सञ्चार निर्देशक दस दिनमै बर्खास्त


प्रकाशित मिति : श्रावण १८, २०७४ बुधबार

श्रावण १८, २०७४- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एन्थोनी स्कारामुक्कीलाई ह्वाइटहाउसको सञ्चार निर्देशकमा नियुक्त गरेको दस दिनमै बर्खास्त गरेका छन्।

हालै एक पत्रिकालाई दिएको अन्तरवार्तामा राखेका धारणाका कारण उनलाई बर्खास्त गरिएको अधिकारीले बताए। उनले केही दिन पहिले पदमुक्त ‘चिफ अफ स्टाफ’ राइन्स प्रिब्सलाई अशिष्ट भाषामा आक्रोश पोखेका थिए। उनको व्यवहार अनुपयुक्त लागेकाले ट्रम्पले हटाएको अधिकारीहरूको भनाइ छ। उनलाई पदमुक्त गरिएपछि ह्वाइटहाउसमा कर्मचारी व्यवस्थापनमा समस्या देखिएको छ।

ह्वाइटहाउसकी प्रेस सचिव सारा हकाबी स्यानडर्सले अब राष्ट्रपति कार्यालयका कर्मचारीले नयाँ ‘चिफ अफ स्टाफ’ जन केलीलाई प्रतिवेदन बुझाउनुपर्ने बताइन्।
राष्ट्रपति ट्रम्पले ट्वीटरमा ह्वाइटहाउसका लागि एउटा महत्त्वपूर्ण दिन लेखेका छन्। ह्वाइटहाउसका कर्मचारीको कार्यकाल साधारणत: छोटो हुन्छ। न्युयोर्कबाट द्रूत गतिमा ह्वाइटहाउस प्रवेश गरेका स्कारमुक्की र ट्रम्पजस्तै स्थापित मान्यता नरुचाउने प्रवृत्तिका कारण दस दिनमै बाहिरिएका हुन्।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com