२० कार्तिक २०८३, शुक्रबार| Friday, November 6, 2026

हैदरावादले आईपीएलमा अहिले सम्मकै ठूलो स्कोर बनायो, मुम्बईलाई २७८ रनको लक्ष्य

India IPL Cricket

इन्डियन प्रिमियर लिग–२०२४ को आठौं खेलमा सनराइजर्स हैदरावादले मुम्बई इन्डियन्सलाई जितका लागि २७८ रनको लक्ष्य दिएको छ ।

टस हारेर ब्याटिङ गरेको हैदरावादले २० ओभरमा ३ विकेट गुमाएर २७७ रन बनाएको थियो । अभिषेक शर्माले २३ बलमा ६३ रन, ट्राभिड हेडले २४ बलमा ६२ रन र हेनरिक क्लासेनले ३४ बलमा ८० रन बनाए । एडेन मार्करामले २८ बलमा ४२ रनको योगदान दिए ।

हैदरावादले आईपीएल इतिहासमा सबैभन्दा ठूलो स्कोर बनाएको छ । यसअघिको कीर्तिमान आरसीबीको नाममा थियो । बेंगलुरुले २०१३ सिजनमा पुणे वारियर्सविरुद्ध २६३ रन बनाएको थियो।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुँदैन। सबै प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि मात्र देखिन्छन्।