विष्णुमायाको नाममा फाउण्डेशन, सञ्जिव कार्की र रामकुमारी दासलाई आत्मसम्मान डिग्निटी अवार्ड


प्रकाशित मिति : भाद्र १०, २०८० आईतबार

अमेरिका निवासी सामाजिक अभियन्ता डा. विष्णुमाया परियारको नाममा अमेरिकामा स्थापित विष्णुमाया परियार फाउण्डेसनले एड्वानसंगको सहआयोजनामा पहिलो आत्मसम्मान डिग्निटी अवार्डबाट जातीय विभेद र छुवाछूत विरूद्ध कलम चलाउदै आएका सञ्जिव कार्की र सामाजिक अभियन्ता रामकुमारी दासलाई प्रदान गरेको छ । काठमाडौंमा आयोजित नेपाल दलित महिला उत्थान संघ एड्वानको रजत जयन्ती समारोहमा उनीहरुलाई कदरपत्र र जनही रू ५० हजार राशीको नगद पुरस्कारसहित सम्मान गरिएको हो ।

कार्कीले नेपालमा छुवाछूत र जातीय विभेदका बिरुद्द सशक्त कलम चलाउँदै आएका छन् । कार्की दलित चेतना निर्माण र स्वास्थ्य शिक्षाको आन्दोलनमा एक दशकभन्दा अघिदेखि सक्रिय छन् । त्यस्तै अवार्डबाट सम्मानित राम कुमारी दासले सिराहा जिल्लाको लाहान नगरपालिका निवासी सामाजिक अभियन्ता तथा लैंगिक विभेद बिरुद्ध संघर्षरत नेत्री हुन् । उनी बालबिबाह गर्न बाध्य पारिएकी र घरेलु हिंशाबाट पीडित एक महिला हुन् । दलित समुदायकी सदस्य भएर भोग्नु परेको जातीय विभेद र अन्यायको बिरुद्ध अन्य दलित, बालबालिका र महिलाहरुले भोग्नु नपरोस भनेर संघर्षरत गर्दै आएका छन् ।

विष्णुमाया परियार फाउण्डेसनकी संस्थापक डा. विष्णुमाया परियारबारेको पाठ अमेरिकाको मासाचुसेट्स राज्यको ७ कक्षाको सरकारी पाठ्यक्रममा पनि समावेश छ । त्यस्तै परियारको संघर्षकथा विश्वकै ठूलोमध्येको कोर्सबुक प्रकाशकको पुस्तकमा समावेश छ । स्कुलदेखि विश्वविद्यालयसम्मका कोर्सबुकहरु प्रकाशित गर्ने विश्वकै तीन ठूला प्रकाशक कम्पनीमध्येको एक म्याक ग्र हिलबाट प्रकाशित पुस्तक द राइटर्स माइन्डसेटमा परियारको संघर्षकथा समावेश छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

डाक्टर परियारले हडसन स्पीक्समा घरेलु हिंशाबिरुद्ध र यौनहिंशाबिरुद्ध कार्यक्रम निर्देशकका रुपमा काम गर्दै आएकी छिन् । दलित र सिमान्तकृत महिलाको शशक्तिकरणका लागि काम गर्दै आएको एडवानकी संस्थापक परियारले न्युजर्सी मेयरका सल्लाहकार समितिमा रहेर समेत काम गरिन् । त्यस्तै उनी जर्सी सिटी सहरको महिला आयोग सदस्य समेत हुन् । उनी अमेरिकाको न्युजर्सी राज्यको एशियन अमेरिकन र प्यासिफिक आईल्याण्डर एएपिआई आयोगमा कमिश्नर समेत हुन् ।

डा. विष्णुमाया परियारले आफू संस्थापक अध्यक्ष बनेर सन् १९९८ देखि सुरु गरेको संस्था एड्वानले हालसम्म नेपालका  १ लाख २५ हजार महिला  र २५ हजार भन्दा धेरै बालबालिकाहरुलाई बिविध सामाजिक र शैक्षिक परियोजनाहरू सन्तालन गरी लाभान्बित गरिसकेको छ ।

विश्वभरबाट दुई दर्जनभन्दा बढी अन्तराष्ट्रीय पुरस्कारहरूबाट सम्मानित परियारको नाममा अमेरिकाको केन्टकी राज्यको लुईभिल शहरले सन् २०१५ को सेप्टेम्वर २७ लाई ‘डा. विष्णुमाया परियार डे’ घोषणा गरी सम्मान गरेको थियो भने विश्व भरका १५५ भन्दा बढी देशहरुका न्यू योर्कमा स्थापित वाणिज्यदूतावासहरुको संगठन ‘सोसाईटी अफ फरेन कनुल्स ईन् न्यू योर्क’ ले विश्व नारी दिवस २०१८ को अवसरमा सत्र देशका नारीहरुसंगै सामाजिक अभियन्ता डा. परियारलाई सम्मानित गरेको थियो ।

१९९९ मा अमेरिका आएकी उनले पाइन म्यानर कलेजले दिने प्रेसिडेन्ट कप अवार्डलगायत चार वटा उत्कृष्ट अवार्ड जित्न सफल भइन् । उनले त्यहिं पाइन म्यानर कलेजबाट २००४ सोसल एण्ड पोलिटिकल सिस्टममा ब्याचलर डिग्री गरिन् । अध्ययन पछि विष्णुमायाले एक वर्ष ओपिडीमा डोमेस्टिक भायोलेन्स एड्भोकेटको रुपमा काम गरिन् । जहाँ उनलाई महिला हिंसा सम्बन्धि धेरै अनुभवहरु बटुल्ने र घरेलु हिंसाको बारेमा धेरै कुराहरु सिक्ने मौका मिल्यो ।

डा. विष्णुमाया परियारलाई सन् २००६ मा संयुक्त राष्टसंघले ५ हजार डलरसहित ह्युमन राईट्स अवार्ड दिएको थियो । जुन अवार्ड विश्वका ६ जनाले मात्र पाएका थिए । त्यस्तै उनलाई २००७ मा वल्र्ड बैंकले ११ हजार डलर सहित अवार्ड दिएको थियो, जुन विश्वका ११ जनालाई मात्र दिईएको थियो । त्यस्तै सन् २००६ मा हाडवर्ड विश्वविद्यालयले ब्रिज विल्डर अवार्डबाट सम्मान गरेको थियो । जुन विश्वका ६ जनालाई मात्र दिइएको थियो । त्यस्तै उनलाई पाइन म्यानर कलेजले सन् २०१३ मा अनररी डक्टरेडले सम्मान गरेको थियो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com