गोसाइँकुण्ड मेला भर्न प्रस्थान गर्दै भक्तजन


प्रकाशित मिति : श्रावण १२, २०७४ बिहीबार

रसुवा, १२ साउन । जनैपूर्णिमा पर्वका अवसरमा गोसाइँकुण्ड स्नान गर्न एक हजार भन्दा बढी भक्तजन धुन्चेबाट बुधबार नीलादी पर्वत प्रस्थान गरेका छन् ।

जिल्ला प्रहरी प्रमुख फणीन्द्र प्रसाईंका अनुसार गत तीनदिन यता एकहजार ५०० भक्तजन तीर्थ गर्न लागि त्यस क्षेत्रमा प्रवेश गरिसकेको र आउने क्रम जारी रहेको छ ।

बर्सेनि १० हजारको हाराहारीमा भक्तजन आउने क्षेत्रमा साउन २३ गते चन्द्रग्रहण लाग्ने भएकाले यस वर्षको जनैपूर्णिमा यही साउन १३ गते पन्चमीका दिन तोकिएको र वास्तविक पूर्णिमा यही साउन २३ गते उल्लेख भएबाट भक्तजनको आगमन २३ गतेसम्म नै रहने गोसाइँकुण्ड क्षेत्र विकास समितिका अध्यक्ष सञ्जिव डिएमले बताउनुभयो ।

तामाङ समुदायका स्थानीय बासिन्दा भने पात्रोमा तोकिएको २३ गते कै पूर्णिमाका दिन गोसाइँकुण्ड स्नान गर्न पुग्ने तय भएको बताइएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com