जिउदै गाडिएको शिशु खाल्डोभित्रै रोएपछि………


प्रकाशित मिति : श्रावण १३, २०७४ शुक्रबार

नयाँ दिल्ली, १३ साउन । भारतीय राज्य मध्यप्रदेशमा सात दिनको एक शिशुलाई उनकी आमाले जिउदै गाडेर छोडेपनि ती शिशु रोएको गाउलेले सुनेपछि जिवीतै खाल्डोबाट निकालिएको छ ।

खाल्डोमा पुरेर छोडेको कैयौँ घन्टापछि पनि ती शिशु जिवीतै रहेको यस घटनालाई यतिखेर भारतमा आश्चर्यजनक घटनाका रुपमा लिइएको छ ।

एक १६ बर्षिया युवती बलात्कृति भएर जन्मिएको त्यस शिशुलाई समाजमा लाजको डरले खाल्डोमा पुरेर छोडेकी थिइन् ।

अविवाहित ती युवतीले मध्यप्रदेशको बरवानीपुरस्थित उनको बुबाको घरमा छोरा जन्माएकी थिइन् । जन्मेको एक हप्तापछि घरभन्दा केही परको चौरमा उनलाई गाडेको अवस्थामा गाउलेले भेटेका थिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

उनले त्यस शिशुलाई सडक नजिक चौरमा गाडेको र सोही बाटो भएर गाउका महिला हिँडीरहेको अवस्थामा बच्चा रोएको आवाज सुनेपछि माटो खोस्रेर हेर्दा गाडिएको अवस्थामा बच्चा रोइरहेको पाइएको गाउले बताउछन् ।

त्यसपछि उक्त शिशुलाई बरवानी जिल्लाको अस्पताल भर्ना गरिएको छ । शिशुको स्वास्थ्य अवस्था अहिले राम्रो रहेको अस्पतालले जनाएको छ ।

अस्पतालले प्रकाशन गरेको विज्ञप्तिमा भनिएको छ ‘शरीरभरि लामखुट्टे र किराले टोकेका दाग छन् र माटो उर्छेर शरीर सबै रातो भएको छ, हामीले उपचारमा कुनै कमी गरेका छैनौँ र अहिले शिशुको स्वास्थ्य राम्रो हुदै गएको छ ।’
गतहप्ता भएको उक्त घटनाको जानकारी प्रहरीले शुक्रबार मात्र दिएको हो । प्रहरीले ती युवतीको नाम भने सार्वजनिक गरेको छैन ।

ती युवतीलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ । अनुसन्धानका क्रममा प्रहरीसामु ती युवतीले आफू गाउकै एक १७ बर्षको युवकबाट बलात्कृत भएर सो बच्चा जन्मिएको बताएकी छिन् ।

प्रहरीले सो युवकलाई पनि नियन्त्रणमा लिएको जनाएको छ । त्यस युवकले आफूले ती युवतीसँग विवाह गर्न स्वीकार गरेपनि बच्चा भने नस्वीकारेको जानकारी प्रहरीलाई गराएका थिए ।

ती युवतीका बुबाआमाले पनि त्यस युवकलाई विवाह गर्न दबाब दिएको तर उसले आफूले बच्चा नस्वीकार्ने बताएको जानकारी युवतीका बुबाले प्रहरीसामु गराएका छन् ।

भारतमा १८ बर्षभन्दा कम उमेरमा गरिने यौन सम्पर्कलाई बलात्कारका रुपमा लिने कानुनी प्रावधान छ । भारतका गाँउ गाँउमा बलात्कारका घटना निकै बढ्ने गरेको छ ।

भारतको सरकारी तथ्याङ्कमा सन् २०१५ मा मात्र करिब २० हजार बलात्कारका घटना प्रहरीमा दर्ता भएका थिए ।
बलात्कारजस्ता कार्यलाई निरुत्साहित गर्न भारतमा कडा कानुनी व्यवस्था गरिएको भए पनि यस्ता दुव्र्यबहारमा कमी आउन सकिरहेको छैन ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com