गैर आवासीय नेपाली संघको दशौ युरोपेली बैठक जर्मनीमा (भिडियो )


प्रकाशित मिति : श्रावण १५, २०७४ आईतबार

गैर आवासीय नेपाली संघको दशौ युरोपेली बैठक जर्मनीमा जारी छ। ”युरोपमा नेपाली एकता,समृद्ध नेपालको आवश्यकता” भन्ने नाराका साथ दुई दिने बैठक जर्मनीको फ्रयाङफर्टमा जारी छ । बैठकमा भागलिन विश्वभरका एनआरएन नेताहरु त्यहाँ पुगेका छन् । एनआरएन आईसीसीको आगामी कार्यकालका लागि हुने चुनाव अगाडिको यो सबैभन्दा ठूलो जमघट भएका कारण पनि एनआरएन नेताहरु त्यहाँ पुगेका हुन् ।

दशौ युरोपेली क्षेत्रीय बैठक तथा आठौ महिला सम्मेलनको प्रमुख अतिथिको रुपमा जर्मनीका लागि नेपाली राजदूत रमेश प्रसाद खनालले उद्घाटन गरे।समारोहमा गैर आवासीय नेपाली संघका संस्थापक अध्यक्ष डाक्टर उपेन्द्र महतो,वर्तमान अध्यक्ष शेष घले तथा पूर्व अध्यक्ष जीवा लामिछाने लगायत एनआरएनए अभियन्ताहरुको उपस्थिति रहेको छ।

युरोप संयोजक कुल आचार्यको अध्यक्षतामा भईरहेको कार्यक्रममा राष्ट्रिय समन्वय परिषद जर्मनीका अध्यक्ष नवराज रोस्याराले स्वागत गरेका छन्।बैठक एनआरएन भवन निर्माण सहयोगार्थ केन्द्रित छ। कम्तिमा २ करोड रुपैयाँ निर्माणधिन भवनका लागि सहयोग जुटाउने लक्ष्य बैठकले राखेको छ। युरोपेली बैठकमा युरोप क्षेत्रका राष्ट्रिय समन्वय परिषदहरुका अध्यक्षहरु तथा अन्तराष्ट्रिय समन्वय परिषदका सदस्यहरुको बाक्लो उपस्थिति रहेको छ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com