भावुक प्रधानमन्त्री प्रचण्डमाथि लगातार बज्रपात, १६ वर्षमा ४ प्रीय मान्छेलाई गुमाए


प्रकाशित मिति : असार २७, २०८० बुधबार

पछिल्लो समय प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड स–साना कुरामा पनि भाबुक हुने गर्दछन् । दश वर्षे शसस्त्र द्वन्द्वको कमाण्ड सम्हालेका वर्तमान प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड शान्ति प्रक्रिया पछि पनि भित्रि मन देखि खुशी छैनन् । दश वर्ष सम्म शसस्त्र युद्धको नेतृत्व गरेका उनै कमाण्डर प्रचण्ड पछिल्लो केही वर्षदेखि राम्ररी निदाउन पनि सकेका छैनन् । यसको पछाडीको एउटै कारण हो– परिवारमा लगातार परेको बज्रपात ।

शसस्त्र जनयुद्धबाट शान्ति प्रक्रियामा आएको १६ वर्षको अवधिमा प्रचण्डले जन्मदिने बुबासहित परिवारका चार सदस्य गुमाएका छन् । प्रचण्डले आफैले जन्माएका दुइ छोराछोरी चितामा जलीरहेको स्वयं आफैले देखिसकेका छन् । प्रचण्डले २०७० चैत १३ मा जेठी छोरी ज्ञानु केसीलाई गुमाए । छोरी ज्ञानुको निधनपछि विक्षिप्त बनेका प्रचण्डमाथि करिब ४ वर्षपछि पुनः अर्को बज्रपात आइलाग्यो । २०७४ मंसिर ३ गते छोरा प्रकाश दाहालले पनि प्रचण्डको साथ छोडेर कहिल्यै नफर्किने गरि संसारबाट बिदा लिए ।

आखाँ अगाडी दुइ सन्तानलाई गुमाएका प्रचण्डले श्रीमति सीता दाहाललाई पनि गुमाउन पुगेका छन् । सँगै जीउने–मर्ने कसम खाएर २०२६ साल वैशाखमा मागी विवाह गरेकी सीताले पनि साथ छोडेपछि प्रचण्डमा झन पीडा र एक्लोपन थपिएको छ । १० वर्षको अन्तरालमा आफ्नो जीवनका ३ प्रिय मान्छेलाई गुमाउनुको पीडा प्रचण्डको अनुहारमा झलझली देखिन्छ ।

माध्यमिक विद्यालयको शिक्षकदेखि प्रधानमन्त्रीसम्मको यात्रामा अनवरत् साथ र हात दिने सहयात्री सीता अब प्रचण्डको अगाडी हुने छैनन् । मुलुकमा गणतन्त्रको स्थापनाको लागि भएको जनयुद्धको समयमा सफलतामा पुर्याउन आफ्नो जीवन नै बाजी लगाएर सहयोग पुर्याएकी सीता सधैंको लागि अस्ताएकी छन् । ६ वर्षअघि छोरा प्रकाशको शब निकालेकै अस्पतालबाट बुधबार प्रचण्डले पत्निको शब निकालेका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

बाल्यकाल होस् या किशोरावस्थामा छोराछोरीसँग राम्ररी समय बिताउन नपाएका प्रचण्डले श्रीमति संँगको साथ पनि गुमाउन पुगेका छन् । प्रचण्डलाई अब परिबारको रुपमा छोरीहरु रेणु र गंगाको मात्रै साथ मिल्नेछ । छोरी ज्ञानु र छोरा प्रकाशको निधनको वियोग भुलिनसकेका प्रचण्ड पुनः पत्नी शोकमा परेका हुन् । देशको कार्यकारी प्रमुखको हैसियतले सुशासन र भ्रष्टाचार नियन्त्रणलाई प्राथमिकता लिएर मुलुक बनाउने अभियानमा लागेको प्रचण्ड पारिबारीक रुपमा भने कमजोर र विक्षिप्त बन्दै गएका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com