दोषीलाई कारवाही गर्न सकिन्दैन : दूतावास


प्रकाशित मिति : श्रावण १०, २०७४ मंगलबार

श्रावण १०, २०७४- युएईका लागि कार्यवाहक राजदूत नेत्रवहादुर टण्डनले भिजिट भिसामा ल्याएर कामदारलाई अलपत्र पार्ने ब्यक्तिलाई कारबाही गर्न नसक्ने भन्दै अडान लिएका छन् ।

युएईमा काम लगाउने भन्दै अवैध ढंगले मानवतस्करीको शैलीमा कामदार ल्याएर अलपत्र पार्ने साजन भनिने प्रेम पाण्डेलाई कारवाही गर्न माग गर्दै युएईस्थित राजनैतिक दलका प्रतिनिधिहरु दूतावास पुगेका थिए ।  पाण्डेले काठमाण्डौको ठमेलस्थित अर्थलाइन ट्रभल्स मार्फत टुरिस्ट भिसामा नेपाली ल्याइ अलपत्र वनाएका थिए ।

कार्यवाहक राजदूत टण्डनले पीडक पाण्डेलाई कारबाही गर्दा पीडितहरुको उद्धार हुन कठिन हुने वताए । ‘पाण्डेलाई कारवाही गरे उनले ल्याएका नेपालीका बिचल्ली हुने र थप जटिलता हुने भएकोले पाण्डेलाई कारबाही गर्न सकिदैन’, राजदूतको भनाई उदृत गर्दै जनसम्पर्क समितिका अध्यक्ष खेमराज बस्नेतले बताए ।
‘दूतावाससाग पाण्डेलाई कारवाही गर्न वजेट छैन । हामी कारबाही गर्न सक्दैनौ,’ छलफलमा टन्डनले भने । पीडकलाई कारवाही गर्न र पीडित कामदारको अवस्था बुझ्न दूतावासमा नेपाली काङ्ग्रेस निकट नेपाली जनसम्पर्क समितिका अध्यक्ष खेमराज बस्नेत, नेकपा एमाले निकट प्रवासी नेपाली मञ्चका अध्यक्ष श्याम कंडेल, माओवादी केन्द्र निकट नेपाली जनप्रगतिशील मञ्चका दीपक न्यौपाने, एनआरएनएका उपाध्यक्ष रभीरमण अधिकारी र पत्रकार महासंघ युएईका अध्यक्ष भुपराज बस्याल लगायतको टोली गएका थिए  ।

यसैगरी पीडकलाई कारबाही गर्न दवाव दिनको लागि समाचार लेखेविरुद्ध दूतावासले पत्रकारले पीत पत्रकारिता गरेको भन्दै समाचारको खण्डन गरेको थियो । पत्रकारहरुले दूतावास र पीडकवीच सम्बन्ध रहेको भन्दै समाचार लेखेका थिए ।
१४ पीडित स्वदेश फर्किदै 
दलाल पाण्डेले अलपत्र परेका १९ मध्ये १४ जना मंगलवार स्वदेश फिर्दैछन् । ४ जना अझै समय लाग्ने देखिएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

पीडितहरुले दलाललाई तिरेको रकम अर्थलाइन ट्राभल्सले फिर्ता गर्ने शर्तमा उनीहरु नेपाल फर्किन लागेको हो । अर्थ लाइनले ३ लाख ५० हजार रुपैयाा भन्दा बढी लिएर पठाएको उनीहरुले वताएका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com