अनियमित आप्रवासनमा सघाउने भिसा एजेन्सी र ट्राभल कम्पनीका व्यक्तिले अमेरिकी भिसा नपाउने


प्रकाशित मिति : श्रावण १६, २०८१ बुधबार

अमेरिकाले अनियमित आप्रवासीहरूको लागि यात्रा योजना र व्यवस्था गर्न सहयोग गर्ने भिसा एजेन्सी, टुर अपरेटर र ट्राभल कम्पनीहरूका संचालकहरुलाई अमेरिकी भिसा नदिने घोषणा गरेको छ । अमेरिकामा अनियमित आप्रवासन र कमजोर यात्रुहरूको शोषणबाट लाभ उठाउनेहरूलाई अमेरिकाले दण्डित गर्ने र भिसा अस्वीकार गर्ने अमेरिकी विदेशमन्त्रालयका प्रवक्ता म्याथ्यू मिलरले जनाएका छन् ।

अमेरिकाले अध्यागमन र राष्ट्रियता ऐनको धारा २१२ (ए) (३) (सी) अन्तर्गत भिसा प्रतिबन्ध नीतिलाई यसै महिना विस्तार गरेको हो । जसले अमेरिकामा अनियमित आप्रवासन र कमजोर आप्रवासीहरूको शोषणबाट लाभ उठाउने व्यक्तिहरूलाई भिसा जारी गर्न प्रतिबन्ध लगाउँदछ। विस्तारित नीति ट्राभल एजेन्सीहरू र टुर अपरेटरहरूका अधिकारीहरूमा पनि लागू गरिएको हो । जसले मुख्य रूपमा अमेरिकामा अनियमित आप्रवासीहरूका लागि डिजाइन गरिएको यात्रा सेवाहरू प्रदान गर्दछन् ।

विस्तारित नीतिलाई लागु गर्ने क्रममा अमेरिकाले सरकारी र निजी क्षेत्रको सहकार्यमा पश्चिमी गोलार्ध भित्र र बाहिर शोषणकारी अभ्यासहरू उन्मूलन गर्न फराकिलो अभियानको भागको रूपमा बेइमान यातायात अधिकारीहरू विरुद्ध भिसा प्रतिबन्धहरू लगाउन पनि जारी राख्ने बताएको छ । जोखिममा रहेका आप्रवासीहरूबाट तस्करहरू, निजी कम्पनीहरू, सार्वजनिक अधिकारीहरू वा अरू कसैले पनि फाइदा लिन नहुने अमेरिकी विदेश मन्त्रालयले जनाएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

गत फेब्रुअरीमा घोषणा गरिएको विदेशमन्त्रालयको नीतिलाई विस्तार गर्दै भिसा एजेन्सी, टुर अपरेटर र ट्राभल एजेन्सीहरुमा पनि लागु गरिएको हो । फेब्रुअरीमा घोषणा गरिएको नीतिले अध्यागमन र राष्ट्रियता ऐनको धारा २१२ (ए) (३) (सी) अन्तरगतको २०२३ नोभेम्बरको अघिल्लो नीतिलाई हटाएर नयाँ नीति लागु गरेको थियो । यस अगाडिको नीतिले जमिन, समुद्री वा चार्टर विमानबाट यातायात प्रदान गर्ने कम्पनीका वरिष्ठ अधिकारीहरूलाई लक्षित गरेको थियो भने अब ट्राभल एजेन्सीहरू र टुर अपरेटरहरूका वरिष्ठ अधिकारीहरूलाई पनि समेट्नेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com