अमेरिकी कलेजमा स्नातक गरेर फर्केकालाई गैरआप्रवासी कामदार भिसा प्रक्रिया सहज बनाउँदै


प्रकाशित मिति : असार ५, २०८१ बुधबार

बाइडेन प्रशासनले अमेरिकाको कलेजबाट स्नातक गरेर फर्केका र जागिरको अफर भएकाहरुका लागि रोजगारमा आधारित गैरआप्रवासी भिसा अझ सहज र प्रभावकारी बनाउने घोषणा गरेको छ । यो पहलले निश्चित व्यक्तिहरूलाई योग्य मानिएको खण्डमा गैरआप्रवासी कामदार भिसाहरू छिटो प्राप्त गर्न अनुमति दिनेछ।

यस पहलको एक भागको रूपमा अमेरिकी विदेश मन्त्रालयले कन्सुलर अधिकारीहरूलाई डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटी समक्ष अयोग्यता छुट दिने सिफारिस गर्नसक्नेबारे थप मार्गदर्शन दिने भएको छ । जस अनुशार कन्सुलर अधिकारीहरुले भिसा जारी गर्नका लागि अपनाउने नीति समेटिने विदेश मामिला पुस्तिका आगामी ३० दिनभित्र अपडेट गरिने अमेरिकी विदेश मन्त्रालयले जनाएको छ ।

अध्यागमन तथा राष्ट्रियता ऐनको खण्ड २१२ (ए) अन्तरगत भिसा अस्वीकृत हुनेहरुका लागि छूटको लागि योग्य हुन सक्नेछन् । यो खण्ड अन्तरगत विभिन्न १० वटा कारणले भिसा अस्वीकृत हुनसक्छ । जसमा स्वास्थ्य सम्बन्धित आधारहरू, आपराधिक र सम्बन्धित आधारहरू, सुरक्षा र सम्बन्धित आधारहरू, सरकारी सुविधा लिएको वा लिनसक्ने आधारहरु, श्रम प्रमाणीकरण आवश्यकताहरू, अवैध प्रवेश र अध्यागमन नीति उल्लङ्घन, कागजातका आवश्यकताहरु, नागरिकताको लागि अयोग्यता, अघिल्लो गैरकानूनी उपस्थिति लगायत पर्छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यी आधारमा भिसा अस्वीकार गरिएका आवेदकहरूलाई कन्सुलर अधिकारीले तिनीहरू अयोग्यताका लागि छुट दिन योग्य भए नभएको सूचित गर्नेछन्। नयाँ प्रावधान अनुशार कन्सुलर अधिकारीहरूले भिसा आवेदकलाई अयोग्यताको छुटका लागि कस्तो अवस्थामा वा कहिले डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटी समक्ष सिफारिस गर्ने भन्नेबारे स्पष्ट पारिनेछ । यद्यपि भिसा प्रकृयाका चरणहरू समान रहनेछन्।

अयोग्यताका छूटका अनुरोधहरू होमल्यान्ड सेक्युरिटी र सीबीपीको स्वीकार्यता समीक्षा कार्यालयद्वारा निर्णय गरिन्छ। नयाँ अपडेटले कन्सुलर अधिकारीहरूलाई विदेशमा रहेका केही गैरआप्रवासी भिसा आवेदकहरुको अयोग्यता छुटका लागि डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटी समक्ष द्रुत समीक्षाको सिफारिस गर्नेबारे विचार गर्न पनि प्रोत्साहित गर्नेछ। यदि त्यस्तो अयोग्यताको छुटलाई होमल्यान्ड सेक्युरिटीले अनुमोदन गरेमा निश्चित व्यक्तिहरूले अहिलेको तुलनामा छिटो कामदार भिसाहरू प्राप्त गर्न सक्नेछन् ।

यद्यपी भिसाका लागि आवेदन दिन अमेरिका छोड्दा जोखिमरहित भने नभएको अमेरिकी विदेश मन्त्रालयले प्रष्ट पारेको छ । तर यो नीतिले कन्सुलर असधकारीहरुले कस्तो अवस्थामा छुटको सिफारिस गर्ने भन्नेबारे स्पष्ट पार्नेछ, जसले गर्दा आवेदक र रोजगारदाताहरूले छिटो निर्णयहरू लिन र प्रक्रियालाई सुव्यवस्थित गर्न सक्नेछन् । साथै योग्य व्यक्तिहरूले छिट्टै कामदार भिसा प्राप्त गर्न सक्नेछन् । यो नीति बाल्यकालमा अमेरिका आएका कागजपत्रविहिनलाई प्रदान गरिएको डाका प्राप्तकर्ताहरुका लागिमात्र सिमित छैन । यो नीतिबाट सबैले लाभ उठाउन सक्नेछन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com