कुवेतमा आगलागीमा ज्यान गुमाउनेका परिवारलाई मोदी सरकारले २-२ लाख सहयोग गर्ने


प्रकाशित मिति : ३१ जेष्ठ २०८१, बिहिबार

(240612) — MANGAF, June 12, 2024 (Xinhua) — Staff members work at the site of a fire in Mangaf, Ahmadi Governorate, Kuwait, June 12, 2024. At least 35 people were killed in a fire in a residential building in the city of Mangaf in southern Kuwait on Wednesday, with dozens of people injured, according to local media. (Photo by Asad/Xinhua)

कुवेतमा भएको आगलागीमा परी मृत्यु हुने ४० भारतीयको परिवारलाई भारत सरकारले २/२ लाख रुपैयाँ सहयोग गर्ने भएको छ । कुवेतमा भएको आगलागीमा ४० भारतीयको मृत्यु भएपछि प्रधानमन्त्री नरेन्द्र मोदीले बुधबार राति सम्पूर्ण विषयमा बैठक गरेका थिए ।

प्रधानमन्त्रीको अध्यक्षतामा बसेको बैठकमा पछिल्लो अवस्थाबारे जानकारी लिइएको थियो । कुवेतको एक बहुतले भवनमा भएको आगलागीमा परी मृत्यु हुने ४९ जनामध्ये ४० भारतीय पनि छन् ।

समीक्षा बैठकमा मृतक भारतीयका परिवारलाई प्रधानमन्त्री राहत कोषबाट २/२ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरिएको थियो ।

प्रधानमन्त्री मोदीले ट्वीट गर्दै भारत सरकारले कुवेत आगलागीबाट प्रभावित परिवारलाई सहयोग गर्न हरसम्भव प्रयास गर्ने बताएका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

कुवेतको दक्षिणी अहमद गभर्नरेटको मङ्गाफ क्षेत्रमा रहेको बहुमंजिला आवासीय भवनको भुइँ तल्लामा आगलागी हुँदा ४९ जनाको मृत्यु भएको छ । जसमध्ये ४० जना भारतीय थिए। यस दुर्घटनामा ५० जना घाइते भएका छन् र उनीहरुको विभिन्न पाँच अस्पतालमा उपचार भइरहेको छ ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com