गाजा युद्धको ६ महिनापछि युद्धविराम प्रस्तावको अध्ययन गर्दै हमास


प्रकाशित मिति : चैत्र २७, २०८० मंगलबार

दक्षिणी गाजामा फर्केका प्यालेस्टिनीहरूले इजराइली सैनिकहरूको फिर्तीपछि बाँकी रहेको विनाशको सीमाको सामना गरेको भन्दै हमासले कायरोमा भएको पछिल्लो चरणको प्रस्तावित युद्धविरामको नयाँ रूपरेखाबारे विचार गरिरहेको मङ्गलबार बताएको छ ।

सबैभन्दा रक्तपातपूर्ण गाजा युद्धको छ महिनापछि कतार, इजिप्ट र अमेरिकाका मध्यस्थकर्ताहरूले अर्को अस्थायी युद्धविरामको प्रस्ताव राखेको हमासको एक स्रोतले बताएको छ । तीन भागको प्रस्तावले इजराइलमा प्यालेस्टिनी कैदीहरूका लागि हमासले कब्जामा राखेका बन्धकहरूको आदानप्रदानको सुविधा प्रदान गर्न छ साताका लागि लडाइँ रोक्नेछ ।

मध्यस्थकर्ताहरूको प्रयासको ‘प्रशंसा’ गर्दै हमासले मङ्गलबार वार्ताका क्रममा इजराइलमाथि आफ्नो कुनै पनि मागको जवाफ नदिएको आरोप लगाएको छ । “यस्तो अवस्था भए पनि आन्दोलनको नेतृत्वले प्रस्तावको अध्ययन गरिरहेको छ”, हमासले एक विज्ञप्तिमा भनेको छ ।

महिनौँको भीषण लडाइँपछि इजराइलले सप्ताहन्तमा दक्षिणी सहर खान युनिसबाट आफ्नो सेना हटाएको घोषणा गरेको छ । रफाहमा घुसपैठसहित युद्धको अर्को चरणको तयारीमा सैनिकहरूलाई मद्दत होस् भनेर सेना हटाएको उसले बताएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

इजराइलका प्रधानमन्त्री बेन्यामिन नेतान्याहुले सोमबार अब गाजा क्षेत्रको सबैभन्दा दक्षिणी सहरमा स्थल सेना पठाउने मिति तय गरिएको बताउनुभएको थियो । उक्त सहरमा अधिकांश विस्थापित प्यालेस्टिनी बस्छन् ।

विदेशी शक्ति र मानवतावादी समूहहरूले ठूलो मात्रामा नागरिक हताहत हुने डरका कारण उक्त सहरमा कुनै अभियान सञ्चालन नगर्न इजराइलसँग आग्रह गरेका छन् । यद्यपि नेतान्याहु र उहाँका सैन्य कमान्डरहरूले त्यसो नगरे हमासमाथि विजय हासिल गर्न नसकिने बताउनुभएको छ ।

“कारवाही हुनेछ, तारिख १ हो, यसमा समय निर्दिष्ट गरिएको छैन”, नेतान्याहुले भन्नुभयो । जवाफमा इजराइलको मुख्य समर्थक अमेरिकाले रफाह अपरेसनप्रति आफ्नो आपत्ति दोहोर्याउँदै यसले ‘अन्ततः इजराइलको सुरक्षालाई क्षति पुर्याउने’ बताएको छ । इजराइलका रक्षामन्त्री योभ ग्यालेन्टले गाजामा हमला जारी राखिने बताए पनि यसलाई ‘युद्धविरामका लागि सही समय’ भन्नुभएको थियो ।

इजराइलमाथि आफ्नो युद्ध रोक्न र भोकमरीको क्षेत्रमा थप मानवीय सहायताको अनुमति दिन व्यापक अन्तर्राष्ट्रिय दबाबको सामना गर्नुपरिरहेका बेला सेनाको फिर्ती भएको हो ।

अक्टोबर ७ को हमलापछि युद्ध सुरु भयो र इजराइली नाकाबन्दीले गाजाबासी खाना, पानी र अन्य आधारभूत आपूर्तिबाट वञ्चित भएका छन् । सहायता वितरणबाट चरम अभावलाई न्यूनरूपमा कम गरिएको छ । मानवतावादी समूहहरूले आपूर्तिको कमीबाट आसन्न ‘मानव निर्मित’ अनिकाललाई रोक्न नसकिने चेतावनी दिएका छन् ।

गाजा क्षेत्रमा सहायता प्रवाहको व्यवस्थापन गर्ने इजराइली संस्था सिओजिएटीका अनुसार सोमबार चार सय १९ ट्रकलाई गाजा क्षेत्रमा प्रवेश गर्न अनुमति दिइएको छ । यो युद्ध सुरु भएपछि एक दिनमा सबैभन्दा ठूलो प्रवेश अनुमति हो ।

युद्ध रोक्ने पछिल्लो प्रस्तावमा छ साताको युद्धविराम हुने र नौ सय प्यालेस्टिनी कैदीहरूको बदलामा इजराइली महिला र बालबालिका बन्धकलाई रिहा गरिने उल्लेख भएको हमासको एक स्रोतले सोमबार बताएको छ । उक्त सम्झौताले गाजा क्षेत्रको उत्तरमा विस्थापित प्यालेस्टिनी नागरिकहरूको फिर्ती र प्रतिदिन चार सयदेखि पाँच सय ट्रकलाई खाद्य सहायताको अनुमति पनि दिने स्रोतले बताएको छ ।

गतिरोधसँगै समाप्त भएको वार्ताको मध्यस्थताको पछिल्लो चरणमा हमासले व्यापक युद्धविराम, गाजा क्षेत्रबाट इजराइली सेनाको पूर्ण फिर्ती र सहायता वितरणमा नियन्त्रणको माग गरेको छ । महिनौँको वार्ता र मध्यस्थता कूटनीति जारी रहे पनि अहिलेसम्म एउटा मात्र युद्धविराम सम्झौता नोभेम्बरमा भएको थियो । उक्त सम्झौताअन्तर्गत ७८ बन्धक र सयौँ प्यालेस्टिनी कैदीलाई रिहा गरिएको थियो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com