महिला सशक्त हुन घरबाहिर निस्किनु पर्छ : राजभण्डारी


प्रकाशित मिति : श्रावण १२, २०७४ बिहीबार

लक्ष्मी भण्डारी थापा

कामिनी राजभण्डारी, प्रबन्ध–निर्देशक, नेपाल दूरसंचार संस्थान

मुलुकभर १ करोड ७१ लाखभन्दा बढी सेवाग्राही तथा ४ हजार २ सयजना कर्मचारी रहेको नेपाल दूरसंचार संस्थानको सय वर्षे इतिहासमा पहिलो पटक नेतृत्वमा पुग्न सफल व्यक्तित्व हुन्–कामिनी राजभण्डारी । कुशल व्यवस्थापकीय क्षमता भएकी राजभण्डारीमा समय व्यवस्थापनको कौशल पनि गज्जबको छ । सेवाग्राहीलाई कसरी राम्रो सेवा प्रदान गर्ने, उनीहरूको गुनासोलाई कसरी समयमै सम्बोधन गर्ने, संस्थानलाई कसरी अब्बल एवं अग्रगामी साबित गर्ने, प्राविधिक तथा अन्य योजना एवं रणनीति कसरी तयार पार्ने भन्ने काममा उनी दैनिक १२ घन्टाभन्दा बढी खट्छिन् ।

वि.सं. २०४२ सालमा सातौं तहको इन्जिनियर पदबाट नेपाल दूरसंचार संस्थानमा प्रवेश गरेकी कामिनीले यो अवधिमा टेलिकमभित्रका प्रमुख शाखामा दृढतापूर्वक काम गरेकी छिन् । मेकानिकल इन्जिनियर स्व.भुवनबहादुर प्रधान मल्ल एवं स्व. रोशनी रानी प्रधानका ७ सन्तानमध्ये कान्छी छोरी कामिनीका प्राय: दाजुभाइ इन्जिनियर नै छन् । पद्मकन्या हाइस्कुलबाट एसएलसी, अमृत साइन्स कलेजबाट आइएस्सी तथा पञ्जाव इन्जिनियरिङ कलेज चण्डीगढबाट ब्याचलर इन इलेक्ट्रोनिक्स एन्ड इलेक्ट्रिकल कम्युनिकेसन इन्जिनियरिङ पूरा गरेकी राजभण्डारीले बैंककबाट इन्जिनियरिङमै मास्टर्स गरेकी छिन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

चण्डीगढमा अध्ययन गर्दाका सहपाठी एरोनटिकल इन्जिनियर दिगम्बरप्रसाद राजभण्डारीसँग ०४४ सालमा विवाह गरेकी कामिनीका २ छोरा छन् । उतिबेला छोरीले पनि इन्जिनियरिङ पढ्छन् र ? भनेर हतोत्साहित गर्ने समाजका अगाडि अटल विश्वास बोकेका उनका बुबा तथा सिर्जनशील एवं कर्मठ आमाले गर्दा नै आफूले रुचिको क्षेत्रमा अघि बढ्ने अवसर पाएको राजभण्डारी बताउँछिन् । नेपाली महिला सशक्त हुन घरबाहिर निस्कनैपर्ने अनुभव साट्दै राजभण्डारी भन्छिन्–‘बाहिर निस्केर मात्र पनि पुग्दैन, अदम्य साहस र दर्‍हो व्यवस्थापकीय क्षमताका साथै शिक्षा पनि आवश्यक छ । आफ्नो क्षमता पहिचान गरी दृढतापूर्वक निरन्तर अघि बढ्न सके महिलाले जस्तोसुकै चुनौती पनि सहज रूपमा पन्छाउन सक्छन् ।’

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com