पत्नी हत्याको आरोपमा पक्राउ परेकालाई प्रहरी हिरासतमा यातना


प्रकाशित मिति : श्रावण २३, २०७४ सोमबार

– विद्या राई

श्रावण २३, २०७४- पत्नी हत्या आरोपमा पक्राउपछि हिरासत मुक्त भएका ४७ बर्षीय नारदमणि राईलाई प्रहरीले यातना दिएको भेटिएको छ । उनी अचेत हुने गरेका छन् । भोजपुर नगरपालिका ६, देउरालीका राईलाई आफ्नै पत्नी ४६ बर्षीया अम्बिका राई (श्रेष्ठ) को हत्या आरोपमा साउन १८ गते पक्राउ गरिएको थियो ।

मंगलबार राती एउटै कोठामा पतिपत्नीसंगै सुतेका थिए । बुधबार बिहान मृत भेटिएका पत्नीको शरिरमा निलडाम भेटिएपछि नारददमणिलाई प्रहरीले पक्राउ गरेको थियो । हत्या आरोपमा पक्राउ परेका राईलाई हिरासतमा राखेर शनिबार छोडिएको थियो ।

हिरासतबाट छाडिएका राईले घर पुगेर अस्वभाविक गतिविधि गर्न थालेपछि आफन्तले सोधपुछ गर्दा यातना दिएको बताएका हुन् । विजुली नभएकोले क्रियापुत्री बसेका छोरीहरुका लागि जोडिएको सोलार बत्ति र तार देख्नेबित्तिकै उनी अतालिएर कराउने, बर्बराउने गरेका थिए । ‘बत्ति देख्ने बित्तिकै त्यहाँ नजाओ, करेन्ट लाग्छ भन्ने, कराउने, बैचैन हुने गरेकाले हामीले सोद्धा प्रहरीले करेन्ट लगाएर यातना दियो, असह्य हुने गरी कुट्यो भनेपछि जिउ हेर्यौ‌, निल डामै निल डाम छ,’ नारदमणिका भतिज विनोद राईले कान्तिपुर संग भने ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सोमबार एक सय भन्दा बढि स्थानीय, आफन्त र भोजपुर नगरपालिकाकी उपमेयर ममिता राईसहितको टोलीले अचेत अवस्थाका नारदमणिलाई स्ट्रेचरमा राखेर जिल्ला प्रहरी कार्यालयमा पुर्याएका थिए । जिल्लास्थित राजनीतिक दल, नागरिक समाज र पत्रकारको रोहवरमा प्रहरी सामु हत्या आरोपीलाई छाडिएको र अचेत हुने गरी कुटपिट गरिएको भनेर उनीहरु आपत्ति जनाए । ‘हत्या आरोपमा पक्राउ परेकालाई प्रहरीले किन छाड्यो ? र किन अधिक यातना दिइयो ?’ स्थानीयको प्रश्न थियो । स्थानीयले पक्राउ पर्दा आरोपी सामान्य अवस्थामा रहेको समेत बताएका छन् ।

डीएसपी काजिकुमार आचार्यले भने कसैको किटानी जाहेरी नपरेका कारण छाडिएको बताए । ‘यातना दिएको, कुटपिट गरेको, करेन्ट लगाएको कुरा सरासर गलत हो,’ उनले भने, ‘हामी कहाँ करेन्ट लाउने कुनै पद्धती नै  छैन ।’ किटानी जाहेरी नपरेपनि हत्या गरेको गोश्वारा जाहेरी अनुसार पक्राउ गरेर छाडेको उनको भनाई थियो ।

किरात राई सस्कृति अनुसार दाहसंस्कार गर्दा पति चाहिने आफन्तको मागअनुसार छाडिएको उनले बताए । पक्राउ गर्दा सामान्य नै रहेको भएपनि प्रहरी कार्यालयमा ल्याइसकेपछि बचैन हुने गरेका प्रहरीको दावी छ । उनले नाटक गरेको हो की भनेर अनेक कोणबाट जाँचबुझ गरेको भएपनि मानसिक असन्तुलन भएको जस्तै व्यवहार देखाएको बताइएको छ । जिल्ला प्रहरी कार्यालयकै प्रहरी सञ्जिव श्रेष्ठको भिनाजु पर्ने भएका कारण पनि आफ्नै परिवारको सम्झेर हिरासतमा राखेका बेला पनि मैत्रीपुर्ण व्यवहार गरेको प्रहरीको भनाई छ । प्रहरीले यातना नदिएको, कुटपिट नगरेको, करेन्ट नलगाएको दावी गरेपनि नारदमणिको जिउभरी निलडाम छ ।

नारदमणिलाई जिल्लाअस्पतालमा उपचारका लागि प्रहरीको गाडिमा राखेर पठाइएको छ । करेन्ट लगाएको हो/हैन उपचार पछि थाहा हुने बताइएको छ । ‘जिल्ला अस्पतालमा शंका लागे अन्यत्रै लगेर उपचार गर्ने, करेन्ट लगाएको हो/होइन त्यसपछि मात्र टुगों लाग्छ र त्यहि अनुसार कारवाही अगाडि बढ्छ,’ नेपाली कांग्रेस जिल्ला सभापति नन्दमणि राईले भने ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com