‘हेलो सरकार’ अब सरकारी ‘कल सेन्टर’ बन्दै


प्रकाशित मिति : श्रावण १८, २०७४ बुधबार

(शरद शर्मा)

काठमाडाँै, १८ साउन । जनताका गुनासा सम्बोधन गर्न स्थापना गरिएको ‘हेलो सरकार’ लाई अब सरकारी ‘कल सेन्टर’को रुपमा परिणत गरिने भएको छ ।

हेलो सरकारबाट तुरुन्तै जनताका गुनासा सम्बोधन नभएपछि कल सेन्टरमार्फत जनताका गुनासा प्रत्यक्ष सम्बोधन गर्नका लागि पठाउन थालिएको हो ।

गुनासो प्रत्यक्ष सम्बन्धित अधिकारीलाई सुनाई प्रत्यक्षरुपमा सर्वसाधारणलाई नै सम्बोधन गर्नका लागि ल्याउन ‘कलसेन्टर’ ल्याउन थालिएको ‘हेलो सरकार’ कार्यक्रमका प्रमुख प्रद्युम्नप्रसाद उपाध्यायले जानकारी गराउनुभयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

कलसेन्टरबाट सर्वसाधारणले आफ्नो गुनासाको प्रत्यक्ष समाधान हुनेछ । कल सेन्टर स्थापना भएपछि हेलो सरकारका कर्मचारीले जनताका गुनासा फोनमार्फत टिपिरहनु पर्ने झन्झट पनि हराउनेछ ।

यसका लागि हेलो सरकारले ‘अमीयो’ नामक नयाँ सफ्टवेयर ल्याएर कलसेन्टरको शुरुवात गर्न थालेको हो । हेलो सरकारका सूचना प्रविधि निर्देशक मुकेश रेग्मीले कलसेन्टरमा आएका सर्वसाधारणको गुनासो सिधै सम्बन्धित अधिकारीलाई जान्छ र ती अधिकारीले गुनासोलाई प्रत्यक्षरुपमा सर्वसाधारणलाई नै सम्बोधन गर्ने बताउनुभयो ।

हेलो सरकारले सबै निकायका सम्बन्धित अधिकारीको मोबाइल नम्बरमा ती गुनासो सिधै कलसेन्टरमार्फत पु¥याउने गर्दछ र पुगेका गुनासोलाई सम्बन्धित अधिकारीले तत्काल सम्बोधन गर्ने व्यवस्था कलसेन्टरमा राखिएको छ ।

यसरी कलसेन्टरमार्फत प्रधानमन्त्री, मन्त्री, सचिवको मोबाइल नम्बरमा समेत गुनासो पुग्ने गर्दछ र उहाँहरुले पनि तत्कालै गुनासोलाई सम्बोधन गर्नुपर्दछ ।

“सर्वसाधारणका गुनासा कलसेन्टरमा आउँछन् र हामीले कुन निकायको गुनासो हो । त्यो निकायका आधिकारिक व्यक्तिलाई तत्कालै फोनबाट आएका गुनासा कलसेन्टरमार्फत फरवार्ड गरेर पु¥याउछौँ” उहाँले भन्नुभयो– “ती गुनासोलाई सम्बन्धित अधिकारीले तुरुन्तै समस्या समाधान गर्नुपर्दछ ।”

यदि प्रधानमन्त्री, मन्त्री तथा उच्च सरकारी निकायका अधिकारी व्यस्त भए उहाँको मोबाइलमा कलसेन्टरमार्फत सर्वसाधारणको गुनासो ‘रेकर्ड भ्वाइस’ पठाइन्छ र व्यस्ततापछि उहाँहरुले ‘रेकर्ड भ्वाइस’ सुनी समस्या सम्बोधन गर्नुहुनेछ । यसरी पछि पठाइएको गुनासोको सम्बोधन गुनासो गर्ने व्यक्तिको मोबाइल नम्बरमा जान्छ र उनीहरुले आफ्नो गुनासोको सम्बोधन सुन्नेछन् ।

सूचना प्रविधि निर्देशक रेग्मीले अहिले कलसेन्टर परीक्षणका क्रममा रहेको बताउनुभयो । “अहिले सवैको मोबाइल नम्बर लिएर परीक्षण गर्ने तयारीमा रहेका छौँ” उहाँले भन्नुभयो– “अबको एक डेढ महिनापछि हामी पूर्णरुपमा कलसेन्टरमार्फत जनताका गुनासो सम्बोधन गर्नेछाँै ।”

यसैगरी, कलसेन्टरबाट नै हेलो सरकारले राष्ट्रपति र प्रधानमन्त्रीका राष्ट्रका नाममा सम्बोधन भएको पनि प्रत्यक्षरुपमा सर्वसाधारणको मोबाइलमा सुन्न सकिने व्यवस्था पनि गर्ने तयारी गरेको छ ।

“अहिले हामीले गुनासो गर्ने सबैको नम्बर टिपिरहेका छौँ” रेग्मीले भन्नुभयो– “ती नम्बरमा राष्ट्रपति र प्रधानमन्त्रीले गरेका सम्बोधन तुरुन्तै पठाएर प्रत्यक्षरुपमा उनीहरुले सुन्न सक्नेछन् ।” ती सर्वसाधारणले प्रत्यक्ष सम्बोधन सुनेको मोबाइलमा पैसा तिर्नुपदैन ।

हेलो सरकारले अहिले पाँच विकास क्षेत्रमा नै यसको शुरुवात गर्ने योजना बनाएको छ । २०६८ कात्तिक १९ गतेदेखि शुरु भएको हेलो सरकारमा अहिलेसम्म ६४ हजार २५० गुनासामध्ये ५६ हजार ७५९ गुनासो फछ्र्योट भएका छन् । रासस

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com