अमेरिकाको ६५ हजार कामदार भिसाका लागि दोश्रोपटक लोटरी खोलिने


प्रकाशित मिति : श्रावण १५, २०८१ मंगलबार

आर्थिक बर्ष २०२५ का लागि अमेरिकाले दोश्रोपटक कामदार भिसा एचवानबीको लोटरी खोल्ने भएको छ । आर्थिक बर्ष २०२५ का तोकिएको भिसाको कोटा पूरा गर्न थप आवेदकहरु चाहिने निर्धारण गर्दै गत मार्च २५ सम्म अनलाइन दर्ता गरेर छनौट नभएका आवेदकमध्येबाटै छनौट गर्नका लागि लोटरी खोलिने भएको हो ।

यसअगाडि मार्चमा कामदार भिसा एचवानबीका लागि अनलाइन दर्ता गर्ने अवधि तोकेर प्राप्त आवेदनहरु लोटरीमार्फत छनौट गरिएको थियो । यसरी छनौट गरिएका आवेदकहरुलाई भिसा प्रकृया अगाडि बढाउनका लागि अप्रिल १ देखि जुन ३० सम्मको अवधि दिइएको थियो । उक्त अवधिमा भिसा प्रकृया अगाडि बढाइएका आवेदनको मूल्यांकन गरेर थप आवेदक चाहिने निष्कर्ष निकालिएको युएससीआईएसले जनाएको छ ।

मार्चमा अनलाइनमार्फत दर्ता गरेकाहरुमध्येबाटै छनौट गरिने भएकाले नयाँले भने लोटरीमा समावेश हुनका लागि दर्ता गर्न पाउनेछैनन् । पहिले नै दर्ता गरेका तर छनौट नभएकाहरुलेमात्र मौका पाउनेछन् । लोटरीमार्फत दोश्रो राउण्डको छनौट गरिएपछि यसबारे छनौट भएका आवेदकहरुलाई जानकारी गराइने र त्यसपछि उनीहरुले भिसा प्रकृया अगाडि बढाउनसक्ने युएससीआईएसले जनाएको छ ।

अमेरिकाले नियमिततर्फ ६५ हजार र अमेरिकामा मास्टर्स डिग्री लिएका २० हजार गरी हरेकबर्ष ८५ हजारलाई कामदार भिसा एचवानबी प्रदान गर्दै आएको छ । तर अमेरिकामा मास्टर्स डिग्री लिएकाहरुका सन्दर्भमा भने दोश्रो लोटरी खुलाइने छैन । केबल ६५ हजारका लागिमात्र खुलाइनेछ । यो श्रेणीमा प्रयाप्त आवेदन आइसकेको युएससीआईएसले जनाएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

मार्चमा खोलिएको लोटरीबाट १ लाख १४ हजार जनालार्ई छनौट गरिएको थियो । गतबर्षको तुलनामा यसपटक कामदार भिसाको लोटरीमा दर्ता संख्यामा उल्लेख्य गिरावट आएको छ । गतबर्षको तुलनामा यो पटक झण्डै ३ लाख कम आवेदनहरु प्राप्त भएका थिए । गतबर्ष ७ लाख ८० हजार ८ सय ८४ आवेदनहरु लोटरीका लागि दर्ता गरिएकोमा यसपटक जम्मा ४ लाख ७९ हजार ९ सय ५३ आवेदनहरुमात्र दर्ता भए । जुन झण्डै ३९ प्रतिशत कम हो ।

यो बर्ष रोजगारदाताको संख्यामा भने गतबर्षको तुलनामा सामान्य बृद्धि देखिएको छ । गतबर्ष ५२ हजार रोजगारदाताहरु रहेकोमा यो बर्ष ५२ हजार ७ सय रोजगारदाताहरु रहेको युएससीआईएसले जनाएको छ । गतबर्षको लोटरीमा सुरुमा १ लाख १० हजार आवेदनहरु छनौट गरिएकोमा पछि यसमा बृद्धि गरेर १ लाख ८८ हजार आवेदन छनौट गरिएको थियो । जसका कारण छनौट भएका अधिकांशले भिसा पाएनन् । अघिल्ला बर्षहरुमा भने लोटरीमा छनौट भएका आधाभन्दा धेरैले भिसा पाएका थिए ।

यो भिसाका लागि अमेरिका आउन चाहने व्यक्तिले आफै अनलाइनमा गएर सिधा आवेदन दिन सक्दैन । यदि उसलाई अमेरिकामा रहेको कम्पनीले रोजगारको अफर गरेको छ भनेमात्र उक्त रोजगारदाता कम्पनी वा उसको प्रतिनिधि वा उसको कानुन व्यवसायीलेमात्र अनलाइनमा गएर आवेदन दर्ता गर्नसक्छ । एचवानबी भिसामार्फत आउने पदका लागि लाभग्राहीको कम्तीमा स्नातक वा त्यो भन्दामाथिको शिक्षा हासिल गरेको वा सो सरह हुन जरुरी छ ।

कम्पनीमा गर्ने काम उक्त डिग्री भएको व्यक्तिलेमात्र गर्नसक्ने पुष्टी हुनुपर्छ । वा कम्पनीको कामका लागि डिग्री हुनु सामान्य मापदण्ड भएको पुष्टी हुनुपर्छ । यसको मतलव कम्पनी यदि डिग्री नचाहिने खालको छ भने किन डिग्री होल्डरको आवश्यकता छ भन्ने पुष्टी गर्नुपर्छ वा कम्पनी डिग्री चाहिने खालको हुनुपर्छ । लाभग्राही अमेरिकाको मान्यताप्राप्त कलेज वा युनिभर्सिटीबाट स्नातक वा त्योभन्दा माथिको डिग्री हासिल गरेको हुनुपर्छ । अमेरिकामा डिग्री हासिल गरेर स्वदेश फर्किसकेको छ भने पनि फरक पर्दैन ।

वा, अमेरिकाको स्नातक वा त्योभन्दामाथिको डिग्रीसरह मान्यता पाउनेगरी विदेशको डिग्री प्राप्त गरेको हुनुपर्छ । वा, विशेष पेशामा आवद्ध भएर काम गर्नका लागि राज्यका तर्फबाट लाइसेन्स प्राप्त गरेको हुनुपर्छ । जुन लाइसेन्सले विशेष पेशाको अभ्यासका लागि अनुमति प्रदान गर्छ । वा, कुनै विषयगत शिक्षा वा प्रशिक्षण प्राप्त गरेको हुनुपर्छ । जुन विशेष डिग्री सरह नै हुन्छ । यसो हुँदा सम्बन्धित विषयमा विज्ञ भएको हुनुपर्छ ।

सामान्यता यी मापदण्डहरु पूरा गरेको रोजगारदाता र लाभग्राहीले अमेरिकाको कामदार भिसा एचवानबी बाट फाइदा लिनसक्छन् । चालु आर्थिक बर्षको चार महिनामा मात्र ३९५ जना नेपालीहरुले कामदार भिसा एचवान बी पाएका थिए भने ९९ जना उनीहरुका आश्रितहरुले एचफोर भिसा पाएका थिए । गत आर्थिक बर्ष २०२३ मा ११३५ जना नेपालीहरुले अमेरिकाको कामदार भिसा एच प्राप्त गरेका थिए ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com