टेलिकमको सेवामा विशेष छुट


प्रकाशित मिति : श्रावण १६, २०७४ सोमबार

काठमाडौँ, १६ साउन । नेपाल टेलिकमले आजबाट आफ्ना विभिन्न सेवामा ग्राहकलाई विशेष छुट दिएको छ । उसले जिएसएम÷सिडिएमए तथा एडिएसएल÷एफटिटिएच सेवाका ग्राहकका लागि ‘प्रमोसनल अफर’ उपलब्ध गराएको हो ।

अब विदेशबाट आएको कल उठाउँदा पनि बोनस प्राप्त गर्न सकिने छ । यो अफर आगामी ९० दिनसम्म उपलब्ध गराइने टेलिकमका प्रवक्ता प्रतिभा वैद्यले जानकारी दिनुभयो ।

यो अफरअन्तर्गतको सेवा पुराना ग्राहकलाई समेत उपलब्ध हुनेछ । अब एक एमबिपिएससम्म गतिको एडिएसएल इन्टरनेट करसहित मासिक रु एक हजारमा उपलब्ध हुनेछ । पहिला मासिक एक हजार १७ मा २५६ केबिपिएस गतिको एडिएसएल उपलब्ध थियो ।

त्यसैगरी भोल्युम बेस्ड एडिएसएलको मूल्य पनि घटाइएको छ । पहिला २१ जिबी डाटाका लागि रु एक हजार ९८० शुल्क लिइएकामा अब १५ जिबी डाटा रु ३०० मै उपलब्ध हुने टेलिकमद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । यस्तै २५ जिबी डाटाको रु ५०० र ४० जिबीको डाटाको मूल्य रु ७०० मात्र तोकिएको छ । यी डाटाको गति एक एमबिपिएससम्म हुनेछ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

दर्ता शुल्क पनि घटाएको टेलिकमले पहिले दर्ता शुल्क करबाहेक रु ५०० भएकामा अब भोल्युम बेस्ड डाटाका लागि करबाहेक रु ३०० र अनलिमिटेड डाटाका लागि रु २०० मात्र दर्ता शुल्क तोकिएको टेलिकमले जनाएको छ ।

यस्तै अब पहिलेकै मूल्यमा पहिलेभन्दा डबल भोल्युमको एफटिटिएच सेवा प्राप्त गर्न सकिने छ । सोअनुरुप १० एमबिपिएस गतिको एफटिटिएच प्याकेजअन्तर्गत तीन महिनाका लागि २४० जिबी, छ महिनाका लागि ५०० जिबी र १२ महिनाका लागि एक हजार २०० जिबी डाटा पहिलेकै मूल्यमा प्रयोग गर्न सकिने छ । त्यसैगरी १०० एमबिपिएस गतिको प्याकेजअन्तर्गत १२ महिनाका लागि एक हजार २०० जिबी डाटा प्रयोग गर्न सकिने छ ।

साथै विदेशबाट आएको कल उठाउँदा पनि अब बोनस प्राप्त गर्न सकिने छ । जिएसएम÷सिडिएमए प्रिपेड र पोस्टपेडका ग्राहकले एक सातामा सात मिनेट वा त्योभन्दा बढी कल रिसिभ गर्दा टेलिकमको नेटवर्कभित्र सात मिनेट भ्वाइस कल गर्न र सातवटा एसएमएस निःशुल्क पठाउन सक्ने विज्ञप्तिमा उल्लेख छ । रासस

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com