अमेरिका आउने योजनाका नेपालीसहितका ६ सयबढी आप्रवासी ब्राजिलको विमानस्थलमा अलपत्र


प्रकाशित मिति : भाद्र ९, २०८१ आईतबार

नेपालसहित विभिन्न देशका सयौं आप्रवासीहरू ब्राजिलको साओ पाउलोको अन्तर्राष्ट्रिय विमानस्थलमा हप्तौंदेखि डरलाग्दो अवस्थामा फसेका छन् । ब्राजिल छिर्न खोजेका उनीहरु भुइँमा सुतेर पर्खिरहेको जनाइएको छ ।

यसरी अलपत्र परेका आप्रवासीमध्ये घानाका ३९ वर्षीय आप्रवासीको दुई साताअघि अज्ञात कारणले मृत्यु भएको जनाइएको छ । उनको मृत्यु विमानस्थलमै भयो वा अस्पताल लैजाँदै गर्दा भएको हो भन्ने खुल्न सकेको छैन ।

कम्तिमा ६६६ जना विना भिसाका आप्रवासीहरु ग्वारुल्होस एयरपोर्टमा ब्राजिल प्रवेश गर्न पर्खिरहेका छन् । ब्राजिलको सरकारले अमेरिका र क्यानडा पुग्नको लागि ब्राजिल प्रयोग गर्ने आप्रवासीहरुको प्रवाहलाई रोक्न सोमबारदेखि लागु हुनेगरी नियमहरू कडा बनाएकाले उनीहरुको अवस्था के हुने भन्ने निश्चित छैन ।

आप्रवासीहरूलाई प्रतिबन्धित क्षेत्रमा राखिएको र नुहाउनको लागि समेत पहुँच नभएको जनाइएको छ । तिनीहरूको आवागमन सीमित पारिएको छ भने उनीहरूलाई खाना र पानी पाउन गाह्रो बनाइएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सोमबारदेखि ब्राजिलको भिसा नभएका अर्को देश जाने विदेशी यात्रीहरू सीधा आफ्नो गन्तव्यमा जानुपर्ने वा आफ्नो देश फर्कनु पर्ने नियम बनाइएको छ । एसियाबाट उत्तर अमेरिका जाने यात्रुहरु ब्राजिलमा ट्रान्जिट पारेर बाहिर निस्कने र अमेरिका तथा क्यानडातिर लाग्ने समस्याका कारण यो नियम ल्याइएको हो ।

ट्रान्जिटमा पुगेपछि ब्राजिलमा प्रवेश गर्न उनीहरुले शरण माग्ने गर्छन् । उनीहरूले आफ्नो देशमा धम्की र सतावट भएको बताउदै शरण माग्नेहरु त्यहाँबाट अमेरिकातिर प्रवेश गर्छन् । अब भिसा बिना साओ पाउलो आउने यात्रुहरूलाई ब्राजिलमा बस्न अनुमति नदिइने सरकारी अधिकारीहरुले बताएका छन् ।

अलपत्र आप्रवासीहरुमा कतिजना नेपालीहरु छन् भन्ने केही खुलेको छैन । तर दलाललाई मोटो रकम बुझाएर उक्त बाटो हुँदै विनाभिसा अमेरिका आउने नेपाली आप्रवासीहरुको संख्या उल्लेख्य रहेको छ । बोलिभियामा नेपालीलाई अन अराइएभल भिसा दिने भएकाले एजेन्टहरूले नेपालीलाई ब्राजिलबाट बोलिभिया छिराउने गरेका छन् ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मानव तस्करको प्रलोभनमा परी अमेरिका जान हिँडेका एक हजारभन्दा बढी नेपाली ल्याटिन अमेरिकाका विभिन्न देशमा अलपत्र परेको जनाइएको छ । मोटो रकम लिई अमेरिका छिराइदिने भन्दै उनीहरूलाई तस्करले ब्राजिल, चिली, बोलिभिया, इक्वेडर, कोस्टारिका लगायत ल्याटिन अमेरिकी मुलुकमा अलपत्र पारेका हुन्।

तस्करहरूले ब्राजिलबाट विभिन्न देश हुँदै मेक्सिकोबाट अमेरिका प्रवेश गराउने भनी प्रति व्यक्ति २२ लाख रुपैयाँसम्म लिने गरेको अलपत्र परेकाहरूले बताउँदै आएका छन्।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com