नयाँ शक्तिको केन्द्रीय समिति भंग,महाधिवेशन कमिटी गठन


प्रकाशित मिति : श्रावण १३, २०७४ शुक्रबार

नयाँ शक्ति पार्टी नेपालले केन्द्रीय कार्यकारी समिति विघटन गर्दै डा बाबुराम भट्टराईको संयोजकत्वमा प्रथम महाधिवेशन आयोजक कमिटी गठन गरेको छ ।

सो पार्टीको केन्द्रीय कार्यसमिति र संघीय परिषद्को बैठकका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा संयोजक डा भट्टराईले आगामी प्रादेशिक र संघीय निर्वाचनपछि उपयुक्त समयमा महाधिवेशन आयोजना गर्ने निर्णय गरिएको जानकारी दिनुभयो ।

बढीमा १५१ सदस्यीय महाधिवेशन आयोजक समितिमा रहने सदस्यको टुंगो लगाउने जिम्मा बैठकले संयोजक भट्टराईलाई दिएको छ । बैठकले राष्ट्रिय तथा अन्तरराष्ट्रिय महत्वका विभिन्न १२ समसामयिक प्रस्ताव पारित गरेको छ ।

पारित प्रस्तावमा चीन र भारतबीच भुटानको उत्तरी क्षेत्र दोक्लममा देखिएको विवादप्रति चिन्ता व्यक्त गर्दै भुटानको सार्वभौमसत्ताको सम्मान गर्न र शान्तिपूर्ण तवरले समस्याको समाधान गर्न दुवै देशलाई आह्वान गरेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

प्रत्यक्ष निर्वाचित राष्ट्रपति, पूर्ण समानुपातिक संसद् अनिवार्य भएको ठहर गर्दै यी मुद्दाको पक्षमा रहेका शक्ति र दलहरुबीच बृहत्तर कार्यगत एकता कायम गरी राष्ट्रिय जनआन्दोलन गर्नुपर्ने निष्कर्ष बैठकले निकालेको छ ।

एनसेल लाभकरण प्रकरण, कर फछ्र्योट आयोगका निर्णयलगायतका विरुद्ध भ्रष्टचार विरोधी नागरिक सचेतना आन्दोलनका लागि बैठकले आह्वान गरेको छ ।

पत्रकार सम्मेलनमा डा भट्टराईले सिद्धान्त, पार्टीको नाम, संगठन संरचनालगायतका विषयमा कुरा नमिल्दा उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमसँगको एकता प्रक्रिया अहिलेलाई अन्त्य भएको बताउनुभयो ।

उहाँले नेकपा (माओवादी केन्द्र)सँग पनि एकताको कुनै सम्भावना नरहेको स्पष्ट पार्नुभयो । एकताबारेको प्रश्नमा उहाँले भन्नुभयो– प्रचण्डजीले एकताको विषयमा के भन्नुभयो थाहा भएन, उहाँले एकताको सपना देख्नुभएको हुनसक्छ, त्यो सम्भव छैन ।

डा भट्टराईले प्रादेशिक र संघीय निर्वाचन एउटै मितिमा गर्ने सरकारको प्रस्ताव उपयुक्त रहेको बताउनुभयो । रासस

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com