१२ सय अमेरिकी कूटनीतिज्ञ के गर्छन् रूसमा?


प्रकाशित मिति : श्रावण १८, २०७४ बुधबार

श्रावण १८, २०७४- रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकालाई रूसमा रहेका कूटनीतिक कर्मचारीको संख्या ४ सय ५५ मा सीमित पार्न एकमहिने अल्टिमेटम दिए। यसले रूस अमेरिका सम्बन्ध नयाँ मोडमा पुगेको विश्लेषकहरूले बताएका छन्।

कर्मचारी कटौतीको सुरुवात अमेरिकी राष्ट्रपति चुनावमा मस्कोले हस्तक्षेप गरेको आरोपबाट भएको हो। त्यसपछि अमेरिकी कंग्रेसले रूसलाई सजाय स्वरूप नयाँ विधेयक पारित गरेको जनाएपछि दुई देशको सम्बन्ध झन् जटिल बन्यो। रूसमाथि अमेरिकाले हालै लगाएका नयाँ प्रतिबन्धका पछिल्ला घटना क्रमले रूस–अमेरिकी सम्बन्धमा जटिल प्रश्न उठेका छन्।

किन रूसको अमेरिकी कूटनीतिक नियोगमा त्यति धेरै कर्मचारी कार्यरत छन्? आँकडाहरूका अनुसार १ हजार २ सय कर्मचारी अमेरिकाका लागि काम गर्छन्। यो संख्या विदेशस्थित अमेरिकी दूतावासको सबैभन्दा ठूलो हो। ह्वाइटहाउसमा रूससँगको चुनौतीपूर्ण र उतारचढावपूर्ण सम्बन्धका कारण यो संख्या आवश्यक भएको अधिकारीहरूको भनाइ छ।

रूस र अमेरिका केही महत्त्वपूर्ण क्षेत्रमा मिलेर काम गरिरहेका छन्। उग्रवादी समूह नियन्त्रण, दुवै देशका आणविक हतियारको सुरक्षा र सिरियामा हिंसा नियन्त्रण केही उदाहरण हुन्। यसबाहेक पनि अमेरिकाले अर्बौं डलर मूल्यका सामानहरू रूसबाट झिकाउने गरेको छ। दुईबीच कैयौं विषयमा झगडा पनि चलिरहेको छ। अमेरिकी चुनावमा हस्तक्षेपको आरोप, सीमा क्षेत्र, प्रभाव विस्तार गर्ने रूसी महत्त्वाकांक्षालगायतका विषयमा दुई पक्षबीच मतभेद छ। रूसका गतिविधिमाथि निगरानी राख्न र द्विपक्षीय सम्बन्धबारे सू–सूचित हुन मस्कोमा ठूलो संख्यामा कर्मचारी आवश्यक पर्ने अमेरिकाको भनाइ छ। उक्त कार्यका लागि अमेरिकीहरू रूसका विभिन्न क्षेत्र र स्थानमा काम गरिरहेका छन्। कर्मचारीमध्ये धेरैजना मस्को र वाँकी भ्लादिभोस्टोक, सेन्ट पिटरसवर्ग र यकातेरिन वर्गमा कार्यरत छन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

कर्मचारीले अमेरिका यात्रा गर्न चाहने रूसी नागरिकलाई आवेदन लिने र भिसा व्यवस्थापनको कार्य गर्छन्। त्यसबाहेक उनीहरूले मानवअधिकार, श्रम र अरू विषयमा वासिङ्टनमा सन्देश प्रवाह गर्छन्। केही कर्मचारी कृषि, विज्ञान र जनस्वास्थका अभियानमा पनि संलग्न छन्।

कतिपयले दुर्लभ प्रजातिका वन्यजन्तुको संरक्षण तथा संक्रमणविरुद्ध लड्न मद्दत गरिरहेको अमेरिकी दाबी छ। साथै केही कर्मचारी केन्द्रीय गुप्तचर संस्था (सीआईए) तथा अन्य अमेरिकी अनुसन्धान संस्थाका लागि काम गर्छन्।

अमेरिकाका लागि मस्कोमा कार्यरत रूसी कूटनीतिक कर्मचारीहरू पनि पर्याप्त भएको बताइन्छ। तर ठयाक्कै कति संख्यामा छन् भन्ने यकिन छैन। गुप्तचर निकायमा काम गरेकी जर्जटाउन विश्वविद्यालयकी एन्जेला स्टेन्टले त्यसबारे कसैलाई थाहा नभएको बताइन्। दूतावासका कर्मचारीमा धेरै रूसी भएकाले पछिल्लो निर्णयले उनीहरूलाई प्रत्यक्ष असर पुग्नेछ। साथै, रूसी नागरिकलाई अमेरिकी भिसा पाउन पनि कठिन हुनेछ।

सन् २०१३ मा मस्कोस्थित अमेरिकी दूतावसमा कार्यरत १ हजार २ सय ७९ कर्मचारीमध्ये ९ सय ३४ जना रूसी थिए।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com