवेदनका हकमा नयाँ नीति लागु हुनेछ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com