नेपालको झिनो आशा


प्रकाशित मिति : श्रावण ७, २०७४ शनिबार

श्रावण ७, २०७४- कप्तान सन्दीप लामिछानेले ४ विकेट लिएपछि नेपालले यू–१९ विश्वकपमा पुग्ने झिनो आशालाई कायमै राखेको छ। नेपालले शुक्रबार आईसीसी यू–१९ विश्वकप छनोट एसिया क्षेत्रमा आयोजक सिंगापुरविरुद्धको रोमान्चक खेलमा २२ रनको जित हात पारेको छ।

इन्डियन एसोसिएसन मैदानमा टस जितेको नेपाल ४६.५ ओभरमा १ सय ६८ रनमा अलआउट भयो। जवाफमा आएको सिंगापुरलाई पनि त्यति नै ओभरमा १ सय ४६ रनमा अलआउट गरी नेपालले रोमान्चक विजय हात पारेको हो। चार खेलमा नेपालको यो तेस्रो विजय हो। बिहीबार अफगानिस्तानसँग १ सय ४१ रनको विशाल अन्तरले पराजित भएपछि नेपालको छनोट यात्रा कठिन बनिसकेको छ। उक्त पराजयसँगै नेपालको व्यावहारिक सम्भावना कमजोर बनिसकेको छ।
अफगानिस्तानले लगातार चौथो विजय हात पार्नेक्रममा शुक्रबार मलेसियालाई १० विकेटले पराजित गर्‍यो। नेपालभन्दा अफगानिस्तान रनरेटमा पनि निकै माथि छ। सिंगापुरमा भइरहेको प्रतियोगिताको डबल राउन्ड रोबिन लिगको विजेता राष्ट्र अर्को वर्ष न्युजिल्यान्डमा हुने आईसीसी यू–१९ विश्वकपमा छनोट हुनेछ। कमजोर ब्याटिङ प्रदर्शन गर्दै आएको नेपालबाट दीपेन्द्रसिंह ऐरीले ५४ रन बनाए। प्रतियोगितामा नेपाली खेलाडीको यो पहिलो अर्धशतक हो। ८३ बल खेलेका उनले २ चौका र २ छक्का प्रहार गरे। ओपनर सन्दीप सुनारले २६, प्रकाश केसीले २३ र रोहितकुमार पौडेलले १५ रन बनाए। सिंगापुरका विक्रमवीर विश्वरोयले ३, सुनील आर्यमान र अहान गोपीनाथ अचारले २–२ विकेट लिए।
सिंगापुर २३ ओभरमा ७६–१ को मजबुत स्थितिमा थियो। राम्रो सुरुआत गरे पनि सन्दीप र अर्का स्पिनर पवन सर्राफको बलिङपछि सिंगापुरको नाटकीय पतन भएको थियो। सिंगापुरले अन्तिम ५ विकेट ७ रनअन्तरमा गुमाएको हो।  सन्दीपले १० ओभरमा १ मेडन राख्दै २२ रन खर्चे। पवन र किशोर महतोले २–२ तथा दीपेन्द्रले १–१ विकेट लिए। सिंगापुरबाट दीप हन्सुलले ३२ रन बनाए। सन्दीपले प्रतियोगितामा आफ्नो विकेटसंख्या १६ पुर्‍याइसकेका छन्। सिंगापुर र मलेसियासँगको पहिलो दुई खेलमा सन्दीपले ५–५ विकेट लिएका थिए

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com