एनआरएन अमेरिकाको निर्वाचन आयोग स्वतन्त्र नभएको आरोप
प्रकाशित मिति : श्रावण १०, २०७४ मंगलबार
एनआरएन अमेरिकाको निर्वाचन आयोगले स्वतन्त्र र निष्पक्ष नभएको आरोप खेप्नु परेको छ । प्रमुख निर्वाचन आयुक्तले विभिन्न विषयमा निर्णय लिनु अगाडि असम्बन्धित व्यक्तिसँग परामर्श र छलफल गरेको भन्दै आयोग निष्पक्ष नभएको आरोप लगाइएको हो ।
उम्मेदारको पहिलो सुचीमा आयोगले अध्यक्ष पदका दावेदार गौरी जोशीको नाम समावेश नगरेपछि आईसीसीबाट प्राप्त पत्रका बारेमा पनि नयाँ विवाद सृजना भएको छ । महासचिव बद्री केसीले गौरी जोशी अध्यक्ष पदमा उम्मेदवारीदिन योग्य भएको भन्दै आयोगलाई लेखेको पत्र आइसीसीको आधिकारिक धारणा नभएको भन्दै बद्री केसीबिरुद्ध नै आईसीसीमा उजुरी परेको छ ।
साथै केसीले आयोगलाई पत्र लेखेर एनआरएन अमेरिकाको चुनावमा हस्तक्षेप गर्न खोजेको आरोप समेत लगाइएको छ ।
अमेरिकामा एनआरएन अमेरिकाको निर्वाचनको चहलपहल सुरु भएदेखि नै विभिन्न पक्षले निर्वाचन आयोगलाई प्रभावित पार्न विभिन्न आफूसक्दो कसरत गर्दै आएका छन् । तर निर्वाचन आयोग कुनै एक व्यक्ति वा समुहबाट प्रभावित हुन नहुने स्वतन्त्र एनआरएनप्रेमीहरुको भनाई छ ।