जंगली किराको टकाइले कोरियामा एक नेपालीको निधन


प्रकाशित मिति : श्रावण १६, २०७४ सोमबार

श्रावण १५, २०७४- दक्षिण कोरियामा इपिएसबाट १५ महिना अघि आएका एक नेपाली कामदारको अस्पतालमा उपचारका क्रममा आइतबार  निधन भएको छ ।  छनानको सुनछङ्हयाङ् अस्पतालमा उपचार्थ धादिङ निवासी २५ वर्षीय माइला तामाङको निधन भएको हो ।

छुङनामको ख्वाङछन क्षेत्रका एक बुङगुर फर्ममा कार्यरत मृतक तामाङलाई चिन्दगी (किर्णा) नामक किराको टोकाइबाट निधन भएको चिकित्सकले शंका गरेको उनका साथी रमेश पुनले बताए ।  ज्वरो आउने, टाउको दुख्ने उल्टी हुने जस्ता लक्षण देखेपछि तामाङलाई साहुले अस्पताल पुराएको थियो । तामाङ कार्यरत नजिकैको अस्पतालले छनान रिफर गरेपछि उनी सो अस्पतालमा भर्ना भएका थिए । तीन दिन अघि उनी अचेत अवस्थामा पुगेका थिए ।

कोरियामा सो जंगली किरा चिन्दगीको टोकाइबाट हुने रोगको औषधी पत्ता लाग्न नसकेको कोरियन सञ्चार माध्यमले जनाएको छ । कोरियाको स्वस्थ्य सम्बन्धी तथ्यांका अनुसार हालसम्म चिन्दगीको टोकाईबाट १ सय ६० जना रोगग्रस्त छन् भने १९ जनाले ज्यान गुमाई सकेका छन् ।

मृतक तामाङको नेपालमा बुबा, आमा , पत्नी र चार वर्षीय छोरा रहेको नेपालबाटसंगै आएका साथी रमेश पुनले बताए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com