पढाई कम तर अनुभव र सामाजिक भावनाका धनी – केशवराम राई


प्रकाशित मिति : श्रावण १०, २०७४ मंगलबार

खोटाङको रतन्छा गाविस वडा नम्बर ९ लङगालामा जन्मिएका केशवराम राईले धैरै औपचारिक शिक्षा लिएनन् । तर उनमा अनुभवको भने अपार भण्डार छ । २०२३ साल भदौ १७ गते जगतबहादुर राई र जयकुमारी राईका सुपुत्रका रुपमा जन्मिएका केशवराम राईले खोटाङकै रतन्छाको स्कुलमा प्राथमिक स्तरको शिक्षा हासिल गरे । त्यसपछि सदरमुकाम दिक्तेलमा माध्यामिक स्तरको अध्ययन गर्दा गर्दै उनी ब्रिटिस आर्मीमा भर्ति भए । राई सम्झिन्छन् –“मेरो बुबा र मामा पनि ब्रिटिस आर्मीमा नै हुनुहुन्थ्यो । त्यसैले भर्ति गर्न गाउमा टोली आएको बेला भर्ती भइहालें । ” त्यतीबेला राई जम्मा १७ वर्षका थिए ।

भर्ति भएपछि उनले हङकङमा गएर तालिम गरे । तालिमपछि सेभेन जिआरमा आवद्ध भए । त्यसपछि उनले २ वर्ष हङकङमा नै क्यासिनो लाइनमा काम गरे । १९८७ ताका बु्रनाइमा खटेका उनी १९८९ ताका फेरी हङकङमा कार्यरत थिए । पछि सन् १९९० ताकामात्र उनी बेलायत गए । त्यसपछि सन् १९९३ मा अमेरिकाको शियाटलमा पनि उनी आर्मी अभ्यासका क्रममा आएका थिए । विभिन्न देशमा खटेका राईले कोशोभोमा काम गर्दा बम , गोला र बारुदको पनि सामना गर्नुपरेको थियो । उनले कोशोभोमा नै संगै भर्ती भएका साथी बलराम राईलाई गुमाउनुपरेको थियो । कामको दौरान उनी २ दर्जन भन्दा धेरै देश पुगे । सन् १९९० मा परम्परागत विवाह गरेका राईका दुई छोराहरु शौरभ र सुदिप न्युयोर्कमा अध्ययनरत छन् ।

युवाअवस्थादेखि नै केवशराम राई सहयोगी स्वभावका थिए । त्यसैले उनी समाजसेवामा रुची राख्थे । बेलायती सेनामा कार्यरत रहेकै बेलामा उनले आफ्नै गाउ रतन्छामा खेलमैदान स्थापनार्थ मात्र नभई स्थानीय भोजभतेरका लागि सयौं थाल , कचौरा किन्ने लगायतका काममा सहयोग गरे । त्यतीमात्र नभई बेलायती सेनामा रहदाकै अवस्थादेखि पछि अमेरिका आइसकेपछि स्थानीय साकेला उच्चमावि स्थापनार्थ झण्डै २० लाख रुपैया संकलन गरेका थिए उनले । उनकै विशेष पहलमा अहिले यो साकेला क्याम्पस बनिसकेको छ । राई सो क्याम्पसको व्यवस्थापन समितिका अध्यक्ष हुन् । उनको योगदानका कारण त्यसक्षेत्रका विद्यार्थीहरुलाई शिक्षाको अवशरबाट वञ्चित हुनु परेको छैन ।

सन् २००१ मा अमेरिका आइसकेपछि सुरुमा राईले एउटा स्टोरमा काम गरे । एकवर्षपछि भने उनले फेशन ज्वेलरीको आफ्नै पसल खोले, न्युयोर्कको चाइना टाउनमा । सन् २००५ सम्म उनले चाइना टाउनमा ३ वटा स्टोर खोले । पछि बोस्टन र पोर्टल्याण्डमा पनि उनले थप दुईवटा स्टोरहरु खोले । सन् २०१० सम्म उनले ५ वटा स्टोरहरु चलाए । त्यसपछि उनले स्टोरहरु बन्द गरेर ज्याक्सन हाइटमा ग्रोसरी स्टोर सुरु गरे । झण्डै २ वर्ष ग्रोसरी स्टोर संचालन गरेका राईले त्यसपछि कम्युनिटी हल संचालन गरेर विभिन्न व्यवसायीहरुलाई भाडामा दिएका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

युनाइटेड किरात राई अर्गनाइजेशन अमेरिका, जनजाती महासंघ, हेभेन्ली पाथ अमेरिका लगायतका संस्थामा काम गरेका राई न्युयोर्कमा कुनै नेपालीलाई समस्या पर्दा वा कुनै सामाजिक काम पर्दा सहयोगका लागि निकै अगाडि सर्दै आएका छन् । आफूमा सेवाको भावना भएका कारण सामाजिक काम गर्दा आत्मसन्तुष्टी मिल्ने गरेको बताउछन् उनी । भविश्यमा नेपालमा स्वास्थ्य सम्बन्धि सामाजिक संस्था खोलेर कृयाशिल हुने चाहना छ राईको ।

उनलाई समाजसेवामा सकृय रहदा परिवारको निकै ठूलो सहयोग रहेको छ । कान्छा भाई प्रधान राई , रतन्छाका बेलायती सेनामा कार्यरत बद्री राई र धनबहादुर राईको पनि उनलाई सहयोग मिलेको थियो, सुरुका दिनमा समाजसेवामा कृयाशिल रहदा । राई भन्छन् –“मैले कमाएको पैसा पनि समाजसेवामै लगाउने योजना छ । ”

(१६ बर्षदेखि अमेरिकामा बस्दै आएका न्युयोर्क निवासी केशवराम राईले एनआरएन अमेरिकाको न्युयोर्क च्याप्टर अध्यक्षमा उम्मेदवारी दिएका छन् । उनको बारेमा खसोखासले सन् २०१२ मा प्रोफाइल प्रकाशन गरेको थियो । उनका बारेमा जान्न चाहने खसोखासका पाठकका लागि उक्त सामाग्री सामान्य संसोधनसहित पुन प्रकाशन गरेका छौं ।)

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com