टि-२० विश्वकप क्रिकेट : भारत ११९ रनमै अलआउट, पाकिस्तानलाई सजिलो लक्ष्य


प्रकाशित मिति : जेष्ठ २७, २०८१ आईतबार

T20 Cricket WCup India Pakistan

आईसीसी टी–२० विश्वकपमा भारतले पाकिस्तानलाई जीतको लागि १२० रनको लक्ष्य दिएको छ ।

अमेरिकाको न्यूयोर्कस्थित नसाउ काउन्टि इन्टरनेशनल क्रिकेट स्टेडियममा टस हारेर पहिला ब्याटिङमा उत्रेको भारतले १९ ओभरको खेलमा सबै विकेट गुमाउँदै अलआउट भयो।

भारतका लागि ऋषभ पन्तले सर्वाधिक ४२ रन बनाए । उनी बाहेक कुनै पनि ब्याट्सम्यानले २० रनको अंक पार गर्न सकेनन् । पूरा टोली १९ ओभरमा ११९ रनमा अलआउट भयो।

वर्षाका कारण ढिलो सुरु भएको यो खेलमा भारतले पावरप्लेमा २ विकेट गुमाएर ५० रन बनाएको थियो तर त्यसपछि १३ ओभरमा ६९ रन मात्रै बनाउन सकेको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

पाकिस्तानका नसिम शाहले ३ विकेट लिए । मो. आमिरले १५ औं ओभरमा ऋषभ पन्त र रविन्द्र जडेजाको विकेट लिएर भारतलाई ब्याकफुटमा धकेले।

 

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com