ट्रान्जिट बनाएर अमेरिका छिर्न खोज्दा ब्राजिलको विमानस्थलमा अलपत्र नेपाली कम्तीमा ६०


प्रकाशित मिति : भाद्र १०, २०८१ सोमबार

तेश्रो मुलुकलाई गन्तव्य बनाई ब्राजिललाई ट्रान्जिट बनाएर विनाभिसा त्यहाँ पुगेका नेपालीहरुलाई ब्राजिलमा प्रवेश गर्न नदिइएपछि साओ पाउलो विमानस्थलमा अलपत्र नेपालीहरुको संख्या ६० नाघेको ब्राजिलमा रहेको नेपाली दूतावासले खसोखासलाई जानकारी दिएको छ । एकसाता अगाडि कम्तीमा ५० जना नेपालीहरु यसरी विनाभिसा ब्राजिल प्रवेश गर्नखोज्दा रोकिएको जानकारी प्राप्त भएको र अहिले उक्त संख्या अझ बढेको नेपाली राजदूत निर्मलराज काफ्लेले खसोखासलाई जानकारी दिएका छन् ।

नेपालीहरुले टर्की, दुबई र दोहाबाट ब्राजिललाई ट्रान्जिट बनाएर तेश्रो मुलुकको टिकट काट्ने तर ब्राजिल आइसकेपछि त्यही शरण माग्ने तथा बाहिर निस्केर दलालमार्फत विनाभिसा अमेरिका वा क्यानडातिर लाग्ने गरेका छन् । पहिलेदेखि नै यो क्रम रहेको र अहिले संख्या अझ बढेको नेपाली दूतावासले जानकारी दिएको छ । राजदूत काफ्लेले ब्राजिलको भिसा नलिई ब्राजिललाई ट्रान्जिट बनाएर बाहिर निस्कने उद्देश्यले नआउन नेपालीहरुलाई सचेत गराएका छन् ।

अहिले ब्राजिलको साओ पाउलो विमानस्थलमा रोकिएका नेपालीहरुलाई सम्बन्धित एयरलाइन्सले नै हेरचाह गरिरहेको जनाइएको छ । विमानस्थलमा रोकिएका कसैलेपनि दूतावासमा सम्पर्क नगरेको तर दूतावासले यसबारे ब्राजिलका विभिन्न निकायबाट जानकारी प्राप्त गरिरहेको राजदूतले बताएका छन् । ब्राजिलमा रोकिएका नेपालीहरु फरकफरक समयमा फरकफरक एयरलाएइन्समार्फत आएको जनाइएको छ । उनीहरुमध्ये अधिकांश टर्की, दुबईबाट, दोहाबाट टर्किस, इमिरेट्स र कतार एयरलाइन्समार्फत ब्राजिल पुगेको जनाइएको छ ।

अहिले ६ सय जनाभन्दा बढी विना भिसा पुगेका आप्रवासीहरु ग्वारुल्होस एयरपोर्टमा ब्राजिल प्रवेश गर्न पर्खिरहेको जनाइएको छ । ब्राजिलको सरकारले सोमबारदेखि अमेरिका र क्यानडा पुग्नको लागि ब्राजिल प्रयोग गर्ने आप्रवासीहरुको प्रवाहलाई रोक्न नियमहरू कडा बनाएकाले उनीहरुको अवस्था के हुने भन्ने निश्चित छैन ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सोमबारदेखि ब्राजिलले भिसा नभएका अर्को देश जाने विदेशी यात्रीहरू सीधा आफ्नो गन्तव्यमा जानुपर्ने वा आफ्नो देश फर्कनु पर्ने नियम बनाइएको छ । एसियाबाट उत्तर अमेरिका जाने यात्रुहरु ब्राजिलमा ट्रान्जिट पारेर बाहिर निस्कने र अमेरिका तथा क्यानडातिर लाग्ने समस्याका कारण यो नियम ल्याइएको हो ।

ट्रान्जिटमा पुगेपछि ब्राजिलमा प्रवेश गर्न उनीहरुले शरण माग्ने गर्छन् । उनीहरूले आफ्नो देशमा धम्की र सतावट भएको बताउदै शरण माग्नेहरु त्यहाँबाट अमेरिकातिर प्रवेश गर्छन् । अब भिसा बिना साओ पाउलो आउने यात्रुहरूलाई ब्राजिलमा बस्न अनुमति नदिइने सरकारी अधिकारीहरुले बताएका छन् ।

त्यहाँ पुगेका नेपालीहरु दलाललाई मोटो रकम बुझाएर उक्त बाटो हुँदै विनाभिसा अमेरिका आउन खोज्नेहरु हुन् । बोलिभियामा नेपालीलाई अन अराइएभल भिसा दिने भएकाले एजेन्टहरूले नेपालीलाई ब्राजिलबाट बोलिभिया छिराउने गरेका छन् ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मानव तस्करको प्रलोभनमा परी अमेरिका जान हिँडेका एक हजारभन्दा बढी नेपाली ल्याटिन अमेरिकाका विभिन्न देशमा अलपत्र परेको जनाइएको छ । मोटो रकम लिई अमेरिका छिराइदिने भन्दै उनीहरूलाई तस्करले ब्राजिल, चिली, बोलिभिया, इक्वेडर, कोस्टारिका लगायत ल्याटिन अमेरिकी मुलुकमा अलपत्र पारेका हुन्।

तस्करहरूले ब्राजिलबाट विभिन्न देश हुँदै मेक्सिकोबाट अमेरिका प्रवेश गराउने भनी प्रति व्यक्ति २२ लाख रुपैयाँसम्म लिने गरेको अलपत्र परेकाहरूले बताउँदै आएका छन्।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com