अमेरिकी नागरिकका दम्पत्तिको भिसा अस्वीकृत भएपनि मुद्दा हाल्न नपाइने सर्वोच्चको ठहर


प्रकाशित मिति : असार ९, २०८१ आईतबार

फोटो: डीबीकिंग/सीसी बाइ २.० इजाजतपत्र अन्तर्गत।

अमेरिकी नागरिकका विदेशी दम्पत्तिको भिसा अस्वीकृत भएमा त्यसका विरुद्ध अमेरिकी नागरिकले मुद्दा हाल्न नपाइने अमेरिकी सर्वोच्च अदालतले ठहर गरेको छ । अमेरिकी सर्वोच्च अदालतले अमेरिकी नागरिकका दम्पत्तिको भिसा अस्वीकृत हुँदा अमेरिकी नागरिकको संवैधानिक अधिकार उल्लङ्घन नभएको बताएको छ ।

सरकारले अमेरिकी नागरिकका विदेशी दम्पत्तिलाई स्पष्टीकरण बिना अमेरिका प्रवेश गर्न प्रतिबन्ध लगाएको मुद्दामा सर्वोच्चको यस्तो धारणा आएको हो । अदालतका ६ जना न्यायाधिसहरु यस्तो धारणाको पक्षमा देखिएका थिए भने ३ जना न्यायाधिसहरु उक्त धारणाको पक्षमा थिएनन् ।

एक अमेरिकी नागरिक र नागरिक अधिकार वकिल सान्ड्रा मुनोजका एल साल्भाडोरन पतिको भिसा आवेदन अमेरिकी विदेश मन्त्रालयले अस्वीकार गरेपछि यो मुद्दा सर्वोच्चमा पुगेको हो । अमेरिकी विदेश मन्त्रालयले उनको भिसा अस्वीकार हुनुको कारण उनी गिरोहको सदस्य रहेको आशंका गरिएको जवाफ दिन ३ बर्ष लागेको थियो ।

मुनोज र उनका श्रीमान्बीच सन् २०१० मा विवाह भएको थिउो । उनीहरुको एउटा बच्चापनि छ । तर भिसा नपाएका कारण सन् २०१५ देखि उनीहरु अलग अलग रहेको अदालतको फाइलिंगमा जनाइएको छ । सरकारले प्रक्रियामा आवेदकको संवैधानिक अधिकारको उल्लङ्घन नगरेसम्म भिसा अस्वीकार अदालतमा समीक्षा गर्न मिल्दैन।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सर्वोच्च अदालतले शुक्रबार मुनोजको दावी अस्वीकार गरेको छ । भिसा अस्वीकारको व्याख्या गर्न सरकारको ढिलाइले उनको विवाह गर्ने मौलिक अधिकारमा हस्तक्षेप भएको र उनको उचित प्रक्रियाको अधिकारको पनि हनन गरेको मुनाजको दावी थियो ।

यो निर्णयले सान फ्रान्सिस्कोमा रहेको ९ औं अमेरिकी सर्किट कोर्ट अफ अपीलले गरेको २०२२ को निर्णयलाई उल्टाएको छ । उक्त निर्णयले अमेरिकाको विदेश मन्त्रालयविरुद्ध मुनोजको मुद्दालाई पुनर्जीवित गरेको थियो ।

मुनोजले आफ्ना पतिको भिसा अस्वीकार पुनर्विचार गर्न अमेरिकी विदेश मन्त्रालयले अस्वीकार गरेपछि सन् २०१७ मा अमेरिकी विदेशमन्त्रालयविरुद्ध मुद्दा दायर गरेकी थिइन् । मुनोजका पतिको कुनै आपराधिक रेकर्ड छैन भने उनले कुनै गिरोहको सम्बद्धतालाई इन्कार गरेका छन् । भिसाको लागि आवेदन दिन उनी एल साल्भाडोर गएका थिए ।

लस एन्जलसका एक संघीय न्यायाधीशले २०२१ मा अमेरिकी विदेश मन्त्रालयले मुनोजलाई आवेदन अस्वीकार गर्नुको कारणबारे सूचित गर्न बाध्य नभएको फैसला सुनाएको थिउो । त्यसपछि २०२२ मा पुनरावेदन अदालतले यसलाई उल्टाएको थियो । तथ्यगत आधारको जानकारी नदिएर अमेरिकी विदेश मन्त्रालयले उनको उचित प्रक्रियाका अधिकारहरू उल्लङ्घन गरेको पुनरावेदनले ठहर गरेको थियो ।

तर सर्वोच्च अदालतले शुक्रबार मुनोजको विवाह गर्ने संवैधानिक अधिकार उनको पतिलाई संयुक्त राज्य अमेरिकामा बस्न पाउने अधिकारसँग बराबर नभएको बताएको छ। यो मुद्दा उदाहरणीय मुद्दा भएकाले यसले यस्तै प्रकृतिका अन्य मुद्दाहरुलाई पनि प्रभाव पार्छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com