मिर्गौला रोगले जेठो बित्यो, माइलो अस्पतालमा छट्पटिँदै


प्रकाशित मिति : श्रावण २४, २०७४ मंगलबार

खोटाङ, २४ साउन । दुवै मिर्गौला काम नलाग्ने भएपछि जेठा छोरा सुमनको १९ वर्षमै मृत्यु भयो । सुमनको काजकिरिया नसकिँदै माइला छोरा सोही रोगबाट जीवनमरणको दोसाँधमा पुगेका छन् ।

Related image

हुर्किसकेको एउटा छोराको मृत्यु हुनु र अर्को छोरा पनि सोही रोगले थलिँदा स्थानीय दिप्रुङ गाउँपालिका–२ डाँडागाउँका पदमबहादुर र मीना थापा पिडामा छन् । २०५५ सालमा जन्मिएका जेठा छोरा सुमनको स्वास्थ्यमा देखिएकै लक्षण माइलो छोरा सरोजमा पनि देखिएको छ ।

रोगले निक्कै च्यापेपछि अहिले माइलो छोरा सरोजलाई थप उपचारका लागि शिक्षण अस्पताल काठमाडौँ पु¥याइएको छ । जेठा छोरा गुमाएको घाउ पुरिन नपाउँदै थापा परिवारमाथि फेरि उस्तै संकट दोहोरिन पुगेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

महेन्द्रोद्वय मावि ओख्रेडाँडागाउँबाट यसपल्ट एसइइ उत्तीर्ण गरेका सुमनको दुवै मिर्गौलाले काम गर्न छाडेपछि गत असार १६ गते मृत्यु भएको थियो । घरजग्गा बन्धकी राखेर उपचार गराए पनि थापा दम्पतीले जेठा सुमनलाई बचाउन सकेनन् ।

गाला दुख्ने समस्याबाट थलिएका सुमनको क्रमशः पेट दुख्ने, श्वास बढ्नेलगायतका समस्या थपिँदै गएर अन्तमा मृत्यु भएको आमा मीनाले बताउनुभयो । “रोगले च्याप्दै लगेपछि छोरालाई बचाउन धेरै अस्पताल चहा¥यौँ, तर बचाउन सकिएन ।” उहाँले भन्नुभयो, “छोरा पनि गुमाइयो, रु छ लाख ऋण पनि लाग्यो ।”

आर्थिक अवस्था कमजोर भएका कारण जेठो छोरा गुमाएका थापा परिवारले माइला छोराको जीवन रक्षाका लागि आफन्त तथा शुभेच्छुकसमक्ष सहयोगको याचना गरेका छन् । “आफूसँग फुटेको कौडी छैन ।” आँखाभरि आँसु पार्दै आमा मीनाले भन्नुभयो, “आफ्नै आँखा अगाडि फेरी अर्को छोरा मरेको हेरेर म कसरी बाँचु !”

शिक्षण अस्पतालमा उपचार गराइरहेका ११ वर्षीय सरोज कक्षा ५ मा अध्ययनरत छन् । थापा परिवारसँग सरोजको उपचार गर्ने आर्थिक क्षमता नहुँदा हाल फेसबुकबाट ‘सरोज थापा बचाउ अभियान’ सञ्चालन भइरहेको छ ।

फेसबुक पेजबाट देश तथा विदेशबाट उपचार खर्च संकलन भइरहेको उनका ठूलोबुबा मनोज थापाले बताउनुभयो ।

एक रोपनी जग्गा भएका थापा परिवारले वर्षभरी खाने अन्न जुटाउन मेलापात र अर्मपर्म गर्दै आएका छन् । सरोजलाई आर्थिक सहयोग गर्न चाहनुहुने महानुभावले उनकी आमा मीना थापालाई ९८६१९८५९७३ र उनका ठूलो बुबाको छोरा मनोज थापालाई ९८४०१६६३०५ मा सम्पर्क गर्न अनुरोध गरिएको छ । रासस

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com