सेप्टेम्बरका लागि टसमस भएन परिवारमा आधारित ग्रिनकार्ड फाइल गर्ने र पाउने मिति


प्रकाशित मिति : श्रावण २४, २०८१ बिहीबार

बिहिबार सार्वजनिक सेप्टेम्बरको भिसा बुलेटिनमा परिवारमा आधारित सबै श्रेणीका ग्रिनकार्ड आवेदन दिने मिति र प्राप्त गर्ने मितिमा अगस्तको तुलनामा कुनै टसमस नभएपछि परिवारमा आधारित ग्रिनकार्डको प्रतिक्षा गरिररहेकाहरु निराश भएका छन् । परिवारमा आधारित सबै श्रेणीका ग्रिनकार्ड आवेदन दिने मिति र प्राप्त गर्ने मिति अगस्तकै भिसा बुलेटिनबाट सेप्टेम्बरका लागि कपिपेष्ट गरिएको छ । जसका कारण ग्रिनकार्ड फाइल गर्न र आप्रवासी भिसा वा ग्रिनकार्ड पाउन लाग्ने अवधि १ महिना थपिएको छ ।

अगस्तमा अमेरिकाभित्रै हुने ग्रिनकार्डवाहकका दम्पत्ति र छोराछोरीहरुको ग्रिनकार्ड फाइल गर्ने मिति एकैपटक साढे ७ महिना सरेर जुन १५, २०२४ मा आएको थियो । तर सेप्टेम्बरका लागि भने यो मिति टसमस नभएकाले सेप्टेम्बरमा पनि अगस्तमा जस्तै जुन १५, २०२४ भन्दा अगाडि आई १३० आवेदन फाइल गरेकाहरुले मात्र ग्रिनकार्ड आवेदन आई ४८५ पनि फाइल गर्न सक्नेछन् ।

ग्रिनकार्डवाहकका दम्पत्ति र २१ बर्षभन्दा कम उमेरका छोराछोरीहरुका लागि ग्रिनकार्ड फाइल गर्ने मिति गतबर्षको अगस्तसम्म कन्करेन्ट रहदै आएकोमा गतबर्षको सेप्टेम्बरदेखि भने कन्करेन्ट छैन । अथात् अमेरिकाभित्रै हुने ग्रिनकार्डवाहकका दम्पत्ति र २१ बर्षभन्दा कम उमेरका छोराछोरीहरुले आई १३० पिटिसन र ग्रिनकार्ड आवेदन आई ४८५ एकसाथ भने फाइल गर्न पाउँदैनन् । परिवारमा आधारित ग्रिनकार्डका लागि युएससीआईएसले सेप्टेम्बरका लागि पनि भिसा बुलेटिनमा रहेको फाइलिङ मितिलाई नै आधार मानेको छ ।

त्यस्तै अमेरिकाबाहिर हुने ग्रिनकार्डवाहकका दम्पत्ति र छोराछोरीका सन्दर्भमा भिसा पाउने मितिमा फेरबदल भएको छैन । अगस्तको भिसा बुलेटिनमा १५ नोभेम्बर २०२१ अगाडि प्राथमिकता मिति भएकालेमात्र आप्रवासी भिसा पाउनसक्ने उल्लेख भएकोमा सेप्टेम्बरका लागि समेत उक्त मितिमा फेरबदल नभएको हो । अर्थात् सेप्टेम्बरमा पनि अमेरिकाबाहिर हुने ग्रनकार्डवाहकका दम्पत्ति र छोराछोरीले आप्रवासी भिसा पाउनका लागि प्रतिक्षा अवधि झण्डै २ बर्ष १० महिना रहेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यद्यपी उनीहरुको आवेदन युएससीआईएसबाट स्वीकृत भइसकेको खण्डमा भने जुन १५, २०२४ भन्दा अगाडि दिएको आवेदन नेशनल भिसा सेन्टरले डकुमेन्ट्री क्वालीफाइड हुनका लागि प्रकृया अगाडि बढाउँछ । तर भिसा अन्तरवार्ताका लागि भने भिसा बुलेटिनमा रहेको फाइनल एक्सन डेट नै प्रतिक्षा गर्नुपर्छ । युएससीआईएसले आई १३० आवेदन प्रकृयामा लैजान भने लामो समय लगाउने गरेको छ । उदाहरणका लागि ग्रिनकार्डवाहकका दम्पत्ति र छोराछोरीहरुका लागि फाइल गरिएको आई १३० आवेदनमा निर्णय हुन नेशनल बेनिफिट सेन्टरमा औषतमा ५ बर्ष लाग्ने गरेको छ ।

सेप्टेम्बरको भिसा बुलेटिन अनुशार अमेरिकी नागरिकका दाजुभाई दिदीबहिनीहरुलाई ग्रिनकार्ड पाउन लाग्ने अवधि १७ बर्ष १ महिना पुगेको छ । १ अगस्त २००७ भन्दा अगाडि आई १३० आवेदन पेश गरेर स्वीकृत भई नेशनल भिसा सेन्टरबाट सबै प्रकृया पूरा भएकाहरुले सेप्टेम्बरमा आप्रवासी भिसाका लागि अन्तरवार्ताको मिति पाउन सक्नेछन् ।

अमेरिकी नागरिकका दाजुभाई दिदीबहिनीहरुलाई ग्रिनकार्ड पाउन लाग्ने अवधि बढेको बढ्यै रहेको छ । जसका कारण सन् २००७ भन्दा पछाडि आई १३० आवेदन दिएका अमेरिकी नागरिकका दाजुभाई दिदीबहिनीहरुले आप्रवासी भिसा पाउन सकेका छैनन् । लामो समयको प्रतिक्षा अवधिका कारण भिसा कुरेर बसेका उनीहरु निराश भएका छन् ।

सेप्टेम्बरको भिसा बुलेटिन अनुशार अमेरिकी नागरिकका २१ बर्ष काटेका अविवाहित छोराछोरीहरुका लागि भिसा पाउन लाग्ने अवधि ८ बर्ष ११ महिना रहेको छ । अर्थात् २२ अक्टोबर २०१५ भन्दा अगाडि आई १३० आवेदन दिएकाहरुले सेप्टेम्बरमा भिसा पाउन सक्नेछन् ।

त्यस्तै ग्रिनकार्डवाहकका दम्पत्ति र २१ बर्षभन्दा कम उमेरका छोराछोरीहरुले भिसा पाउन लाग्ने अवधि २ बर्ष १० महिना रहेको छ । अर्थात् १५ नोभेम्बर २०२१ भन्दा अगाडि आई १३० आवेदन दिएकाहरुले सेप्टेम्बरमा भिसा पाउन सक्नेछन् ।

ग्रिनकार्डवाहकका २१ बर्ष काटेका अविवाहित छोराछोरीहरुका लागि भिसा पाउन लाग्ने अवधि ८ बर्ष ४ महिना रहेको छ । अर्थात् १ मे २०१६ भन्दा अगाडि आई १३० आवेदन दिएकाहरुले सेप्टेम्बरमा भिसा पाउन सक्नेछन् । अमेरिकी नागरिकका विवाहित छोराछोरीहरुका लागि भिसा पाउन लाग्ने अवधि १४ बर्ष ५ महिना रहेको छ । अर्थात् १ अप्रिल २०१० भन्दा अगाडि आई १३० आवेदन दिएकाहरुले सेप्टेम्बरमा भिसा पाउन सक्नेछन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com